For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब

byDainik Nepalgunj
September 10, 2026
in News, मुख्य समाचार
0 0
0
राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब
Share on FacebookShare on Twitter

बाँकेको राप्तीनदी स्थित सिधनियाघाटमा निर्मार्णाधिन पुलमा रिभर टेनिङ्ग (तटबन्ध) नगरी वारपार पुल बनाउन स्थानीयले माग गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको पुल तथा तटबन्ध निर्माण सहित सिर्जना भएका विभिन्न विषयका समस्या र समाधानको सिफारिस गर्न बुधबार आयोजना गरेको सरोकारवालाबीचको छलफलमा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिले पुलको लम्बाई बढाउन माग गरिएको थियो । ‘पुलको लम्बाई नबढाई तटबन्ध गर्ने हो भने त्यसले खेतीयोग्य जमिनमा ताल बन्छ, पुल पनि दीर्घकालीन रुपमा प्रयोगमा आउन सक्दैन’, भेलाका सहभागीहरुले भने ।

भेलाका सहभागीहरुले हाल रहेको सिधनिया घाटको पुलमा जाम लाग्ने गरेको र उक्त सडकखण्डमा चाप बढ्दै जाने भएकाले नयाँ निर्माणाधिन पुलको पश्चिमतर्फको स्थानमा तटबन्ध नगरी पुल नै निर्माण गर्नु पर्ने दबाब दिएका थिए ।

राप्ती नदीस्थित सिधनिया घाटमा हाल बनेको पुल ७ सय मिटर लामो र ११ मिटर चौडा रहेको छ । एक अर्ब १९ करोड लागतको पुलको ७५ प्रतिशत भन्दा बढी काम सकिएको छ । डुडुवा, राप्तीसोनारी र नरैनापुर जोड्ने यो पुलमा ४ सय ४० मिटर थप्न सकेमा दीर्घकालसम्म डुवानको समस्या नहुने भेलामा सहभागी स्थानीयले बताएका थिए ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका अनुसार, पुलकै योजनामा नेपालगन्ज तर्फ १ हजार मिटर र बगौडा तर्फ ४ सय ८० मिटर गरी १ हजार ४ सय ८० मिटर एप्रोज सडक योजनामा छ । त्यस्तै, पुलको पश्चिम तर्फ उत्तरमा ८ सय मिटर र दक्षिण तर्फ ३ सय रिभर टे«निङ्ग (तटबन्ध निर्माण) गर्ने योजना रहेको छ भने पुलको पूर्व बगौडा तर्फ उत्तरमा २ हजार ८० र दक्षिण तर्फ ९ सय ७० मिटर तटबन्ध हुने योजना रहेको छ । त्यस्तै, पुलको पूर्व तर्फको सडकमा ४ सय ८० मिटर गरी कुल ४ हजार ६ सय मिटरमा तटबन्ध गर्ने योजना रहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले पुलको लगभग ७५–७६ प्रतिशत भौतिक प्रगति हुँदाका बखत केही समस्याहरू सिर्जना भएकाले स्थानीयका वास्तविक मागहरू के–के हुन्, हामीले गर्न सक्ने कुरा के हो र हामीले गर्न नसक्ने कुरा के हो भन्ने विषयमा छलफल आयोजना गरेको बताए ।
‘पुलमा दुईवटा स्ल्याब मात्रै निर्माण गर्न बाँकी छ । पानीको बहाव कम हुनासाथ पुल निर्माण सम्पन्न हुन्छ’, योजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले भने, ‘पुलको समग्र निर्माण कार्य सम्पन्न नभएसम्म यो पुल सञ्चालनमा नआउने जस्तो अवस्था देखिएको छ ।’ ‘योजना कार्यालयलाई दिइएको जिम्मेवारी भनेको ७०० मिटर पुल बनाउने, ४ हजार ६ मिटर रिभर टे«निङ्गको काम गर्ने र १ हजार ४ सय ८० मिटर एप्रोज सडक कालोपत्रे निर्माण गर्ने हो’, उनले भने ।

‘तर हामीलाई जे जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी अनुसारको निर्माणले विगतमा आएका बाढीका कारण सिर्जित स्थानीय समस्याहरूको समाधान हुन नसक्ने भन्दै स्थानीयहरूले केही मागहरू राख्नुभएको छ’, भेलामा सहभागीहरुको माग सुनेपछि कार्यालय प्रमुख भण्डारीले भने, ‘सामाजिक रूपमा सिर्जना भएको समस्याको प्राविधिक तरिकाले मात्र उपचार हुँदैन । त्यसको सामाजिक समाधान पनि खोजिनुपर्छ भन्ने स्थानीयको धारणा छ । त्यसकारण यसमा के–कसो गर्न सकिन्छ यहाँ आएका विषय त्यसलाई माइन्युट गरेर माथिल्लो निकायमा पठाइदिन्छौँ ।’

