For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

byDainik Nepalgunj
September 10, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा
Share on FacebookShare on Twitter

नेपालमा १७ वर्षसम्मका २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले युनिसेफ नेपालको प्राविधिक सहयोगमा तयार पारेको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल, २०२६’ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार सन् २०२४–२५ मा ८०.२ प्रतिशत बालबालिका कम्तीमा एक प्रकारको वञ्चितीकरणमा परेका छन् भने ५१.६ प्रतिशत बालबालिका एकैपटक दुई वा सोभन्दा बढी प्रकारको वञ्चितीकरणबाट प्रभावित छन् । तीन वा सोभन्दा बढी आयाममा वञ्चित बालबालिकालाई बहुआयामिक रूपमा वञ्चित मानिएको छ ।

बहुआयामिक रूपमा वञ्चित २१.४ प्रतिशत बालबालिकाले औसतमा ४६.९ प्रतिशत आयाममा वञ्चितीकरण भोगिरहेको प्रतिवेदनमा उल्लेख छ । यस आधारमा नेपालको बालबालिकाको बहुआयामिक वञ्चिति सूचकांक (ः०) ०.१०० रहेको छ ।

नेपाल बहुसूचक सर्वेक्षणका सन् २०१४, २०१९ र २०२४–२५ का तथ्याङ्कलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनले पछिल्लो एक दशकमा बालबालिकाको आधारभूत सेवा तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भएको देखाएको छ ।

खानेपानी, सरसफाइ र स्वास्थ्यमा सुधार

अस्वस्थ खानेपानी प्रयोग गर्ने बालबालिकाको अनुपात सन् २०१४ मा ७ प्रतिशत रहेकामा २०२४–२५ मा १.९ प्रतिशतमा झरेको छ । त्यस्तै, सरसफाइको सुविधा नभएका बालबालिकाको अनुपात ३२.५ प्रतिशतबाट घटेर ९ प्रतिशतमा पुगेको छ ।

कच्ची भुईँ भएका घरमा बस्ने बालबालिकाको अनुपात पनि ७२.५ प्रतिशतबाट घटेर ४३.७ प्रतिशत भएको छ । विद्युत् पहुँच नभएका बालबालिकाको अनुपात १८.६ प्रतिशतबाट घटेर ३.८ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

झाडापखाला लाग्दा उपचार नपाउने बालबालिकाको अनुपात ५२.८ प्रतिशतबाट घटेर ७.९ प्रतिशत भएको छ । दक्ष स्वास्थ्यकर्मीको सहायता बिना जन्म हुने बालबालिकाको अनुपातसमेत ४३.६ प्रतिशतबाट घटेर ८.८ प्रतिशतमा आएको छ । पूर्ण खोप नपाउने बालबालिकाको अनुपात सन् २०१९ को २९.८ प्रतिशतबाट घटेर २०२४–२५ मा १०.५ प्रतिशत भएको छ ।

पोषण अझै प्रमुख चुनौती

आधारभूत सेवा र पूर्वाधारमा सुधार भए पनि बाल पोषणको अवस्था भने चुनौतीपूर्ण रहेको प्रतिवेदनले देखाएको छ । सन् २०२४–२५ मा ६ देखि २३ महिनाका ६०.७ प्रतिशत बालबालिकाले न्यूनतम स्वीकार्य आहार प्राप्त गर्न नसकेको पाइएको छ ।

त्यस्तै, पाँच वर्षमुनिका २६.२ प्रतिशत बालबालिका पुड्कोपन र ६.६ प्रतिशत दुब्लोपनबाट प्रभावित छन् ।

बालबालिकाको वञ्चितीकरणमा आर्थिक तथा सामाजिक असमानताको ठूलो प्रभाव रहेको प्रतिवेदनले देखाएको छ । अति विपन्न २० प्रतिशत घरपरिवारका बालबालिका सबैभन्दा बढी वञ्चित अवस्थामा छन् ।

२०२४–२५ मा आवास आयाममा अति विपन्न वर्गका ९८.८ प्रतिशत बालबालिका वञ्चित रहेकोमा अति सम्पन्न वर्गमा यस्तो अनुपात ११.७ प्रतिशत मात्रै रहेको छ ।

