जिल्ला प्रहरी कार्यालय बाँकेले गत पाँच दिनमा १६ जना फरार अपराधीहरूलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, फैसला कार्यान्वयनका क्रममा १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ फरार प्रतिवादीहरूबाट ७ बर्ष १ महिना २४ दिन कैद भुक्तान बाँकी रहेको र ६ लाख ७ हजार ८ सय ७६ रूपैयाँ जरिवाना भुक्तान बाँकी रहेको जानकारी दिएको छ ।
बाँके प्रहरीले प्रहरीमा मुद्दा रही फरार तथा अदालतबाट सजाय तोकिएका फरारको खोजी गर्दै आएको छ ।





























