For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Entertainment Sports

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

byDainik Nepalgunj
June 14, 2026
in Sports, मुख्य समाचार
0 0
0
तथ्यांकमा विश्वकपः को कति सफल ?
Share on FacebookShare on Twitter

खेलकुदमा कतिपय अवस्थामा घटनाभन्दा पात्र महत्वपूर्ण हुने गर्छन । अनि फुटबलजस्तो टिम खेलमा पनि धेरैजसो अवस्थामा पात्र विशेषको प्रदर्शन, व्यवहार र शैलीले आम समर्थकलाई समग्र नतिजाभन्दा बढि लोभ्याउँछन् ।

विश्व खेलकुदको सबभन्दा लोकप्रिय खेल मेला फिफा विश्वकपको २३ औं संस्करण बिहीबार रातीबाट उत्तर अमेरिकाका तीन देशमा एकसाथ सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानाडामा हुने फुटबलको सबभन्दा ठूलो यो प्रतियोगिताले झण्डै ६ हप्ता विश्वकरका फुटबल समर्थकको ध्यान केन्द्रित गर्नेछ । अनि त्यसमा कस्ले उपाधि जित्ला ? फाइनल को पुग्ला ? कसले बढि गोल गर्ला ? जस्ता प्रश्नहरु समर्थकको चासोको विषय बन्नेछन् ।

विश्वकपमा उपाधि कस्ले जित्ला भनेजस्तै धेरै समर्थकको चासो रहने अर्को मुख्य प्रश्न हो, ‘कस्ले बढि गोल गर्ला र गोल्डेन बुट जित्ला ?’

यो प्रश्नको उत्तरस्वरुप विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको पूर्वसन्ध्यामा १० खेलाडीलाई गोल्डेन बुटको सम्भावित विजेताका रुपमा अनुमान गरेको छ ।

गोल्डेन बुटका दाबेदारहरुः

किलियन एमबाप्पे (फ्रान्स)

आठ वर्षअघि १९ वर्षको उमेरमै फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एमबाप्पेले आफ्नो देशका लागि ९८ खेलमा कुल ५६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

विश्वकपमा कुल १४ खेल खेल्ने क्रममा उनले १२ गोल गरिसकेका छन् । आसन्न विश्वकपमा उनको टोली फ्रान्स समूह ‘आइ’ मा सेनेगल, इराक र नर्वेसँगै परेको छ । जहाँ एमबाप्पेको गोलसंख्या थपिने अनुमान स्वभाविक छ ।

फ्रान्सका लागि थिएरी हेनरी ३० तथा ओलिभर जिरौड ३६ वर्षको उमेरमा पुग्दा उच्च गोलकर्ताको कीर्तिमान बनाउन सफल भएका थिए । तर एमबाप्पेले २७ वर्षको उमेरमै आफूलाई फ्रान्सका लागि इतिहासमै सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको रुपमा उभ्याइसकेका छन् ।

राष्ट्रिय टिमका लागि पछिल्ला ४९ खेलमा ३९ गोल गरेका एमबाप्पेको स्कोरिङ फर्म क्लब स्तरमा अझै राम्रो छ । पेरिस सेन्ट जर्मेनका लागि प्रतिखेल १ को औसतमा गोल गर्ने तथ्यांक रहेका उनको फर्म रियाल मड्रिडमा पनि उस्तै छ ।

विश्वकपमा तेस्रो उपाधि जित्ने लक्ष्यसहित उत्तर अमेरिका पुगेको फ्रान्सेली टिममा रायन चेर्की, औसमान डेम्बेले, डिजायर डोउ र माइकल ओलिसेजस्ता सहयात्रीको एसिस्ट पाउने थप फाइदा समेत भएकाले फूर्तिला एमबाप्पेलाई यसपाली पनि गोल्डेन बुटको मुख्य दाबेदारका रुपमा लिन सकिन्छ । चार वर्षअघि कतारमा ८ गोल गर्दै उनले गोल्डेन बुट जितेका थिए ।

