For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    हराउँदै परम्परागत बाल खेल

    हराउँदै परम्परागत बाल खेल

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

न्याय कुर्दै बितेका वर्षहरू : चुनाव, पुस्तान्तरण र द्वन्द्वपीडितको अधुरो न्याय

byDainik Nepalgunj
February 12, 2026
in विचार
0 0
0
न्याय कुर्दै बितेका वर्षहरू : चुनाव, पुस्तान्तरण र द्वन्द्वपीडितको अधुरो न्याय
Share on FacebookShare on Twitter

नेपाल फेरि एकपटक प्रतिनिधि सभाको निर्वाचनतर्फ उन्मुख छ । फागुन २१ गते हुने निर्वाचनलाई लिएर राजनीतिक दलहरू घोषणापत्र लेखिरहेका छन्, उम्मेदवारहरू जनताको ढोका ढकढक्याइरहेका छन् र सामाजिक सञ्जाल मत माग्ने अभियानले भरिएको छ । परिवर्तन, विकास र समृद्धिका नाराहरू चारैतिर गुञ्जिरहेका छन् । तर यही चुनावी उत्साह बीच एउटा प्रश्न गहिरो रूपमा अनुत्तरित छ—सशस्त्र द्वन्द्वका पीडितलाई न्याय कहिले मिल्छ ?
यो निर्वाचन केवल नयाँ जनप्रतिनिधि छान्ने औपचारिक प्रक्रिया मात्र होइन । यो विगतका गहिरा घाउहरू कसरी सम्बोधन गरिन्छन्, दण्डहीनताको संस्कृतिलाई चिर्दै कानूनी शासनलाई कति सुदृढ बनाइन्छ र राज्य तथा राजनीतिक दलहरूले पीडित प्रति कति इमानदार छन् भन्ने कुरा परीक्षण हुने निर्णायक घडी पनि हो ।

२०५२ देखि २०६३ सम्म चलेको सशस्त्र द्वन्द्वले नेपाली समाजलाई गहिरो रूपमा चिरेको छ । राज्य र विद्रोही पक्ष दुवैबाट भएका हत्या, जबर्जस्ती बेपत्ता, गैरकानूनी थुना, यातना, यौनजन्य हिंसा र बलात्कार जस्ता गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाले हजारौँ नागरिकको जीवन तहसनहस बनायो । ठूलो मात्रामा जनधनको क्षति भयो, समाजमा डर, अविश्वास र असुरक्षाको गहिरो छायाँ प¥यो । ती घटनाहरू आज इतिहासका पानामा सीमित छैनन्, ती आज पनि पीडितको दैनिकीमा पीडाका रूपमा जीवित छन् ।

एक द्वन्द्व पीडित आमा भन्छिन्, “द्वन्द्वमा बेपत्ता पारिएको मेरो छोरोको अवस्था अज्ञात रहेको धेरै वर्ष भइसक्यो । म अझै पनि उसको जिउँदो–मर्दोको खबर कुर्दै छु । राज्यले शान्ति आयो भन्छ, तर मेरो घरमा शान्ति कहिल्यै आएन।” यो एउटा आमाको पीडा मात्र होइन, यो राज्यले पीडितलाई न्याय दिलाउन नसकेको असफलताको साक्ष्य हो ।

विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउने, दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय तथा परिपूरण दिने स्पष्ट प्रतिबद्धता गरेको थियो । यही वाचाको आधारमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिए । तर पीडितले अपेक्षा गरेको न्याय यी आयोग मार्फत स्थापित हुन सकेन । पटक–पटक आयोग गठन र पुनर्गठन भए, तर न त सत्य सार्वजनिक भयो, न दोषी पहिचान भए, न त पीडितले न्यायको अनुभूति गर्न पाए ।
एक बेपत्ता परिवारका सदस्य भन्छन्, “आयोगमा उजुरी दिएँ, कागज भरें, फोटो बुझाएँ । त्यसपछि वर्षौँ बित्यो, तर कुनै जवाफ आएन । उजुरीमाथि के भयो भन्ने जानकारी सम्म पाइन।” पीडितका लागि संक्रमणकालीन न्याय संयन्त्र आशाको ढोका हुनुपर्ने थियो, तर त्यो ढोका वर्षौँदेखि बन्द जस्तै देखिन्छ ।

न्याय खोज्ने क्रममा पीडितले भोगेका समस्या आफैँमा अर्को पीडा बनेका छन् । धेरै पीडित आर्थिक रूपमा कमजोर छन्, कानूनी प्रक्रिया जटिल र खर्चिलो छ । राज्यबाट आवश्यक कानूनी सहायता, मनोसामाजिक सहयोग र सुरक्षाको सुनिश्चितता पर्याप्त छैन । डर, थकान र निराशाका कारण धेरै पीडित चुप लाग्न बाध्य भएका छन् । एक यातना पीडित भन्छन्, “न्याय माग्दा पनि डराउनु पर्ने देशमा हामी कति सुरक्षित छौँ ?” यो प्रश्नले कानूनी शासनको वास्तविक अवस्था माथि गम्भीर प्रश्न उठाउँछ ।

