नेपालगन्ज उपमहानगरपालिकाले आगामी साउन ४ गतेसम्म राजश्व संकलन बन्द गर्ने भएको छ । आर्थिक वर्ष २०८३÷८४ को आर्थिक ऐनअनुसार राजस्व शीर्षक तथा करका दरहरू राजस्व व्यवस्थापन प्रणालीमा अद्यावधिक (सेटअप) गर्नुपर्ने भएकाले राजस्व संकलन कार्य बन्द रहने प्रशासकीय अधिकृत भुविन्द्र प्रसाद कंडेलले जानकारी दिएका छन् ।
उपमहानगरपालिकाद्वारा जारी सूचनाअनुसार यस अवधिमा राजस्व व्यवस्थापन शाखा तथा सबै वडा कार्यालयबाट हुने राजस्व संकलन सेवा स्थगित रहनेछ । प्रणाली अद्यावधिक गर्ने कार्य सम्पन्न भएपछि नियमित रूपमा राजस्व संकलन सेवा पुनः सञ्चालन गरिने जनाइएको छ ।






