त्यस्तै, आमाको शैक्षिक स्तरले पनि बालबालिकाको अवस्थासँग प्रत्यक्ष सम्बन्ध देखाएको छ । निरक्षर आमाका बालबालिकामा स्वास्थ्यसम्बन्धी वञ्चितीकरण २४.१ प्रतिशत रहेकोमा उच्च शिक्षा हासिल गरेका आमाका बालबालिकामा यस्तो वञ्चिति ५.६ प्रतिशत मात्रै रहेको छ ।

कर्णाली र मधेशमा बढी समस्या

प्रदेशगत रूपमा बालबालिकाको वञ्चितीकरणमा ठूलो असमानता देखिएको छ । कर्णाली प्रदेशमा आवाससम्बन्धी वञ्चितीकरण ८७.६ प्रतिशत र खानेपानीसम्बन्धी वञ्चितीकरण ७.३ प्रतिशत रहेको छ ।

मधेश प्रदेशमा सूचना तथा सञ्चारसम्बन्धी वञ्चितीकरण ६२.६ प्रतिशत, पोषण ५०.६ प्रतिशत, शिक्षा २० प्रतिशत र स्वास्थ्य १८.१ प्रतिशत रहेको छ । यीमध्ये अधिकांश सूचक राष्ट्रिय औसतभन्दा उच्च छन् । यसको विपरीत बागमती र गण्डकी प्रदेशमा विभिन्न आयामको वञ्चितीकरण राष्ट्रिय औसतभन्दा कम रहेको प्रतिवेदनले देखाएको छ ।

बालक र बालिकाबीचको वञ्चितीकरणमा भने ठूलो लैङ्गिक अन्तर देखिएको छैन । सरसफाइमा बालकको वञ्चितीकरण २२.७ प्रतिशत र बालिकाको २३.६ प्रतिशत रहेको छ । प्रतिवेदनले बाल वञ्चितीकरणमा लैङ्गिक भिन्नताभन्दा भौगोलिक, सामाजिक–आर्थिक तथा शैक्षिक असमानता प्रमुख कारक रहेको निष्कर्ष निकालेको छ ।

जन्मदर्ता र बालश्रमसँग पनि सम्बन्ध

जन्मदर्ता नभएका बालबालिकामा शिक्षा आयामको वञ्चितीकरण २१.९ प्रतिशत रहेको छ भने जन्मदर्ता भएका बालबालिकामा यस्तो अनुपात १०.८ प्रतिशत मात्रै छ ।

बालश्रममा संलग्न बालबालिकामा समेत वञ्चितीकरणको अवस्था उच्च देखिएको छ । आर्थिक रूपमा सक्रिय बालबालिकामा आवाससम्बन्धी वञ्चितीकरण ७०.२ प्रतिशत र सूचना तथा सञ्चारसम्बन्धी वञ्चितीकरण ५८.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

लक्षित लगानी र एकीकृत कार्यक्रमको सुझाव

प्रतिवेदनले बालबालिकाको वञ्चितीकरण घटाउन राष्ट्रिय औसत सुधारमा मात्रै केन्द्रित नभई अति विपन्न, ग्रामीण तथा पछाडि परेका समुदायलाई लक्षित गरी स्रोत विनियोजन गर्न सुझाव दिएको छ ।

कर्णाली र मधेशका विशिष्ट समस्या समाधानका लागि प्रदेशकेन्द्रित बहुक्षेत्रीय कार्यक्रम सञ्चालन गर्नुपर्ने, ६ देखि २३ महिनाका बालबालिकाको पोषण सुधारका लागि शिशु तथा बाल आहार कार्यक्रम विस्तार गर्नुपर्ने र मातृ शिक्षा तथा बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनको सुझाव छ ।

स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, पोषण र बाल संरक्षणलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइएको छ । साथै बालबालिकासम्बन्धी खण्डीकृत तथ्याङ्क नियमित रूपमा उपलब्ध गराउन र बहुआयामिक वञ्चितीकरणको लघुक्षेत्र अनुमान गरी विभिन्न सरकारी अनुदानसँग आबद्ध गर्न सुझाव दिइएको छ ।

Previous Post

राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब

Next Post

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

Next Post
लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

September 10, 2026
नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

नेपालमा २१.४ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

September 10, 2026
राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब

राप्तीनदी पुलको लम्बाई बढाउन स्थानीयको दबाब

September 10, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

उत्कर्षमा जसपा लुम्बिनी विवाद

September 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version