विश्व सिमसार दिवसकाे अवसर पारेर राप्ती नदीमा घडियाल छाडिएकाे छ । राप्तीसाेनारी-१, स्थित कुसुम बैरिया-भम्का जाेड्ने घाटमा १० वटा घडियाल छाडिएकाे हाे । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट ल्याइएका एउटा भालेसहित १० वटा घडियाल छाडिएको छ ।