बाँकेका सहरहरूको चर्को स्वर उत्पन्न गरी ध्वनी प्रदुषण गर्ने १६ वटा मोटरसाइकल माथि कारवाही गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ ।
ट्राफिक कार्यालय नेपालगन्जका प्रमुख प्रविण आचार्यले ध्वनी प्रदुषण गर्दै गर्दा आफु को हु र मैले उत्पन्न गरेको ध्वनीले मेरै आफन्तलाई समस्या पुग्दछ भन्ने विषयमा सावरी चालकले बुझ्नु पर्ने बताउँछन् । प्रमुख आचार्य भन्छन्, ‘कुनै पनि सवारी साधनले चर्काे ध्वनी उत्पन्न गर्नु हँुदैन जसले गर्दा विभिन्न स्वास्थ्य समस्याहरू पर्ने जान्छ, त्यसैले १६ वटा मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही गरेको छौं ।’
नेपाली सडकमा चल्ने नेपाली गाडिहरूले खासै ध्वनी निकाल्ने गरेको नपाइएता पनि जानकारी अभावमा भारतीय गाडीले चर्को सवर निकाल्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । उनीहरू भन्छन्, ‘हामीले कारवाही एवं सम्झाइ बुझाइ गर्दे आएका छौ ।’