परम उध्दारकर्ता संकटमोचन स्वरुप तत्त्वदर्शी सद्गुरुदेव श्री मदन बाबा ज्यूको परम सानिध्यतामा बाँके जिल्ला समितिको तेश्रो साधारण सभा सम्पन्न गरियो । कार्यक्रमको उद्घाटन शत्रमा समितिका उपाध्यक्ष राधा शाह श्री शम्भुले स्वागत गर्नुभयो । तत्पश्चात अध्यक्ष गंगा न्यौपाने श्रीशम्भुले प्रगति तथा लेखा प्रतिवेदन प्रस्तुत गरि सर्वसहमतिले अनुमोदन गरियो । यस साधारण सभा कार्यक्रम संचालन सचिव सम्झना शाह श्री शम्भुले गर्नुभएको थियो ।
भक्ति केन्द्रको विधान बमोजिम १५ सदस्य समिति गठन प्रक्रियामा राधा शाह श्री शम्भुको नेतृत्वमा १४ सदस्य चयन गरियो । साधारण सभाको बन्दशत्र सम्पन्न पश्चात शाहको नेतृत्वमा चयन भएका सदस्यहरूको जिम्मेवारी
बाँडफाड गरियो । नयाँ समितिमा अध्यक्ष राधा शाह, बरिष्ठ उपाध्यक्ष हेमनारायण चौधरी, उपाध्यक्ष सम्झना शाह, सचिव आशा चौधरी, कोषाध्यक्ष सरयु भट्टराई सदस्यमा हेमलाल गिरी, खिम बहादुर रावत, परेक शाही, सावित्री चौधरी, भुमिसरा खत्री, दीपा ढकाल, लिला गौतम, उषा खत्री, दुर्गा प्रसाद काफ्ले र रेखा भट्टराई रहनुभएको छ । निवर्तमान अध्यक्ष गंगा न्यौपाने र आजीवन सदस्य सुनिता आचार्यलाई सल्लाहकारमा मनोनित गरियो ।
उक्त साधारण सभामा विशिष्ट अतिथिको आशन ग्रहण श्री मदन बाबा भक्ति केन्द्र केन्द्रीय समितिका महासचिव निशा राना र अतिथिमा केन्द्रीय सदस्य मन्जु जि एम, केन्द्रीय सल्लाहकार रुपा राजभण्डारी, लुम्बिनी प्रदेश समितिका अध्यक्ष गीता खड्का, उपाध्यक्ष बबिता राजभण्डारी, कोषाध्यक्ष सीता वि सी, सदस्य मन्जु सुवेदी लगायतले आशन ग्रहण गर्नुभएको थियो ।






