राजनीतिक दलहरूको भूमिकाले दण्डहीनताको संस्कृतिलाई निरन्तरता दिएको आरोप व्यापक छ । शान्ति प्रक्रियाको नेतृत्व गरेको दाबी गर्ने दलहरू नै द्वन्द्वपीडितलाई न्याय दिलाउने सवालमा उदासीन देखिन्छन् । पीडितसँग भेट्दा सहानुभूतिका मिठा शब्द बोलिन्छन्, तर व्यवहारमा न्याय दिलाउने राजनीतिक इच्छाशक्ति देखिँदैन । आफ्ना नेता वा कार्यकर्ता द्वन्द्वकालीन घटनामा मुछिन सक्ने डरले दलहरू निर्णायक कदम चाल्न हिच्किचाइरहेका छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनुको सट्टा राजनीतिक सौदाबाजीको विषय बनाइँदा पीडितको न्याय झनै टाढिँदै गएको छ ।
पछिल्ला सत्य तथा बेपत्ता आयोगको गठन प्रक्रिया र कानूनी संरचनाप्रति द्वन्द्वपीडित समुदाय गहिरो असन्तुष्ट छ । विशेषतः हत्या, यातना र बलात्कार जस्ता गम्भीर मानव अधिकार उल्लङ्घनमा समेत आममाफीको सम्भावना खुला राखिएको विषयले पीडितको घाउमा नुन छरेको अनुभूति गराएको छ । यही कारण पीडित समुदाय सर्वोच्च अदालतसम्म पुगेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार मान्यता अनुरूप कानुन संशोधन र न्याय सुनिश्चित गर्न माग गर्दै रिट दायर गरिएको छ । सर्वोच्च अदालतले यसअघि नै गम्भीर अपराधमा आममाफी अस्वीकार्य हुने स्पष्ट व्याख्या गरिसकेको छ, तर राजनीतिक तहमा त्यसको सम्मान र कार्यान्वयन अझै देखिएको छैन ।

यही सन्दर्भमा अब द्वन्द्वपीडित को हुन् र किन उनीहरूको न्याय निर्वाचनको प्राथमिक एजेन्डा हुनुपर्छ भन्ने प्रश्न उठ्छ । द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लङ्घनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित व्यक्ति र परिवार नै द्वन्द्वपीडित हुन् । उनीहरू युद्धका संयोगी पीडित होइनन्, उनीहरू राज्यको संरक्षण दायित्व पूरा नहुनुको परिणाम हुन् । नेपालको संविधान, राष्ट्रिय कानुन र नेपाल पक्षकार बनेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूले पीडितको सत्य जान्ने, न्याय पाउने र परिपूरण प्राप्त गर्ने अधिकार सुनिश्चित गरेका छन् । यस अर्थमा द्वन्द्वपीडितको न्याय कुनै दयादान होइन, राज्यले पूरा गर्नै पर्ने कानूनी दायित्व हो ।
लोकतान्त्रिक निर्वाचनको मूल उद्देश्य जनताको अधिकार सुरक्षित गर्ने प्रतिनिधि चयन गर्नु हो । जब हजारौँ नागरिक अझै पनि जीवन, न्याय र सम्मानको अधिकारबाट वञ्चित छन् भने त्यो लोकतन्त्र अपूर्ण हुन्छ । दण्डहीनताको निरन्तरताले कानूनी शासन कमजोर बनाउँछ र भविष्यमा पुनः हिंसाको जोखिम बढाउँछ । त्यसैले निर्वाचनबाट बन्ने सरकार र संसद्ले द्वन्द्वकालीन अपराधको निष्पक्ष छानबिन, दोषी माथि कारबाही र पीडितलाई न्याय तथा परिपूरण सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता जनाउनैपर्छ ।

यसै सन्दर्भमा पछिल्ला वर्षहरूमा देखिएको जेन–जी आन्दोलनलाई द्वन्द्वपीडितको न्यायसँग जोड्नु आजको ऐतिहासिक आवश्यकता बनेको छ । जेन–जी पुस्ता प्रश्न गर्ने साहस, परिवर्तनको आकांक्षा र प्रविधि मार्फत आवाज फैलाउने क्षमताका कारण अहिलेको सामाजिक–राजनीतिक बहसको महत्वपूर्ण शक्ति हो । अर्कोतर्फ, द्वन्द्वपीडितको न्याय नहुनु भनेको आज पनि दण्डहीनता कायम रहनु हो, जसको असर जेन–जी पुस्ताको अधिकार, सुरक्षा र लोकतान्त्रिक भविष्यमा प्रत्यक्ष पर्छ ।
जब जेन–जी पुस्ताले यो बुझ्छ कि द्वन्द्वपीडितको न्याय सुनिश्चित नगरी लोकतन्त्र सुरक्षित हुँदैन, तब न्यायको मुद्दा पुस्तागत सीमा भन्दा माथि उठ्छ ।