ह्यारी केन (इङ्ल्यान्ड)

कप्तान केनले इङ्ल्यान्डका लागि ११३ अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरिसकेका छन् । त्यसमा विश्वकपका ८ गोल पनि समावेश छन् । विश्वकपमा ८ गोल गर्नका लागि उनले ११ खेल खेलेका थिए । आसन्न विश्वकपमा ग्रुप अफ डेथ मानिएको समूह ‘एल’ मा क्रोएसिया, घाना र पानामासँग केनको टोलीले सुरुआति प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१८ को विश्वकपका गोल्डेन बुट विजेता केन यसपाली त्यही सफलता दोहोर्याएर इतिहासमै विश्वकपका दुई गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्लान त ?

उनको पछिल्लो समयको फर्मले सकारात्मक संकेत गर्छ । सन् २०२३ मा बायर्न म्युनिखसँग अनुबन्ध भएयता उनले जर्मन बुन्डेसलिगामा प्रतिखेल १ गोलका दरले गोल गर्दै आएका छन् । ३२ वर्षे स्ट्राइकर इङ्ल्यान्डका लागि पनि पछिल्ला ९ वर्षमध्ये लगातार ५ वर्षदेखि प्रतिखेल १ गोलका दरले स्कोर गर्न सफल भएका छन् ।

लामो समयदेखि एकरुपको स्कोरिङ फर्ममा रहेका केनलाई आसन्न विश्वकपमा कठिन समूहको चुनौती छ । गोल्डेन बुट जित्नका लागि उनको टोलीले प्रतियोगितामा लामो यात्रा गर्न सक्नुपर्छ । तर सँगै उनलाई ज्युड बेलिङ्घम, इबेरेची इजे, मार्कुस रसफोर्ड र बुकायो साकाजस्ता सहयात्रीको साथ हुनेछ । जसले केनलाई उच्च गोलकर्ताको ताज पहिर्याउन सक्छ ।

मिकेल ओयार्जाबाल (स्पेन)

रियाल सोसिडाडका कप्तान मिकेल ओयार्जाबालले स्पेनका लागि ५३ अन्तर्राष्ट्रिय खेलमा २५ गोल गरेका छन् । घुँडाको गम्भीर चोटका कारण कतार विश्वकपको टिममा अनुपस्थित रहेका २९ वर्षे ओयार्जाबाल यसपाली स्पेनले धेरै आशा गरेको फरवार्डमध्ये एक हुन् ।

दुई वर्षअघि शीर्ष २५ खेलाडीको सूचिमा पर्न पनि संघर्षरत अवस्थामा रहेका उनी अहिले भने स्पेनिस टोलीका प्रभावशाली स्ट्राइकर हुन् । समूह ‘एच’ मा केप भेर्डे, साउदी अरेबिया र उरुग्वेलाई प्रतिद्धन्द्धीका रुपमा पाउँदा स्पेनका फरवार्डहरुले सुरुमै गोलका लागि धेरै अवसर पाउने पक्का छ ।

पेड्री, लामिन यमाल र निको विलियम्सजस्ता खेलाडीबाट अग्रपंक्तिमा साथ पाउने कारण ओयार्जाबाल यसपालीको विश्वकपमा गोल्डेन बुट जित्ने सम्भावित खेलाडी हुन् । उनले स्पेनका लागि पछिल्ला १३ अवे खेलमा १३ नै गोल गरेका छन् ।

इर्लिङ हालान्ड (नर्वे)

वर्तमान फुटबलमा म्यानचेस्टर सिटीका हालान्डको नाम नै उनको क्षमता बयान गर्न पर्याप्त छ, कम्तिमा फुटबल मन पराउनेहरुका लागि । अन्तर्राष्ट्रिय फुटबलमा उनले नर्वेका लागि ५० खेलमा गरेको ५५ गोलको तथ्यांकले सायद अझ धेरै कुरा बोलिरहेको छ ।

