शनिबार नेपालगन्जमा ‘शैलसुते उपन्यास’ को परिचर्चा गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति र शाश्वत आचार्य समृति प्रतिष्ठानको आयोजना गरिएको किरण आचार्यद्वारा लिखित ‘शैलसुते उपन्यास’ को परिचर्चा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारीले उद्घान गरेको कार्यक्रममा डा. हरि प्रसाद तिमिल्सिना र लेक प्रसाद प्याकुरेलले कृतिको समीक्षा गरेका थिए ।
शाश्वत आचार्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा .जनार्दन आचार्यको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेतले स्वागत मन्तव्य र महासचिव सुन्दर गुरुङले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा ४० जना साहित्यकार र साहित्यनुरागीहरूको उपस्थिति रहेको थियो ।




























