For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

सडक दुर्घटनाको डरलाग्दो तथ्य !

byDainik Nepalgunj
March 20, 2024
in विचार
0 0
0
दाङमा जीप पल्टिँदा एकको मृत्यु
Share on FacebookShare on Twitter

शुक्रऋषि चौलागाई

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । यस्तै हिजै पश्चिम दाङमा यात्रुवाहक जिप पल्टिँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको जिप भाङाबारी नजिकै उकालोमा पल्टिँदा सातजना घाइते भएका थिए । दिनहुँजस्तै यस्ता दुर्घटनाबाट जनधनको क्षति हुने गरेको छ ।

दुई महिनाअघि यात्रुवाहक बस भालुवाङको पुलबाट तल राप्ती नदीमा खस्यो । नेपालगञ्जदेखि काठमाडौँ गइरहेको उक्त बस राति १० बजेतिर एक्कासि पुलको रेलिङ भत्काउँदै तल खसेको थियो । बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो भने २० जना घाइते भए । घाइतेहरुको उद्धार गर्न नै दुई घण्टा लाग्यो ।

यस्तै एक महिनाअघि महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिकाको सुरईमा दुर्घटनामा प¥यो । राम्रै अवस्थाको बाटोमा भएको दुर्घटनामा पनि १० जनाको मृत्यु भयो । त्यसअघि पाल्पाको मस्याममा पनि जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । १३ जना मात्र चढ्न मिल्ने जिपमा २६ जना चढेको पाइएको प्रहरीले बताएको थियो । क्षमताभन्दा अधिक भार र कच्ची बाटो नै दुर्घटनाको मुख्य कारण रहेको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीले जनायो । माथिका दुई दुर्घटना भने तीव्र गतिकै कारण भएको पनि प्रहरीको प्रतिवेदन छ । 

यी प्रतिनिधिमूलक सवारी घटना हुन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि अनेक प्रयास गरिरहे पनि दिनहुँजसो दुर्घटना भइरहेका छन् । सडक, चोकलगायत विभिन्न स्थानमा ट्राफिक प्रहरीले जाँच गरिरहँदा पनि सवारी चालकले क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा गुडाउने र ट्राफिक नियम मिच्ने गरिरहेका छन् । राजमार्गमै त यस्ता घटनाहरु भइरहेका छन्भने ग्रामीण सडक÷बाटोहरुमा चल्ने सवारी साधनहरुको अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ ।  

देशभरमा कहीँ न कहीँ हरेक दिन साना–ठूला दुर्घटना भइरहेका छन् । ती दुर्घटनामा ठूलो जनधनको क्षति पनि भइरहेको छ तर पनि राज्य आफ्ना नागरिकको अनाहकमा ज्यान गइरहँदा पनि गम्भीर बनिरहेको पाइएको छैन । सवारी दुर्घटना किन र कसका कारण, कसरी भइरहेको छ रु दुर्घटनाको वास्तविकता के हो रु भन्नेसम्म पत्ता लगाउन कसैले जरुरी ठानेको देखिँदैन । जबकि दुर्घटनापछि अध्ययन÷अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय, क्षतिपूर्ति दिन सक्नुपथ्र्यो । दुर्घटनाको वास्तविकता पत्ता लगाई न्यूनीकरणका लागि दीर्घकालीन रणनीति र योजना बनाउन कस्सिनुपथ्र्यो । तर सरकारले त्यसमा कुनै प्रभावकारी कदम नै चालेको छैन ।

सरकारले दुर्घटना न्यूनीकरणका लागि कस्तो मार्गमा कस्ता प्रकृतिका गाडी गुड्न दिने, कति सङ्ख्यामा गुडन दिने भन्ने स्पष्ट मापदण्ड नै बनाएको छैन । सवारी साधनको भार÷क्षमताको नियमन गर्ने कुनै निकाय नै छैन । अहिलेसम्म सो को आवश्यकता पनि महसुस गरिएको छैन । जबकि भार बढी भएमा सडक कमजोर भई दुर्घटना निम्तिने हुन्छ । दुर्घटनालाई केवल दुर्घटना वा भवितव्य घटनाका रुपमा मात्र लिइनु मूर्खता हो । कुनै दुर्घटनाका पछाडि गम्भीर कारण हुन्छन् । कहीँ न कहीँ कसै न कसैको धेरथोर लापरबाही र कमजोरीकै कारण दुर्घटना वृद्धि भइरहेका छन्, हुन्छन् । 

