बाँकेको कोहलपुर स्थित होटलमा छापा मारेर प्रहरीले ४२ जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, ४० भारतीय र दुई नेपाली नागरिकलाई मंगलबार अनलाइन सट्टेबाजी खेलाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूको साथबाट ७० भन्दा बढी मोबाइल फोन, ल्यापटप तथा कम्प्युटरलगायतका विद्युतीय उपकरण बरामद प्रहरीले बरामद गरेको बताइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।





























