For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

भ्रमपूर्ण विज्ञापन बन्द गरौ, गुणस्तरियता बस्तु तथा सेवामा जिम्मेवार बनौ

byDainik Nepalgunj
May 1, 2024
in विचार
0 0
0
भ्रमपूर्ण विज्ञापन बन्द गरौ, गुणस्तरियता बस्तु तथा सेवामा जिम्मेवार बनौ
Share on FacebookShare on Twitter

आज भोली बजारमा गुणस्तरियता भन्दा ज्यादा बढाई चढाई गरेर बस्तु तथा सेवाका बिज्ञापन आउने गरेका छन् । यसमा नेपालका साथै कानूनले निषेध गरेका भारतिय अस्पतालका बिज्ञापन समेत बज्ने गरेका छन् । स्वास्थ्य क्षेत्रमा मात्रै होईन अन्य क्षेत्रका बिज्ञापन पनि भ्रामक र कानूनद्धारा निषेधित छन् ।

फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट एवं भ्रमपुर्ण कुराहरुको प्रचार प्रशार भैरहेको छ । यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर जोडतोडले प्रचार गर्ने गरिएको छ । फलफूलको वास्ना र चिनी मिसाएर लेवल लगाईएका झोललाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याई किनेर खाने गर्दछौ । ठण्डा दिमाखले सोचौ त फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ ? बिल्कूल सक्दैन । फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् । फलफुलको फ्लेवर लगाई कमसल उत्पादनलाई पनि राम्रो भनी उपभोक्ता ठग्ने काम उत्पादकहरुले गरीरहेका छन् । हामी उपभोक्ता पनि गुणस्तरमा ध्यानै नदिई खरिद गरिरहेका छौ । चिनीको गुलियोमा भुलेर मिठो मानेर खाईरहेका छौ ।

टिभिमा आउने बिज्ञापनमा उम्लेको दुधको पोष्टिक तत्व हर्लिक्सले पुर्ति गर्छ भन्छन् । जुस र ड्रिङ्कले बलवान र शक्ति दिने कुरा गर्दछन् । पेय पदार्थ डियु खाएर पहाडका ठुला ठुला ढुंगालाई छल्दै मोटरसाईकल कुदाउन सकिने शक्ति प्राप्त हुने उनी उत्पादकले भ्रम फैलाईरहेका छन् ।
हुँदा हुँदा सर्वोच्च अदालतले समेतले निषेध गरेको मदिराको सार्वजनिक स्थान र होटलहरुमा प्रायोजकको रुपमा बोर्ड राखेर खुल्लम खुल्ला बिज्ञापन गर्दा कसैको नजर पुग्न सकेको छैन ।

बिचार गरौ त, के बिज्ञापनमा आउने सबै कुरा सत्य र वास्तविक हुन्छन त ? कदापी हुदैनन । ति त उपभोक्ता तान्न गरिएका आकर्षक ललिपप मात्र हुन । अर्को हिसावले भन्दा ग्राहक ठग्ने माध्याम बनेका छन् । टेलिभिजनमा हर्लिसको एउटा विज्ञापन आउँछ । ‘दुध उम्ले पछि पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’ “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन ? त्यसैले हर्लिक्स खुवाउनुस, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने यस्ता बिज्ञापनले मानिसलाई बेकुव बनाउने र घरमा उब्जाउ भएका पौष्तिकयुस्त बस्तुको प्रयोगमा निरुत्साहित गर्ने खालका छन् ।