गत अक्टोबरमा उनी विश्व फुटबल इतिहासकै छैटौं तथा पछिल्लो ५३ वर्षमा पहिलो यस्तो खेलाडी बनेका थिए, जसले ५० भन्दा कम खेलमा ५० अन्तर्राष्ट्रिय गोलको कोसेढुंगो छोएको होस । म्यानचेस्टर सिटीका लागि पनि हालान्डले नियमित गोल गरिरहेका छन् ।

विपक्षी रक्षापंक्तिका लागि ठूलो चुनौतीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका हालान्डको टोली नर्वे यो विश्वकपको समूह ‘आइ’मा दुई पटकको पूर्व विजेता फ्रान्स, सेनेगल र इराकसँग परेको छ । जसका कारण टोलीको यात्रा धेरै लामो नहुनसक्ने सम्भावना छ । तर हालान्डलाई गोल गर्नबाट रोक्ने बारहरु विश्व फुटबलमा कमै मात्र लाग्ने गरेका छन् । त्यसमाथि ओस्कार बब, एन्टोनियो नुसा र मार्टिन ओलेगार्डजस्ता सहयात्रीको साथले उनको गोल स्कोरिङ फर्मले अझै उचाई छुने अनुमान स्वभाविक छ ।

लियोनेल मेसी (अर्जेन्टिना)

विश्व फुटबलले पछिल्लो दुई दशकमा पाएको सर्वोत्कृष्ट खेलाडीमध्ये एकको नाम हो, लियोनेल मेसी । यसपालीको विश्वकपमा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँगै समूह ‘जे’ मा परेको साविक विजेता अर्जेन्टिनाका लागि मेसीले कुल १९८ अन्तर्राष्ट्रिय खेलमा ११६ गोल गरिसकेका छन् । त्यसमा विश्वकपमा भएका १३ गोल पनि समावेश छन् । विश्वकपमा १३ गोल गर्नका लागि उनले २६ खेल्नुपरेको थियो ।

फुटबल इतिहासकै जादु्गर गोलकर्ता मेसी यही विश्वकप दौरान ३९ वर्ष लाग्दैछन् । तर अहिले पनि उनका लागि मैदानमा उत्रिएर गोल गर्नु भनेको मनोरञ्जनको विषयजस्तो रहँदै आएको छ । मेसीले अर्जेन्टिनाका लागि पछिल्ला ३७ खेलमा ३५ गोल गरेका छन् । इन्टर मायमीमा पनि उनले प्रत्येक दिन स्कोरिङको नयाँ अध्याय थपिरहेका छन् । जसले पछिल्लो समयको उनको उच्च स्कोरिङ फर्म प्रमाणित गर्छ ।

विश्व फुटबलमा मेसीले जित्न बाँकी थोरै उपाधिमध्ये गोल्डेन बुट पनि एउटा हो । विश्वकपको एकै संस्करणमा ६ भन्दा बढि गोल गर्नाका बावजुद गोल्डेन बुट जित्न नसकेका इतिहासकै दुईमध्ये उनी एक खेलाडी हुन् । जुन सफलता यसपाली उनको भागमा पर्न सक्छ ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

लियोनेल मेसीसँगै क्रिस्टियानो रोनाल्डो विश्व फुटबलले पाएको इतिहासकै सर्वकालिन महान खेलाडीमध्ये एक हुन् । रोनाल्डोले पोर्चुगलका लागि २२६ खेलमा १४३ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । यसपाली उत्तर अमेरिकी विश्वकपको समूह ‘के’ मा कंगो, उज्वेकिस्तान र कोलम्बियासँग प्रतिस्पर्धा गर्नुअघि नै उनको नाममा विश्वकपमा २२ खेलमा सहभागिता र ८ गोल गरेको तथ्यांक छ ।

विश्व फुटबल इतिहासमै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाएका रोनाल्डो ४० वर्षको उमेरमा पुगिसकेका छन् । तर मैदानमा उनको गति, ड्रिब्लिङ, फ्रिकिक र गोल गर्ने लय उस्तै छ । साउदी प्रो लिगको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले पोर्चुगलका लागि पछिल्ला ३० खेलमा २५ गोल गरेका छन् । जसले उनको उमेर ढल्कँदै गएको नभई थप परिपक्व भएको प्रमाण दिन्छ ।

