For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

उद्यम

byDainik Nepalgunj
August 30, 2026
in विचार
0 0
0
उद्यम
Share on FacebookShare on Twitter

करिब ५० हजार रुपैयाँ र एउटा सेकेन्ड–ह्यान्ड कम्प्युटरबाट सुरु भएको शरद प्रसाद रिजालको व्यवसायिक यात्रा अहिले नेपालगन्जको औद्योगिक क्षेत्रमा पानी उत्पादन गर्ने उद्योगसम्म पुगेको छ । सानो व्यवसायबाट सुरु भएको यो यात्राले पछिल्ला चार–पाँच वर्षमा उत्पादन, वितरण र बजार विस्तारसँगै नयाँ उत्पादनतर्फ समेत पाइला अघि बढाएको छ ।

शरदले स्नातक तहको अध्ययन पूरा गरेपछि कम्प्युटर व्यवसाय सुरु गरेका थिए । त्यतिबेला कम्प्युटर तथा प्रिन्टर मर्मत, छपाइ, फोटोकपी, विद्यालयका परीक्षा सामग्री तयार गर्ने र परिचयपत्र बनाउने काम हुन्थ्यो । पछि कम्प्युटरका पार्टपुर्जा खरिद गरेर जोड्ने र बिक्री गर्ने काम विस्तार भयो । काठमाडौंको थोक बजारसँग सम्बन्ध बन्यो । आपूर्तिकर्तासँगको विश्वास बढेपछि उधारोमा सामान पाउने अवस्था बन्यो । विभिन्न सूचना प्रविधि कम्पनीका आधिकारिक विक्रेताका रूपमा काम गर्ने अवसर पनि पाए । त्यही अनुभवले पछि उद्योग सञ्चालनमा उनलाई आधार दियो ।

नेपालगन्जमा प्रशोधित पिउने पानीको माग बढ्दै गएको समय थियो । उपभोक्ता बजार तयार थियो । तर मागअनुसार नियमित आपूर्ति सहज थिएन । यही अवस्थामा शरदले क्रिस्टिलो वाटर इन्डस्ट्री सञ्चालन गर्ने अवसर पाए । उनले बजारको मागलाई नै उद्योग विस्तारको आधार बनाए। क्रमशः मेसिनरी थपियो । उत्पादन प्रक्रिया व्यवस्थित गरियो । उत्पादन क्षमता बढाइयो । त्यसपछि वितरण प्रणालीमा पनि काम थालियो ।

शरद भन्छन्, अहिले क्रिस्टिलोको बोतलबन्द पानी बाँके जिल्लाभरि पुगेको छ । जार पानी भने नेपालगन्ज र आसपासका प्रमुख बजारमा केन्द्रित छ । माग बढेसँगै त्यसको वितरण क्षेत्र पनि विस्तार हुँदै गएको छ । जार र बोतलबन्द पानीका लागि छुट्टाछुट्टै वितरण व्यवस्था छ । नियमित आपूर्तिका लागि कर्मचारी र सवारीसाधन परिचालन गरिएको छ । बजार विस्तारसँगै उद्योगले उत्पादनका लागि दुई स्थान प्रयोग गरिरहेको छ ।

क्रिस्टिलोको विस्तारमा एउटा कठिन घटनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । तराईमा हावाहुरीको मौसम थियो । एकपटक दुई–तीन दिनसम्म विद्युत् अवरुद्ध भयो । उत्पादन रोकियो । उपभोक्तासम्म पानी पुग्न सकेन । त्यसपछि केही उपभोक्ता उद्योगमै पुगे । उनीहरू आक्रोशित थिए । पानी नपाएको गुनासो थियो । कतिपयले गालीसमेत गरे ।

त्यो घटनाले शरदलाई उपभोक्ताप्रतिको जिम्मेवारीबारे नयाँ ढंगले सोच्न बाध्य बनायो । ‘उपभोक्ताले पानीका लागि पैसा तिरेका छन् । उनीहरूलाई समयमा पानी चाहिएको छ । बजारमा आवश्यक वस्तु उपलब्ध गराउने जिम्मेवारी उद्योगको पनि हो’ भन्ने बुझाइ उनको व्यवसायिक यात्राको महत्वपूर्ण मोड बन्यो । त्यसपछि मेसिनरीमा लगानी बढाइयो । उत्पादन क्षमता थपियो । वितरण र बजार व्यवस्थापन सुधारियो । उनी भन्छन्, त्यो मेरा लागि महत्वपूर्ण घटना थियो ।