आफ्नो खेतवारीमा उत्पादन भएको जौ, कमैकोे सातु महंगो हर्लिक्स भन्दा कैयौ गुणा स्वास्थबर्धक पौष्टिकयुक्त मानिन्छ । तर मानिसहरु आकर्षक बिज्ञापनका कारण हलिक्स, वनबिटा जस्ता रेडिमेट खाद्य बस्तहरु आफ्ना बच्चाबच्चीलाई खुवाउने गर्दछन् । टेलिभिजनमा आउने हलिक्सको बिज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले ‘बालबालिकाको बुद्धि बढाउँछ’ भन्दछन् । कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न त अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ । बच्चालाई घरमा नै बनाइएका दाल, भात, रोटी, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ राख्न मद्धत गर्दछ । कुनै खास खानेकुराले बालबालिकालाई बढी नै बुद्धिमानी बनाउने भए धनी बाउआमाका छोराछोरी बढी नै बुद्धिमान हुनु पर्ने तर वास्तविकतामा त यस्तो देखिएको छैन । बरु रेडिमेट खाद्य बस्तु भन्दा गाउँले उत्पादित खाद्यबस्तु खाएका बच्चाहरु तन्दुरुस्त र स्वस्थ दिमाखमा तेजी देखिएका छन् । उनीहरु नै बलवान देखिएका छन् । बजारीया रेडिमेट खाएकाहरु रोगी र अनावश्यक मोटोपनका शिकार भएका भेटिन्छन् ।

यस्तै भ्रमपूर्ण विज्ञापनका कारण आफुलाई कथित स्माट सम्झने धेरै बाबुआमाले आफ्ना बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी, फलफुल खान प्रेरित नगरेर बाहिरका महंगा र जंगफुट चाउचाउ बिस्कुट, बडगर जस्ता खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ । आफुलाई आधुनिक शहरिया देखाउनैका कतिपयले यस्ता बस्तुहरु बढी नै प्रयोगमा ल्याउने गर्दछन् । यस्ता बस्तुको उपभोगमा आफुलाई ठुलो सम्झन्छन् । घरमा बनाएको खाना खानु भन्दा बजारीया जङ्ग फुट ख्याएकोमा गर्भ गछन् ।

चाउचाउ, बिस्कुट, कुरमुरे लगायतका जंग फुट र कोल्ड ड्रिक लगायतका पेय पदार्थले वालवालिकाको स्वास्थ्यमा राम्रो गर्नु भन्दा बढी नराम्रो गरिरहेका हुन्छन् । बेलामा बुद्धि नपु¥याई घरमा बनाएको खाना भन्दा रेडिमेट उत्पादित खाना दिदा आफना बच्चाहरु बिरामी परेर आज थुप्रै अभिभावकहरु चिन्तित भैरहेका छन् । बच्चालाई स्तनपान नगराई कम उमेरमै बिज्ञापनको भ्रमणमा परि बट्टाका दुध लगायतका बजारीया खाद्य बस्तु ख्याउदा पछि बच्चाको स्वास्थ्य गंभिर असर पारी उपचारका लागी देश बिदेश दौडाउदा पाएको दुःखका कारण मनमनै आफैलाई धिक्कारेका छन् । कलिलै उमेरमा अनावश्यक मोटा, सुगरका रोगी भएकोमा पछि पुछुताईरहेका छन् ।

गुलिया आइसक्रिम, चोखोपन, चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझे पछि दाँतमा केही असर नगर्ने भन्ने किसिमका भ्रमपुर्ण विज्ञापनहरु पनि संचार माध्याममा प्रसस्तै आउने गरेका छन् । यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ । तर यस किसिमका भनाइ बिल्कुलै गलत हुन् । बालबालिकाहरुको दाँतमा चकलेट, केक, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर पार्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।

वास्तवमा भन्ने हो भने कुनै वस्तुको जति बढी विज्ञापन हुन्छ त्यो वस्तु नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ । असली सुनलाई कसि लाउन पर्दैन भने जस्तो राम्रो कुरो त्यसै राम्रो हुन्छ । तर यहाँ त नराम्रो बस्तुलाई बिज्ञापनको माध्यामबाट राम्रो देखाई बिकाउ गरिएको छ । उपभोक्तालाई झुक्याई ठगि गरिएको छ ।