चार वर्षअघि कतार विश्वकपमा प्रशिक्षक फर्नान्डो सान्तोषसँग ठाकठुक पर्दा प्लेइङ मिनेट्सका लागि संघर्ष गर्नुपरेका उनले रोबर्टो मार्टिनेजको नेतृत्वमा भने पर्याप्त मौका पाइरहेका छन् । फ्रान्सिस्को कोन्सेकाओ, ब्रुनो फर्नान्डेज, राफेल लियो, पेड्रो नेटो र बर्नार्डो सिल्भाजस्ता खेलाडीको उपस्थिती रहेको पोर्चुगल मिड्फिल्डमा आसन्न विश्वकपको सर्वोत्कृष्टमध्येको एक टिम मानिन्छ । त्यसको फाइदा रोनाल्डोलाई हुनेछ । रोनाल्डोले रुस विश्वकपमा ४ गोल गरेका थिए ।

लामिन यमाल (स्पेन)

स्पेनका लागि २५ अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरेका १९ वर्षे यमालको लागि यो पहिलो विश्वकप सहभागिता हुनेछ । जहाँ समूह ‘एच’ मा केप भेर्डे, साउदी अरेबिया र उरुग्वेसँग खेल्दै यमालले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा ‘डेब्यु’ गर्नेछन् ।

विश्वकप सकिनुभन्दा ७ दिनअघि १९ औं जन्मदिन मनाउने तयारीमा रहेका यमालले यसपाली सबभन्दा धेरै गोल गर्न सके भने उनी विश्वकप इतिहासको सबभन्दा कान्छो गोल्डेन बुट विजेता बन्नेछन् । हाल कोलम्बियाका हामेस रोड्रिग्वेजसँग यस्तो कीर्तिमान छ । सन् २०१४ को विश्वकपमा रोड्रिग्वेजले २३ औं जन्मदिनको भोलीपल्ट गोल्डेन बुट जितेका थिए ।

सामान्यतया यमाल गोल गर्नभन्दा पनि अवसर जुटाइदिनका लागि अझ माहिर छन् । तर लामो दुरीबाट उनले गर्ने प्रहारहरु डरलाग्दा हुन्छन् । उनले बार्सिलोनाका लागि २०२४÷२५ को सिजनमा १८ गोल गरेका थिए ।

औसमान डेम्बेले (फ्रान्स)

समग्र अन्तर्राष्ट्रिय खेल तथा विश्वकपमा यअसघि खेलेका खेलमा गरेको गोलको तथ्यांक हेर्ने हो भने डेम्बेलेलाई यसपालीको गोल्डेन बुट दाबेदारका रुपमा लिन नमिल्ला । किनकी उनले फ्रान्सका लागि ५९ अन्तर्राष्ट्रिय खेलमा ७ गोलमात्र गरेका छन् । विश्वकपमा चाँही यसअघि ११ खेल खेलिसक्दा उनको नाममा एउटै गोल छैन ।

पक्कै पनि फुटबलमा इतिहासको अर्थ रहन्छ । तर त्योभन्दा बढि चाँही वर्तमान फर्मको मुल्यांकन गरिनु जायज हुन्छ । हो, डेम्बेलेले पनि क्लब स्तरमा आफूलाई एउटा तिब्र गतिको विंगरबाट खतरनाक स्ट्राइकरमा रुपान्तरित गर्न भ्याइसकेका छन् ।

पछिल्ला दुई सिजनमा उनले पेरिस सेन्ट जर्मेनका लागि ५५ गोल गरेका छन् । जुन उनको वर्तमान उच्च स्कोरिङ फर्मको प्रमाण हो । विश्वकपमा फ्रान्सले सेनेगल, इराक र नर्वेसँग खेल्दै समूह ‘आइ’को सुरुआत गर्नेछ । जहाँ प्रतिस्पर्धीरहित अवस्थाको फर्ममा रहेका किलियन एमबाप्पे फ्रान्सको आक्रमणको केन्द्रमा हुनेछन् ।