शरदको भनाइमा, क्रिस्टिलोले उत्पादन बढाउने मात्र होइन, उपभोक्ताले पाउने अन्तिम वस्तुको गुणस्तरमा पनि ध्यान दिएको छ । पानीको गुणस्तर राम्रो भए पनि जार कमजोर भए त्यसले समग्र उत्पादनमाथि प्रश्न उठ्न सक्ने अवस्था थियो। बजारमा विभिन्न कम्पनीका जार साटासाट हुने क्रममा पुराना, फुटेका र लामो समय प्रयोग भएका जारसमेत चलिरहेका थिए । त्यसपछि कम्पनीले आफ्नै पानी आफ्नै गुणस्तरीय जारमा मात्र उपलब्ध गराउने नीति लियो। पुराना क्रिस्टिलोका जार फिर्ता ल्याएर नयाँ जार दिइयो । अहिले प्रयोग भइरहेको जार कम्पनीका लागि विशेष रूपमा तयार गरिएको हो ।

यो निर्णय कम्पनीका लागि सस्तो थिएन । ठूलो संख्यामा पुराना जार फिर्ता ल्याएर नयाँ जार उपलब्ध गराउँदा खर्च बढ्यो । तर तत्कालको खर्चभन्दा उपभोक्ताले पाउने अन्तिम उत्पादनको गुणस्तरलाई प्राथमिकता दिइयो । यही सोचले क्रिस्टिलोको बजारमा छुट्टै पहिचान बनाउँदै गएको छ ।

उद्योग विस्तारसँगै रोजगारी पनि बढेको छ । व्यवस्थापन, लेखा, चालक, उत्पादन, मेसिन सञ्चालन, विद्युत् तथा अन्य काममा कर्मचारी कार्यरत छन् । जार र बोतलका लागि आवश्यक कच्चा पदार्थ, ढक्कन, लेबल, प्याकेजिङ सामग्री र ढुवानीसँग जोडिएका अन्य व्यवसाय पनि यसबाट प्रभावित छन् । कच्चा पदार्थ तथा प्याकेजिङ सामग्री नेपालगन्जदेखि काठमाडौं, भैरहवा, विराटनगर, बनेपालगायतका स्थानबाट खरिद हुँदै आएको छ ।

अब क्रिस्टिलो पानीमा मात्र सीमित रहने तयारीमा छैन । कम्पनीले नेपालगन्जमा खाद्य प्रयोजनका लागि उपयुक्त फुड ग्रेड आइस क्युब उत्पादन गर्ने तयारी गरिरहेको छ । त्यसका लागि भवन निर्माण र मेसिनरी खरिदको प्रक्रिया अघि बढिसकेको छ । नयाँ उत्पादन क्रिस्टिलो फुड ग्रेड आइस क्युबका रूपमा बजारमा ल्याउने तयारी छ ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको क्रिस्टिलोले एक रोपनी क्षेत्रफल प्रयोग गरिरहेको छ । नेपालगन्ज औद्योगिक क्षेत्रसँग कम्पनीको ४० वर्षे लिज सम्झौता छ । पछिल्ला चार–पाँच वर्षमा बजारको माग र समस्यालाई आधार बनाएर उद्योगले उत्पादनदेखि वितरणसम्म निरन्तर सुधार गर्दै आएको छ । ३३ जनालाई प्रत्यक्ष रोजगारीससँग जोड्न सफल शरदले आफ्नो २०६४ सालमा शुरु गरेको लगानी यात्रा निरन्तर अगाडी बढाउँदै साढे ५ करोड पुर्याउन सफल भइसकेका छन् । पानी उद्योगलेमात्रै वार्षिक साढे ४ करोडको कारोबारनै गर्छ ।

शरदको व्यवसायिक यात्राले एउटा सानो व्यवसाय पनि समयसँगै उद्योगमा रूपान्तरण हुन सक्ने देखाएको छ । त्यसैले उनी विदेश जाने तयारीमा रहेका युवालाई नेपालमै लगानीको सम्भावना पनि हेर्नुपर्ने प्रश्न उठाउँछन्। ‘हामीले अवसर खोज्न पैसा बाहिर पठाउने मात्र हो कि, त्यही पैसाबाट नेपालमै एउटा अवसर सिर्जना गर्ने प्रयास पनि गर्न सक्छौँ ?’ उनको प्रश्न छ ।

उनको यात्रामा सफलता एकैपटक आएको होइन । सानो लगानीबाट सुरु भएको व्यवसायले बजार बुझ्दै, समस्या भोग्दै, त्यसबाट सिक्दै र आवश्यक ठाउँमा लगानी थप्दै आजको रूप लिएको हो । क्रिस्टिलोको यात्रा अहिले पनि रोकिएको छैन । आफ्नो व्यवसायिक योजनाबारे उनले दैनिक नेपालगन्जसँग भने, पानीबाट सुरु भएको व्यवसाय अब खाद्य प्रयोजनको बरफतर्फ अघि बढ्दैछ । यसको आधार भने उही छ, बजारले खोजेको वस्तु उत्पादन गर्ने र उपभोक्तालाई विश्वासका साथ प्रयोग गर्न सक्ने विकल्प उपलब्ध गराउने ।

Previous Post

त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्यम

उद्यम

August 30, 2026
त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

August 30, 2026
बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

August 30, 2026
सञ्चालनमा पेडारी पुल

वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल

August 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version