क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालमा समान धारणा राख्ने दल, समूह तथा व्यक्तिहरूलाई समेटेर संयुक्त मोर्चा निर्माण गर्ने पहल अघि बढाएको जनाएको छ।
पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बुधबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा बोल्दै संयुक्त मोर्चा निर्माणका लागि नौबुँदे आधार तय गरिएको जानकारी दिए। उनका अनुसार असमान सन्धि–सम्झौताको खारेजी, साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपको विरोध, कालापानी–लिपुलेक–लिम्पियाधुरा फिर्ता, ःएमसीसी र एसपीपीको विरोधलगायत विषयलाई आधार बनाइएको छ।
ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति आलोचना गर्दै नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधानका लागि क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए। उनले विभिन्न कम्युनिष्ट पार्टी तथा समूहसँग संयुक्त मोर्चाका विषयमा छलफल भइरहेको जानकारी समेत दिए।






























