राष्ट्रिय स्वतन्त्र पार्टी नेपालगन्जले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । डाक्टर प्रतीक श्रेष्ठको नेतृत्वमा आयोजित रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
डाक्टर श्रेष्ठले राजनीतिक दलमा पनि मानवीय र सामाजिक कार्य गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस खालको कार्यक्रम पहल लिएको बताए । आवश्यकताका आधारमा यस खालका कार्यक्रमहरू आयोजना गर्दै जाने आफ्नो उद्देश्य बताए ।
रास्वपा नगर अध्यक्ष नविन खड्काको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुष्मा स्वर्णकारले प्रमुख अतिथिका रुपमा रक्तदान कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।




