कार्याालय प्रमुख भण्डारीले विकास निर्माणको काममा जनताले आफ्नो अपनत्व ग्रहण गर्ने गरी निर्माण गरौँ भन्ने आफुहरुको मनसाय रहेको बताएका थिए । ‘किनभने जुनसुकै निर्माण गर्दाखेरि पनि स्थानीयले अपनत्व ग्रहण गरेनन् भने त्यसले बिस्तारै समाजमा नकारात्मक प्रभाव फैलाउन सक्छ । त्यसकारण राज्यको पाई–पाई खर्च गरिएको विकास निर्माणको काममा जनताको अपनत्व पनि ग्रहण हुनुपर्छ भन्ने हाम्रो भनाइ हो’, उनले भने ।

कार्यक्रममा बोल्दै डुडुवा गाउँपालिकाका–५ का वडाध्यक्ष झंकबहादुर थापा, सकिर खाँले थप संरचना निर्माण नभए अहिले बनिरहेको पुलको औचित्य नरहने बताएका थिए ।

राप्तीसोनारी वडा नं. ६ वडाध्यक्ष लवराज खरेलले यसअघि पुल निर्माणका लागि आवाज उठाएपनि केन्द्रसम्म पुर्याउन नसकिएको बताएका थिए । ‘आज हामीले हाम्रा वडावासीहरूको पीडा र मागका बारेमा पुनः बोल्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘हामीले देखेका छौँ, २०७१ साल र २०७४ सालको बाढी । बाढी गाउँमा पस्दै गर्दा नजिकै भएर बुबाआमाले आफ्ना बच्चाहरूलाई काखमा लिएर आफूले जीवनभर कमाएको सम्पत्ति बग्दै गरेको निरीह भएर हेर्नुपरेको त्यो पीडा आज पनि हाम्रो स्मरणमा ताजा छ । त्यो कुरा सम्झँदा आज पनि मन भारी हुन्छ ।’ उनले त्यसैले प्राविधिक रूपमा माग गरेको ४ सय ४० मिटर थप पुल निर्माण गर्नुपर्ने र त्यसका पर्याप्त आधारहरू रहेको बताए ।

‘२०६५÷६६ सालमा सञ्चालनमा आएको पुल आज २० वर्ष नपुग्दै जाम हुने अवस्थामा पुगेको छ । भैँसी पनि त्यही बाटो हिँड्ने, टिप्पर पनि त्यही बाटो हिँड्ने, यति ठूलो नदीजन्य पदार्थ पनि त्यही बाटोबाट ओसारपसार हुने र बगौडा क्षेत्रको सम्पूर्ण आवतजावत पनि यही बाटोमा निर्भर हुने भएकाले अहिलेको पुल अपर्याप्त छ’, वडाध्यक्ष खरेलले भने । उनले अब बन्ने पुल दीर्घकालीन आवश्यकता र भविष्यको जनसंख्यालाई समेत ध्यानमा राखेर निर्माण गर्न आग्रह गरेका थिए ।

‘रिभर ट्रेनिङ गर्दै गर्दा यहाँ करिब २ सय देखि ३ सय बिघासम्म खेतीयोग्य जमिन जाने अवस्था देखिन्छ’, वडाध्यक्ष खरेलले भने, ‘भोलि जमिन गुमाउने परिवारहरूको अवस्था के हुन्छ ? जसले ३०–३५ सालदेखि आफ्नो परिवार पाल्नका लागि यही खेतीयोग्य जमिनमा आफ्नो नङ्ग्रा खियाएर जीवन गुजारेको छ, यसको जवाफ राज्यले दिनुपर्छ ।’

भेलामा सहभागी स्थानीयले राप्तीले आफ्ना खेतहरु बगर बनाएपछि त्यसमा तरकारी, खरबुजा लगायतका खेतीपाती गरेर जीवनयापन गर्दै आएकोमा तटबन्धले जग्गा पोखरी बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुले पुल पूर्ण रुपमा निर्माण नभए सञ्चालन गर्न नदिने चेतावनी समेत दिएका थिए ।

कार्यक्रममा प्रदेश सांसद मिना श्रेष्ठ, प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, स्थानीयवासी प्रदीप पौडेल, लक्ष्मी थारु, कर्ण मल्ल, लाल बहादुर थापा, नारायण बहादुर बस्नेत लगायतले पुलको लम्बाइ बढाउनु पर्ने बताएका थिए ।

Previous Post

उत्कर्षमा जसपा लुम्बिनी विवाद

Next Post

नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

Next Post
नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

September 10, 2026
नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

September 10, 2026
राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब

राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब

September 10, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

उत्कर्षमा जसपा लुम्बिनी विवाद

September 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version