पीडितका कथाहरू डिजिटल अभियान, सिर्जनशील अभिव्यक्ति र सार्वजनिक बहस मार्फत नयाँ पुस्तासम्म पु¥याउन सकिन्छ । यसरी पीडितलाई सहानुभूतिको विषय मात्र होइन, आन्दोलनका सहयात्री बनाउँदा न्यायको संघर्षले नयाँ ऊर्जा र नैतिक बल पाउँछ ।
जेन–जी ले उठाएका न्याय र सुशासनको सवाल र द्वन्द्वपीडितको न्यायलाई सँगै अघि बढाउनु भनेको गैरहिंसात्मक, समावेशी र दीर्घकालीन संघर्षलाई मजबुत बनाउनु हो । क्षणिक ट्रेन्डभन्दा माथि उठेर संस्थागत सुधार, सत्य निरूपण र जवाफदेहिताको मागलाई निरन्तर उठाइराख्नु आजको आवश्यकता हो । यस सहयात्राले अतीतको घाउ निको पार्दै न्याय, समानता र कानूनी शासनमा आधारित भविष्य निर्माण गर्न मद्दत गर्छ ।

द्वन्द्व पीडितको न्याय राजनीतिक इच्छाशक्ति बिना सम्भव हुँदैन, र निर्वाचन नै राजनीतिक दल तथा उम्मेदवारलाई जवाफदेही बनाउने सबैभन्दा प्रभावकारी अवसर हो । त्यसैले द्वन्द्व पीडितहरूले आफ्ना मागहरू एकीकृत गर्दै साझा एजेण्डा तयार गर्नुपर्छ र त्यसलाई उम्मेदवार तथा दल समक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । निर्वाचन अभियानका क्रममा उम्मेदवारसँग प्रत्यक्ष भेटघाट, सार्वजनिक प्रश्न, लिखित प्रतिबद्धता माग, र घोषणापत्र निर्माण प्रक्रियामै हस्तक्षेप गर्नु पीडितका मुद्दालाई राजनीतिक एजेण्डामा ल्याउने प्रभावकारी उपाय हुन् ।

मिडिया र सामाजिक सञ्जालको प्रयोग, जेन–जी तथा नागरिक समाजसँगको सहकार्य र पीडितको न्यायलाई भोटसँग जोडेर प्रस्तुत गर्नुले राजनीतिक दबाब थप बलियो बनाउँछ । मौखिक आश्वासनमा सीमित नभई कागजी प्रतिबद्धता लिने र निर्वाचनपछि पनि त्यसको निगरानी गर्ने अभ्यासले दल र जनप्रतिनिधिलाई दीर्घकालीन रूपमा जवाफदेही बनाउँछ ।
द्वन्द्व पीडितको न्याय सहानुभूतिको विषय होइन, संविधान र कानूनी शासनसँग जोडिएको मौलिक अधिकार हो । त्यसैले निर्वाचनलाई न्यायको मुद्दा उठाउने रणनीतिक अवसरका रूपमा प्रयोग गर्दै दण्डहीनताको अन्त्य, कानूनी शासनको सुदृढीकरण र पीडितलाई सत्य, न्याय तथा परिपूरणको प्रत्याभूति गराउने स्पष्ट राजनीतिक प्रतिबद्धता सुनिश्चित गर्नु आजको अनिवार्य आवश्यकता हो।
अन्तत ः द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्नु विगतको गल्ती सच्याउने प्रक्रिया मात्र होइन, भविष्यको लोकतन्त्र सुरक्षित गर्ने आधार हो । त्यसैले द्वन्द्वपीडितको न्यायको सवाल, संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुराउने सवाल, दण्डहिनताको सवाल, कानूनी शासनको सवाल, निर्वाचनको केन्द्रीय एजेन्डा बन्नुपर्छ — कानूनी दायित्वका रूपमा, नैतिक जिम्मेवारीका रूपमा र पुस्तागत उत्तरदायित्वका रूपमा । चुनाव आउँछ, सरकार फेरिन्छ, तर न्याय फेरि पनि टर्दै जाने हो भने शान्ति अधुरै रहनेछ । अब पीडित सहानुभूति होइन, न्याय चाहन्छन् र त्यो मागलाई फेरि बेवास्ता गर्ने छुट कसैलाई छैन । लेखक अधिकारकर्मी हुन ।

Previous Post

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

Next Post

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

Next Post
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

कुखुरापालक किसानलाई ५० करोड राहत

July 16, 2026
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

July 16, 2026
एउटै कृतिमा स्व. मल्लका सिर्जना

एउटै कृतिमा स्व. मल्लका सिर्जना

July 16, 2026
तेल उत्पादन बढाउन इरानले गर्यो ठूलो सम्झौता

इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

July 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version