For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा गरिबीको असमानता

byDainik Nepalgunj
October 2, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा गरिबीको असमानता
Share on FacebookShare on Twitter

बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था निकै असमान रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुगमन तथा गरिबी र अपाङ्गतासम्बन्धी अध्ययन प्रतिवेदनअनुसार जिल्लाको नरैनापुर गाउँपालिकामा गरिबीको दर ५० प्रतिशतभन्दा बढी छ भने बैजनाथ र कोहलपुरमा यो दर १६ प्रतिशतभन्दा कम छ । बिहीबार नेपालगन्जमा आयोजित प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नरैनापुर गाउँपालिकामा गरिबीको दर ५०.३३ प्रतिशत रहेको छ । गाउँपालिकामा २१ हजार ७ सय ४३ जना गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ ।

बाँकेमा नरैनापुरपछि डुडुवा गाउँपालिकामा ३१.८९ प्रतिशत, राप्तीसोनारी गाउँपालिकामा ३०.९६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा २९.८५ प्रतिशत गरिबी रहेको पाइएको छ ।

डुडुवा गाउँपालिकामा १३ हजार ७ सय ५७, राप्तीसोनारीमा २० हजार ५ सय ७२ र नेपालगन्ज उपमहानगरपालिकामा ४९ हजार ८७ जना गरिबीको रेखामुनि रहेका छन् ।

त्यस्तै खजुरा गाउँपालिकामा १८.३९ प्रतिशत गरिबी रहेको छ । त्यहाँ गरिबीको रेखामुनि रहेको जनसंख्या ११ हजार ५ सय ४५ रहेको छ । जानकी गाउँपालिकामा १७.६६ प्रतिशत गरिबी रहेको र गरिबीको रेखामुनि ८ हजार १ सय ५१ जना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कोहलपुर नगरपालिकामा १५.८४ प्रतिशत र बैजनाथ गाउँपालिकामा १५.१३ प्रतिशत गरिबीको दर रहेको छ । कोहलपुरमा १६ हजार १ सय २ र बैजनाथमा १० हजार ५ सय ८ जना गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ । बाँकेका पालिकामध्ये गरिबीको दर सबैभन्दा बढी नरैनापुरमा र सबैभन्दा कम बैजनाथमा देखिएको छ । एउटै जिल्लाका स्थानीय तहबीच गरिबीको दरमा ३५ प्रतिशतभन्दा बढीको अन्तर देखिनुले जिल्लाभित्र आर्थिक अवसर, रोजगारी, उत्पादन, आयआर्जन तथा सामाजिक सुरक्षाको पहुँचमा रहेको असमानतालाई देखाएको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

जिल्लाको प्रमुख व्यापारिक तथा सहरी केन्द्र नेपालगन्ज उपमहानगरपालिकामा समेत गरिबीको अवस्था उल्लेख्य देखिएको छ । प्रतिवेदनअनुसार नेपालगन्जमा २९.८५ प्रतिशत गरिबी रहेको छ । प्रतिशतका हिसाबले नेपालगन्ज नरैनापुर, डुडुवा र राप्तीसोनारीपछि चौथो स्थानमा रहे पनि गरिबीको रेखामुनि रहेको जनसंख्याको संख्याका आधारमा भने नेपालगन्जमा ठूलो संख्या देखिन्छ । उपमहानगरपालिकामा मात्रै ४९ हजार ८७ जना गरिबीको रेखामुनि रहेका छन् । यसले गरिबीको दर र गरिब जनसंख्याको संख्या एउटै विषय नभएको तथ्यलाई पनि स्पष्ट पार्छ । ठूलो जनसंख्या भएको स्थानीय तहमा गरिबीको प्रतिशत तुलनात्मक रूपमा कम देखिए पनि गरिब नागरिकको वास्तविक संख्या ठूलो हुन सक्ने देखिन्छ । नेपालगन्जजस्तो व्यापारिक तथा सहरी केन्द्रमा समेत करिब ३० प्रतिशत गरिबी देखिनुले सहरी विकाससँगै आर्थिक रूपमा पछाडि परेका समुदायलाई लक्षित कार्यक्रम आवश्यक रहेको तथ्याङ्कले देखाएको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

बाँकेको स्थानीय तहगत तथ्याङ्कमा सबैभन्दा बढी ध्यान नरैनापुर गाउँपालिकाको अवस्थाले तानेको छ । गाउँपालिकामा आधाभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कले त्यहाँ गरिबी न्यूनीकरणका लागि लक्षित कार्यक्रमको आवश्यकता देखाएको छ । नरैनापुरको ५०.३३ प्रतिशत गरिबी दर जिल्लाका अन्य स्थानीय तहभन्दा निकै बढी छ । सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि, रोजगारीको अवसर, उत्पादन तथा आयआर्जनका सम्भावना र सामाजिक सेवामा पहुँचलगायतका विषयलाई गरिबी न्यूनीकरणसँग जोडेर हेर्नुपर्ने आवश्यकता तथ्याङ्कले देखाएको छ । डुडुवा र राप्तीसोनारीमा पनि गरिबीको दर ३० प्रतिशतभन्दा माथि छ । यसले बाँकेमा गरिबी न्यूनीकरणका कार्यक्रम एउटै ढाँचामा नभई स्थानीय तहको अवस्था र आवश्यकताअनुसार सञ्चालन गर्नुपर्ने देखाउँछ ।

नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा २०.२७ प्रतिशत अर्थात् करिब ६० लाख जनसंख्या गरिबीको रेखामुनि रहेको छ । कुल घरपरिवारमध्ये १६.७ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रदेशगत रूपमा गरिबीको अवस्था पनि निकै फरक रहेको छ । सुदूरपश्चिममा ३४.१६ प्रतिशत, कर्णालीमा २६.६९, लुम्बिनीमा २४.३५, मधेशमा २२.५३, कोशीमा १७.१९, बागमतीमा १२.५९ र गण्डकीमा ११.५८ प्रतिशत गरिबी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यसअनुसार लुम्बिनी प्रदेशमा नेपालको औसतभन्दा बढी गरिबी रहेको देखिन्छ ।
प्रतिवेदनले गरिबीको दर र गरिब जनसंख्याको आकारलाई एउटै रूपमा बुझ्न नहुने देखाएको छ । गरिबीको दर सबैभन्दा बढी सुदूरपश्चिममा भए पनि गरिब व्यक्तिको संख्या भने ठूलो जनसंख्या रहेको मधेश प्रदेशमा बढी रहेको तथ्याङ्कले देखाएको छ । जिल्लागत तथ्याङ्कमा नेपालमा गरिबीको दर ५.६३ प्रतिशतदेखि ४९.५८ प्रतिशतसम्म रहेको छ । अछाममा ४९.५८ प्रतिशत गरिबी रहेको छ भने कास्कीमा ५.६३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनीमा पनि पालिकागत असमानता
लुम्बिनी प्रदेशमा गरिबीको दर २४.३५ प्रतिशत रहेको छ । प्रदेशका जिल्लामा गरिबीको दर १५.१५ प्रतिशतदेखि ३९.९७ प्रतिशतसम्म रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रदेशमा बर्दियामा गरिबीको दर सबैभन्दा बढी र रूपन्देहीमा सबैभन्दा कम रहेको जनाइएको छ । बाँकेको गरिबी दर प्रदेशभित्र छैटौँ स्थानमा रहेको कार्यक्रममा जानकारी दिइएको थियो । स्थानीय तहमा पुग्दा गरिबीको अन्तर अझ फराकिलो देखिन्छ । देशभरका स्थानीय तहमा गरिबीको दर १.१८ प्रतिशतदेखि ७७.८९ प्रतिशतसम्म रहेको छ । लुम्बिनी प्रदेशमा पालिकागत गरिबीको दर ४ प्रतिशतदेखि ६४ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले गरिबीलाई केवल आम्दानीसँग जोडेर हेर्न नहुने अर्को महत्वपूर्ण पक्ष पनि उजागर गरेको छ । नेपालमा करिब १७ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेको अवस्थामा करिब २४ प्रतिशत घरपरिवारमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । अपाङ्गता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा आयआर्जनका अवसरमा भोग्ने अवरोधले परिवारको आर्थिक अवस्थामा समेत प्रभाव पार्ने देखिएको छ । लुम्बिनी प्रदेशमा मात्रै ३ लाख ८३ हजार ३ सय ४ घरपरिवारमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी वक्ताहरूले तथ्याङ्क संकलन गरेर मात्र नहुने भन्दै त्यसलाई नीति निर्माण र योजना कार्यान्वयनमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अपाङ्गताले परिवारमा पीडा सिर्जना गरेको भन्दै अपाङ्गतासम्बन्धी तथ्याङ्क नीति निर्माण गर्ने तहसम्म पु¥याउनुपर्ने बताए । तथ्याङ्कका आधारमा योजना बनाउन सके लक्षित वर्गसम्म कार्यक्रम पु¥याउन सहज हुने उनको भनाइ थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले तीनै तहका सरकारले तथ्याङ्कमा आधारित भएर गरिबी निवारणका लागि काम गर्नुपर्ने बताए । उपलब्ध तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले तथ्याङ्कको उपयोग र नीति निर्माणमा प्रयोग नभए तथ्याङ्क संकलनमै सीमित हुने बताए । सरोकारवाला निकायले नीति र योजना बनाउँदा तथ्याङ्कलाई आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
बौद्धिक अपाङ्गता अभिभावक सङ्घ बाँकेका अध्यक्ष गोकर्ण आचार्यले अपाङ्गतासम्बन्धी तथ्याङ्कलाई आधार बनाएर उनीहरूको हितमा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुने योजना सरकारले ल्याउनुपर्ने बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले तथ्याङ्क सङ्कलनको मुख्य उद्देश्य नै नीति निर्माणमा प्रयोग होस् भन्ने रहेको बताए । पछिल्लो समय तथ्याङ्कको माग र प्रयोग बढिरहेको उल्लेख गर्दै उनले तथ्याङ्कलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

Previous Post

इतरकांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन

Next Post

पत्रकार महासंघ बाँकेले सदस्यता विवरण सार्वजनिक गर्ने

Next Post
सञ्चार नीति बनाउ

पत्रकार महासंघ बाँकेले सदस्यता विवरण सार्वजनिक गर्ने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त

क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त

October 2, 2026
से फोक्सुण्डो यात्रा–२

से फोक्सुण्डो यात्रा–२

October 2, 2026
भेरी अस्पताल अध्यक्षमा सिग्देल नियुक्त

भेरी अस्पताल अध्यक्षमा सिग्देल नियुक्त

October 2, 2026
सञ्चार नीति बनाउ

पत्रकार महासंघ बाँकेले सदस्यता विवरण सार्वजनिक गर्ने

October 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version