बाँके प्रशासनको नेतृत्वमा पूर्व–पश्चिम महेन्द्र राजमार्गको कोहलपुर स्थित चप्परगौडीमा होटल अनुगमन गरिएको छ । त्यसक्रममा शतप्रतिशतमा कैफियत भेटिएको अनुगमनकर्ताले जनाएका छन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी नेत्र बोगटी लगायत सम्मिलित टोलीले अनुगमन गरेको हो ।
त्यसक्रममा चप्परगौडी स्थित एउटो होटललाई १५ हजार र अर्कोलाई ५ हजार नगद जरिवाना गरिएको जानकारी दिंदै सहायक प्रजिअ खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘बाँकी चार वटा होटललाई सुधारका लागि नसिहत दिइएको छ ।’ उनका अनुसार, सरसफाई र मापदण्ड पूरा गर्न निर्देशन दिएको हो ।





























