रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोमा ज्यान गुमाएका मृतकको श्रीकृष्ण जन्माष्टमी समितिले मृतक आत्माको चिरशान्तिको कामना र देशमा सुख, शान्ति तथा समृद्धिको प्रार्थनासहित नेपालगन्जको त्रिभुवन चोक बजारमा सामुहिक हवन तथा दीप प्रज्वलन गरेको छ ।
समितिका अध्यक्ष नन्दलाल बैश्यका अनुसार, वर्षेनी श्रीकृष्ण जन्माष्टमीमा भव्य उत्सवसहित रंगारंगी गरिंदै आएकोमा यसवर्ष शान्तिपूर्वक सामुहिक हवन तथा दीप प्रज्वलन गरिएको हो । त्यसअवसरमा गायत्री मन्त्रोच्चारणसँगै मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको चिरशान्ति र देशवासीको सुख–समृद्धिको कामनाका गरिएको थियो ।
त्यसअवसरमा दान दक्षिणका लागि संकलित ५१ हजार रुपिया प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न अध्यक्ष बैश्यले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीलाई हस्तान्त्ररण पनि गरेका थिए । कार्यक्रममा उद्योगी व्यापारी, दलका प्रतिनिधि, स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।





























