रुकुम (पूर्वी भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकामा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहित ७ जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, कागती पकेट विकास कार्यक्रममा नभएको कामलाई भएको देखाई बढी मूल्याङ्कन गरेर सरकारी रकम हिनामिना गरिएको आरोप छ । उक्त मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरिएको छ ।




























