नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भैसकेको छ ।
निर्वाचनमा विभिन्न व्यवसायीहरु संगठनहरु मिलेर सर्वसम्मत गर्ने निर्णय गरिसकेका छन् ।
यसैबीच, सामाजिक सञ्जालमा नेपालगन्ज उद्योग वाणिज्य संघको उम्मेदवारी शुल्क भनेर ‘फेक’ जानकारी पोष्ट भैरहेका छन् ।
जसमा सदस्यको उम्मेदवारी शुल्क २ लाखदेखि अध्यक्षको १५ लाखसम्म रहेको ह्वाटशप स्क्रिन सर्ट पोष्ट गरेको पाइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका चिरञ्जीवि ओलीले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उम्मेदवारी शुल्क ‘फेक’ भएको बताएका छन् । ‘संघको विधानमा स्पष्ट रुपमा उम्मेदवारी शुल्कबारे लेखिएको छ’, उनले भने, ‘यसरी भ्रम फैलाउनु उचित होइन ।’
संघ स्रोतका अनुसार अध्यक्ष तथा पदाधिकारीको उम्मेदवारी शुल्क १५/२० सम्म हुनसक्ने बताइएको छ ।





























