नेपाली काँग्रेस (शेर बहादुर देउवा पक्षधर) को बाँके अधिवेशनले प्रमोद कुमार श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको छ ।
श्रेष्ठको सभापतित्वमा चयन भएको कार्यसमितिमा उपसभापति सचिन्द्रकुमार चौधरी, धर्मराज सुनार, सचिव ललितकुमार रौनियार, निमबहादुर चलाउने, सहसचिव मोहम्मद कमाल अन्सारी र गोविन्द खत्री रहेका छन् ।





























