बाँके शताब्दी साहित्य ग्रन्थको समीक्षा र समालोचना लेखन प्रशिक्षण शनिबार आयोजना गरेको छ ।
दुई चरणमा भएको कार्यक्रमको प्रथम चरणमा भेरी साहित्य समाजद्वारा तीन बर्ष अगाडि निर्णय गरी समालोचक इश्वरी रिजाललाई जिम्मेवारी दिइएको बाँके जिल्लामा लिखित साहित्यको प्रारम्भ भएको (वि.सं. १९६३ सालदेखिको विगत ११८ बर्षदेखिको) बाँकेको भाषा, लोक साहित्य र बाँकेको साहित्यका विविध आयामहरू समेटेर लेखिएको ५ सय ३७ पृष्ठको ग्रन्थ शनिबार भएको कार्यक्रम बीच समीक्षातात्मक कार्यक्रम गरिएको हो ।
बाँकेको साहित्यिक पत्रकारिता, प्रिन्ट मिडिया, साहित्यिक संघ, संस्था, पुस्तकालय समेतको सांगोपांगो इतिहास र फुटकर एवं कृति प्रकाशन गरेका बाँकेका सम्पूर्ण स्रष्टाहरू र बाँकेको भाषा साहित्यमा योगदान गर्ने २० जना विशिष्ट स्रष्टाहरू, बाँके बाहिरबाट बाँकेको साहित्यमा योगदान गर्ने ९ जना स्रष्टाहरू र कम्तिमा एक कृति प्रकाशित गरेका ८८ जना गरी १ सय १७ जना स्रष्टाहरूको सर्वेक्षण सहितको साहित्यतिहास ग्रन्थ प्रकाशित भएपछि अब मुलुककै बाँकेको स्रोत सामाग्रीका रूपमा देखिएको छ ।
ग्रन्थको समालोचक प्रा.डा. कृष्ण घिमिरे र वरिष्ठ कथाकार सनत रेग्मीले समीक्षा गरेका थिए भने खगेन्द्र गिरी कोपिला र पंकज श्रेष्ठले पाठकीय टिप्पणी गरेका थिए ।
वक्ताहरूले बाँकेको इतिहासमा महत्वपूर्ण सामाग्री भएको बताउँदै लेखक र प्रकाशक प्रशंसा गरेका थिए ।
लेखक इश्वरी रिजालले लेखनको अनुभूति र प्रधानसम्पादक हरि तिमिल्सिनाले आठ अध्यायमा संरचित शब्दग्रन्थको सम्पादन सम्बन्धी र विषय वस्तु सम्बन्धी जानकारी दिएका थिए ।
दोस्रो सत्रमा उपप्राध्यापक राजकुमार थारु र प्रा.डा. कृष्ण घिमिरेले साहित्यिक कृतिको समीक्षा तथा समालोचना सम्बन्धी गहन प्रशिक्षण गरेका थिए । कार्यक्रमको अध्यक्षता भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेत र सञ्चालन महासचिव गीता अर्यालले गरेका थिए । कार्यक्रममा पाँच दर्जन बढी स्रष्टा र समालोचकहरूको उपस्थिति रहेको थियो ।