बाँकेका गाउँको बजारको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा राप्ती सोनारी गाउँपालिकाका १७ र नरैनापुर क्षेत्रका ९ गरी २६ वटा पसल, व्यवसायको शुक्रबार अनुगमन गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले अनुगमनका क्रममा कैफियत भेटिएका पसललाई कारवाही गरेको जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले प्र्रशंसा पाउरोटी उद्योगलाई २० हजार जरिवाना गर्नुका साथै केही जफत गरी नष्ट गरेको र अनुज्ञा पत्र लियर मात्र उद्योग संचालन गर्न निर्देशन दिइएको जानकारी दिएको छ ।
हिमशिखर तन्दुरी होटललाई बिल विजक बिना कारोबार गरेकोले ५ हजार जरिवाना गरेको बजार अनुगमन समितिले सिटी बेकरी उद्योगमा रहेको खान अयोग्य रङ मिसिएको फेलेवर चिनिपानी १ सय ५० वटा नष्ट गरेको छ ।
घुमिफिरी बेचिरहेको खान अयोग्य रङ मिसिएको फेलेवर चिनीपानी १ हजार १ सय ४० वटा नष्ट गरेको प्रशासनले जानकारी दिएको छ ।