सडक दुर्घटनामा लुम्बिनी प्रदेशमा २०७७ देखि अहिलेसम्म एक हजार आठ सय ६१ जनाको ज्यान गएको छ । सो अवधिमा भएका सडक दुर्घटनामा तीन हजार छ सय ८९ जना गम्भीर घाइते भएका छन्भने दुई हजार दुई सय ७७ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीको पछिल्लो तथ्याङ्कअनुसार चारवर्षे अवधिमा चार हजार १२ वटा सवारी दुर्घटना भएका छन् । सबैभन्दा बढी दुर्घटना र मृत्यु रुपन्देहीमा भएको तथ्यले देखाएको छ । ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । तीव्र गति र मापसेकै कारण अधिकांश दुर्घटना भएको पनि प्रहरीको भनाइ छ । यी सबै तथ्यले प्रस्ट देखाउँछ–दुर्घटनासँगै ज्यान जाने र घाइते हुनेको सङ्ख्यामा कुनै कमी आएको छैन । 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परी १२ हजार छ सय १२ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा मात्र ३५ हजार सात सय ५४ वटा सडक दुर्घटनाका घटना भएका छन् । सडक दुर्घटनामा ज्यान गुमाउनेको पछिल्लो तथ्याङ्कअनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्याभन्दा सो अवधिमा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । अर्थात् द्वन्द्वमा दैनिक ज्यान गुमाउनेको दरभन्दा दुर्घटनामा ज्यान गुमाउनेको दर बढी छ । 

सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजार पाँच सयभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरूको आरोप छ । सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएकोे छ । नेपालमा सवारी साधनको सङ्ख्याका हिसाबले दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको सङ्ख्या धेरै रहेको छ तर मानवीय क्षति धेरै गराउने सवारी साधनमा भने यात्रुवाहक सवारी साधनको सङ्ख्या धेरै रहेको छ । प्रहरीेको अध्ययनमा पाँच कारणले सडक दुर्घटना भएको औँल्याइएको छ— चालक, सवारी साधन, सडक पूर्वाधार, यात्रु र मौसमका कारण । यसमा पनि चालक र सवारी साधनका कारण भएको दुर्घटना अधिक भएको देखिन्छ । 

नेपालमा लगभग एक लाख किलोमिटर सडक छन् । यस्ता सडकहरू कति सुरक्षित छन् भनेर हेर्ने निकाय नै छैन । सडक विभाग सानो क्षेत्रमा मेरो सडक भनेर बस्ने, प्रदेश र स्थानीय तह आफ्नो क्षेत्रको सडक र त्यसको सुरक्षाबारे आपसी समन्वय र उत्तरदायी नबन्दा दुर्घटना दोहोरिइरहेका छन् । संसारमा सडक दुर्घटनामा सबैभन्दा ठूलो मृत्युको कारण तीव्र गति देखिएको छ । कूल दुर्घटनामा ४० देखि ५० प्रतिशत मृत्यु तीव्र गतिकै कारण भएको छ । नेपाल जस्तो मुलुकमा सडक दुर्घटना बढ्नुमा दुईपाङ्ग्रे सवारी साधन धेरै हुनु हो । नेपालमा दर्ता भएका कूल सवारी साधनमा ८० प्रतिशत सवारी साधन दुईपाङ्ग्रे छन् र यसका प्रयोगकर्ता सुरक्षाका मामलामा कमजोर छन् । यसले दुर्घटना निम्त्याइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु, साँघुरो सडक त्यसमाथि जीर्ण अवस्था, अपरिपक्व र अदक्ष चालक, सवारी साधनको नियमन गर्ने निकायको अभाव, सडक सङ्केतको अभाव, यातायात व्यवसायी समितिको सिण्डिकेट आदि पनि दुर्घटनाका कारण मान्न सकिन्छ । बनेका कानुन नियमको पूर्ण पालना छैन । कुन मार्गमा कस्ता गाडीहरु चल्न दिने त्यसको यकिन मापदण्ड नै बनाइएको छैन । यातायात व्यवसाय समिति, यातायात व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा छ । यात्रुलाई सेवासुविधा दिनेतर्फ सम्बन्धित निकाय र सरकारको ध्यान छैन ।

