‘नाइट रन अबदेखि वीथ म्यूजिक हुने भएको छ,’ दोस्रो नेपालगन्ज १० के म्युजिक नाइट रनबारे जानकारी दिइरहँदा आयोजक आयोजक रेस नेपालका अध्यक्ष टिएस ठकुरी उत्साहित भए ।
उनका अनुसार, यही बैशाख २५ गते राति ८ बजे हुने म्युजिक नाइट रन संगीत र दौड मार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियान आयोजकको हो ।
एक्सट्रिम इनर्जीले इनर्जी पार्टनरका रुपमा सहकार्य गरेकोमा अझै उत्साहित उनले दैनिक नेपालगन्जसँग भने, ‘ नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझा चोक पुगेर पुन; सोही रुट हुँदै बीपी चोकमा सम्पन्न हुने दौड अवधिभर सांगीतिक कार्यक्रम सञ्चालन गरिनेछ ।’
रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले नेपालगन्ज १०के नाइट रन एम्स प्रमाणीकरण रुटमा सञ्चालन हुने जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझा चोक पुगेर पुन; सोही रुट हुँदै बीपी चोकमा सम्पन्न हुने दौड अवधिभर सांगीतिक कार्यक्रम सञ्चालन गरिनेछ । एम्समा आवद्ध दुई वटा रेस सञ्चालन हुने नेपालगन्ज नेपालमा एकमात्र सहर हो ।
नाइट रनमा १० किमि खुला पुरुष र महिला तथा ५ किमि स्कुल स्तरीय छात्र एवं छात्रा विधामा स्पर्धा समावेश गरिएको छ । गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर(बाँके)कि गीताकुमारी साहु विजेता बनेका थिए । नेपालगन्ज १०प म्युजिक नाइट रन नेपालको पहिलो रात्री दौड हो ।
स्वस्थ, सभ्य र सुरक्षित सहरको परिचय स्थापित गर्न नाइट रन सुरु गरिएको आयोजकले जनाएको छ । यसपटक स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वल्र्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एशियाली र एशियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयोजक रेस नेपालका कोषाध्यक्ष सुमन बस्नेतले जानकारी दिए । धारम नेपालगन्ज म्याराथनले थाइल्यान्ड मलेसिया सिंगापुर भुटान बंगलादेश लगायत देशमा धावक सहभागी गराउने तयारी गरिरहेको छ ।




























