For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    हराउँदै परम्परागत बाल खेल

    हराउँदै परम्परागत बाल खेल

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्थानीय तहमा सहकारी नियमन कमजोर

byDainik Nepalgunj
July 16, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा
Share on FacebookShare on Twitter

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणपछि सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले बाँकेका स्थानीय तहमा सहकारी नियमन प्रभावकारी हुन नसकेको औँल्याएको छ । प्रतिवेदनअनुसार अधिकांश स्थानीय तहले सहकारी संस्थाबाट अनिवार्य रूपमा लिनुपर्ने विवरण, एकीकृत सूचना व्यवस्थापन प्रणालीमा प्रतिवेदन दर्ता तथा अनुगमन–निरीक्षणलाई प्रभावकारी बनाउन नसकेको देखिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ७३, सहकारी नियमावली, २०७५ को नियम २८(४) तथा सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७८ अनुसार सहकारी संस्थाले मासिक प्रतिवेदन प्रत्येक महिना ७ गतेभित्र एकीकृत सूचना व्यवस्थापन प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था छ । साथै पालिकाले नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि अधिकांश स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन नभएको महालेखाको निष्कर्ष छ ।

प्रतिवेदन अनुसार लेखापरीक्षण बर्षमा बैजनाथ गाउँपालिकामा रहेका ४० सहकारी संस्थामध्ये १५ वटाले एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण पेश गरेका थिएनन् । जानकी गाउँपालिकामा ४० वटै सहकारीले विवरण दर्ता गरेको जनाइए पनि पालिकाले गरेको अनुगमनको प्रतिवेदन लेखापरीक्षणका क्रममा पेश हुन सकेन ।

आ.व. २०८१÷०८२ मा खजुरा गाउँपालिकामा ५५ सहकारी संस्थामध्ये ३८ वटाले एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण नदिएको र १५ वटा सहकारी समस्याग्रस्त रहेको उल्लेख छ । कोहलपुर नगरपालिकामा ३६ सहकारीमध्ये २६ वटाले विवरण नदिएको पाइएको छ । नगरपालिकाले १३ वटा सहकारीको अनुगमन गरेको जनाएको भए पनि त्यससम्बन्धी प्रतिवेदन लेखापरीक्षणका बेला पेश भएको थिएन ।

लेखापरीक्षण बर्ष २०८१÷०८२ मा नेपालगन्ज उपमहानगरपालिकामा १ सय ११ सहकारी संस्थामध्ये ४६ वटाले एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण दर्ता नगरेको महालेखाले जनाएको छ । उपमहानगरले २३ वटा सहकारीको अनुगमन गरेको जानकारी दिए पनि त्यसको प्रतिवेदन लेखापरीक्षणका क्रममा उपलब्ध गराउन सकेन ।

त्यस्तै राप्तीसोनारी गाउँपालिकामा रहेका ४४ सहकारीमध्ये ६ वटाले एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण दर्ता नगरेको उल्लेख गरिएको छ । यहाँ पनि अनुगमन तथा निरीक्षणको प्रतिवेदन पेश नभएकाले सहकारीको वास्तविक सञ्चालन अवस्था मूल्याङ्कन गर्न नसकिएको महालेखाले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले अधिकांश स्थानीय तहमा सहकारी संस्थाको नियमित अनुगमन तथा निरीक्षण सम्बन्धी प्रतिवेदन उपलब्ध नभएकाले सहकारीहरूको सञ्चालन अवस्था, वित्तीय अनुशासन तथा कानुनी पालना प्रभावकारी रूपमा मूल्याङ्कन गर्न नसकिएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा स्थानीय तहहरूलाई सहकारी ऐन, नियमावली तथा निर्देशिकाअनुसार सबै सहकारी संस्थाबाट समयमै एकीकृत सूचना व्यवस्थापन प्रणालीमा विवरण दर्ता गराउने, नियमित अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन तयार गर्ने र सहकारी नियमन प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

ऋण तिर, बचत फिर्ता गर

नेपालगन्ज उपमहानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्य तथा सहकारी संस्थाहरूलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्दै अन्तिम कानुनी सूचना जारी गरेको छ ।

नेपालगञ्ज उपमहानगर–पालिकाका दर्ता गर्ने अधिकारी एवं उपसचिव गोर्ख बहादुर थापाले जारी गरेको सूचना अनुसार केही सहकारी संस्थाका ऋणी सदस्यहरूले समयमा कर्जाको साँवा तथा ब्याज भुक्तानी नगर्ने प्रवृत्ति बढ्दै गएको छ भने कतिपय सहकारी संस्थाहरूले बचतकर्ताको बचत रकम फिर्ता नगरेको अवस्था देखिएको जनाएको छ। यसले सहकारी संस्थाको वित्तीय अनुशासन, तरलता व्यवस्थापन तथा बचतकर्ताको अधिकारमा प्रतिकूल असर परेको उपमहानगरपालिकाको भनाइ छ ।

सूचनामा सहकारी संस्थामा ऋण तिर्नु नपर्ने भन्ने भ्रामक तथा आधारहीन अभिव्यक्तिको प्रभावमा परी केही ऋणी सदस्यहरूले जानाजानी ऋण चुक्ता नगरेको उल्लेख गर्दै यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो सहकारी ऐन, २०७४ तथा नियमावली, २०७७ कार्यान्वयनमा रहेको स्मरण गराउँदै ऐनको दफा ६१ बमोजिम बाँकी बक्यौता असुलउपर गर्ने, दफा ६२ बमोजिम सम्पत्ति रोक्का राख्न लेखी पठाउन सक्ने तथा दफा ८२ बमोजिम रोक्का राख्न सिफारिस गर्न सक्ने कानुनी व्यवस्था रहेको जनाएको छ । उपमहानगरपालिकाले ऋणी सदस्यहरूलाई सम्झौता तथा सर्तअनुसार बाँकी साँवा र ब्याज तोकिएको म्यादभित्र सम्बन्धित सहकारी संस्थामा अनिवार्य रूपमा भुक्तानी गर्न तथा सहकारी संस्थाहरूलाई बचतकर्ताको बचत रकम तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

निर्देशनको पालना नगरेमा प्रचलित सहकारी ऐनअनुसार उपलब्ध सम्पूर्ण कानुनी प्रक्रिया तथा कारबाही अघि बढाइने चेतावनी समेत सूचनामार्फत दिइएको छ ।

Previous Post

कुखुरापालक किसानलाई ५० करोड राहत

Next Post

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

Next Post
नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

July 16, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

स्थानीय तहमा सहकारी नियमन कमजोर

July 16, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

कुखुरापालक किसानलाई ५० करोड राहत

July 16, 2026
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

July 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version