भटमास, कोदो, मकै, चना, जौ, फापर जस्ता वस्तुको विज्ञापन गर्नै पर्दैन । ति बस्तु हाम्रा लागी कति उपयोगी र हितकर छ भन्ने कुरा हामी कसैबाट छिपेको छैन । तर आधुनिकता र अल्छीपनाले गर्दा आज हाम्रा बच्चाहरुको स्वास्थ्य बिगार्नमा हामी आफै जिम्मेवार भैरहेका छौ । हामी आफैले आफ्ना बालबालिकालाई यस्ता बस्तुका परिकार बनाएर दिनुको सट्टा सजिलोको, सहरिया हुनेखाने देखाउनका लागी रेडिमेट खाना दिने गरेका छौ ।

भ्रमपुर्ण विज्ञापनकै प्रभावले गर्दा आज तपाईं हामी बस्तु तथा सेवाका उपभोक्ताहरु जीवनका हरेक पाईला पाईलामा ठगिइरहेका छौ । बस्तुमा मात्र होईन स्वास्थ्य शिक्षा जस्ता सेवामा पनि हामी भ्रमपुर्ण बिज्ञापनका कारण ठगिएका छौ । सेवा गुणस्तरहिन हुने तर बिज्ञापनमा गुणस्तरिय सेवाको प्रचार गरि उपभोक्ता ठग्ने काम भैरहेको छ ।

भ्रमपुर्ण विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्ने, आधुनिक देखिने प्रबृत्ति हामीमा बढ्दै गएको छ । घरैमा स्वास्थ्यका लागी लाभदायक बस्तु भए पनि पकाउनको झन्झट र स्ट्याण्डर देखाउनका लागी रेडिमेट सामान भित्राउने नराम्रो बानी हामीमा बसीसकेको छ । घरमा मकै भटमास, गहुँ भए पनि पाहुँना आउदा चाउचाउ, चाउमिनको नास्ता टक्याउने गरेका छौ । यसले गर्दा थोरै खर्च गरेर पुग्ने ठाउँमा पनि हामीले धेरै खर्च गरिहेका छौ । आफ्नो स्वास्थ्य खराब गर्न आफैं लागी परेका छौ ं। यसर्थ विज्ञापनको प्रभावमा परेर कुनै वस्तु प्रयोग गर्नु अघि हामीले गंभिर भएर सोच्ने बेला भैसकेको छ । के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? के विज्ञापनको प्रभावमा परेर हामीहरु विबेक त गुमाइरहेका छैनौँ ? ठण्डा दिमाखले सोचौ । भ्रमपुर्ण बिज्ञापनको आधारमा सामान खरिद नगरौ । बस्तु तथा सेवाको गुणस्तरको वास्तविकता राम्रोसंग परिक्षण गरेर मात्र खरिदारी गरौ । सजिलो र आकर्षक बिज्ञापनमा भ्रममा परि बालबालिकालाई जंग फुट दिन बन्द गरौ । सकेसम्म घरमा उत्पादिन चिजबस्तुहरु प्रयोग गरौ । आधुनिक, सभ्य र स्ट्याण्डर बन्ने नाममा आफ्नै स्वास्थ्य माथी खेलवाड नगरौ । घरेलु उत्पादनका बस्तुहरुको अधिकतम प्रयोग गरौ ।

अन्तमा भ्रमपुर्ण बिज्ञापन गरेर बस्तु र सेवा बिकाउने, उपभोक्ता ठगि गर्ने कार्य कसैले नगरौ । उपभोक्ता हित बिपरित क्रियाकलाप गरि उपभोक्ता ठगि गर्ने उपर कानूनी कारवाही गरौ । उपभोक्ता अधिकार संरक्षणमा हामी सबै जिम्मेवार बनौ । ब्यवशाय र मानव अधिकारको पछिल्लो अवधारणलाई सबैले मनन गरौ । लेखक उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य हुन ।

Previous Post

नेपालगञ्जलाई डुबानबाट जोगाउन बर्खा अगाबै नाला सफाई

Next Post

शिक्षकलाई व्यवस्थापन क्षमता विकास तालिम

Next Post
शिक्षकलाई व्यवस्थापन क्षमता विकास तालिम

शिक्षकलाई व्यवस्थापन क्षमता विकास तालिम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version