भौगोलिक विकटतासँगै साँघुरा र अव्यवस्थित मार्गहरु छन् । कच्चीबाटो छ । खोला नदीमा पुल पुलेसा छैन्न् । गाडी हाँकिरहेका बेला मोवाइल फोन चलाउनु, थोत्रा र पुराना गडी हुनु, यात्रुको चापअनुसारको सवारी साधन नहुनु, अगाडिका गाडीलाई उछिन्न खोज्नु या  अगाढि जान खोज्नेलाई ठाउँ नदिनु, क्षमताभन्दा बढता यात्रु र सामग्री राख्नु, सवारी साधनको मर्मत नगर्नु, तीव्र गतिमा कुदाउनु, मदिरा सेवन गरी चलाउनु, अदक्ष सहयोगी, मालिक, कन्डक्टरले गाडीले चलाउनु, यात्रुहरुले पनि ट्राफिक व्यवस्थालाई सम्मान नगर्नु, जहाँतहींबाट बाटो काट्नु, पैसा खुवाएर लाइसेन्स ल्याउनु, पर्याप्त सवारी साधान नभएर बाध्य भएर चढ्नु पनि दुर्घटना बढावाका प्रमुख कारण हुन् । 

ट्राफिक प्रहरीले नियम मिच्ने चालकलाई कारबाही पनि गरेको छ तर पनि सडक दुर्घटना बढ्दै गएको देखिन्छ । पछिल्लो समय प्रहरीले ट्राफिक सचेतनाका अभियान पनि बढाएको छ । दुर्घटनालाई पूर्णतयाः रोक्न नसकिए पनि क्षति कम गर्न भने सकिन्छ । सरोकारवाला निकायले कुनै पनि दुर्घटना हुनेबित्तिकै छानबिन गरी वास्तविकता सार्वजनिक गर्ने र समस्या समाधानको हल गर्ने प्रयास गर्नुपर्छ । दुर्घटना न्यूनीकरणका उपायबारे नीति बनाई कार्यान्वयन गरिनुपर्छ । ऐन विपरीत सवारी चलाइएको छ कि छैन रु दिनहुँ अनुगमन गर्ने व्यवस्था मिलाइन जरुरी छ । सडकको अनुशासन र गुणस्तरबारे चालक, यातायात व्यवसायी र सहयोगीलाई बुझाउन जरुरी छ । ट्राफिक सचेतना अभियानका कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्छ । 

सडक दुर्घटना राज्यको समस्या हो । नागरिक दुर्घटनामा पर्दा राज्यलाई दुख्दैन र त्यो जसलाई प¥यो, उसैले भोग्ने हो भन्ने अवस्था रहेसम्म सडक दुर्घटना रोकिन्न । तथापि, सडक प्रयोगकर्ता, सडकका चालक, यात्रु आफैँ पनि सचेत हुन भने जरुरी छ । जनताको जीउधनको सुरक्षा गर्ने जम्मेवारी राज्यको हो, त्यो दायित्वबाट राज्य कुनै पनि बहानामा पञ्छिन मिल्दैन । ९लेखक नेपालगञ्जमा क्रियाशील पत्रकार हुनुहुन्छ० 
Previous Post

शिक्षा क्षेत्रका बिकृती, अदालती आदेश र राज्यको दायित्व

Next Post

नेपाली क्रिकेट टोलीको घोषणा

Next Post
नेपाली क्रिकेट टोलीको घोषणा

नेपाली क्रिकेट टोलीको घोषणा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन परिणाम आउँदै, देशभर रास्वपाको अग्रता

March 6, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँके : क्षेत्र नं. १, ३ मा रास्वपा, २ मा एमालेको अग्रता

March 6, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

March 6, 2026
बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version