त्यो अवस्थामा डेम्बेलेले एमबाप्पेभन्दा पछाडि वा वाइड आक्रामक भूमिका पाउने सम्भावना बलियो छ । त्यसो हुँदा विपक्षी रक्षापंक्तिको ध्यान एमबाप्पेमा केन्द्रित हुनेछ र डेम्बेलेले धेरै मौका पाउने सम्भावना रहन्छ । त्यसको फाइदा उठाउन आफू सक्षम रहेको प्रमाण उनले निरन्तर दिइरहेका छन् ।

भिनिसियर जुनियर (ब्राजिल)

भिनिसियर जुनियरले पाँच पटकको विश्व च्याम्पियन ब्राजिलका लागि ४९ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् । समूह ‘सी’ मा रहेर मोरक्को, हाइटी र स्कटल्यान्डसँग खेल्दै यो विश्वकपको सुरुआत गर्नुअघि उनले विश्वकपमा ४ खेल खेलेका छन् । जसमा उनको नाममा १ गोल छ ।

यसपाली विश्वकपमा तुलनात्मक रुपमा सहज समूह परेकाले ब्राजिली फरवार्डहरुले धेरै गोलको मौका पाउने अनुमान गरिएको छ । जसको फाइदा २५ वर्षे जुनियरलाई पनि हुनेछ । गोल्डेन बुटको दाबेदारको सूचिमा झ्वाट्ट हेर्दा जुनियरको नाम आश्चर्यजनक छनोट जस्तो देखिन सक्छ । तर रियाल मड्रिडका लागि पछिल्ला पाँच सिजन लगातार २० भन्दा बढि गोल गरेको तथ्यांकले उनमा रहेको क्षमता झल्काउँछ ।

राफिन्हा (ब्राजिल)

राफिन्हाको वास्तविक पोजिसन आक्रामक मिड्फिल्ड हो । पेनाल्टी बक्सको छेउछाउमा उनको उपस्थिती जहिले पनि विपक्षी टिमका लागि ठूलो चूनौती बन्ने गरेको छ ।

ब्राजिलका लागि ३८ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका राफिन्हाले विश्वकपमा भने अहिलेसम्म एउटै गोल गर्न सकेका छैनन् । विश्वकपमा उनले ब्राजिलको जर्सीमा ५ पटक मैदान उत्रिने मौका पाएका छन् । यसपाली तुलनात्मक रुमपा कमजोर प्रतिद्धन्द्धीहरु मोरक्को, हाइटी र स्कटल्यान्ड रहेको समूह ‘सी’ मा रहँदाको फाइदा जुनियरले पनि पाउने छन् ।

स्पेनिस महारथी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका उनले आफ्नो क्लबका लागि २०२४÷२५ को सिजन सुरु भएयता ९० खेलमा ५५ गोल गरिसकेका छन् । ब्राजिलले खेल दौरान पाउने पेनाल्टी तथा खास ठाउँमा पाएका फ्रि–किक राफिन्हाले प्रहार गर्ने सम्भावना बलियो छ ।

विश्वकपका उच्च गोलकर्ताहरुः
१९३०– ग्विलेर्मो स्टाबिल, अर्जेन्टिना (८ गोल)
१९३४– ओल्डरिच नेजेडी, चेकोस्लोभाकिया (५ गोल)
१९३८– लियोनिडास, ब्राजिल (७ गोल)
१९५०– एडेमिर डी मेनेजेस, ब्राजिल (९ गोल)
१९५४– सान्डर कोस्किस, हंगेरी (११ गोल)
१९५८– जस्ट फोन्टेन, फ्रान्स (१३ गोल)
१९६२– फ्लोरियन अल्बर्ट (हंगेरी), गारिन्चा (ब्राजिल), भ्यालेन्टिन इभानोभ (रुस), ड्राजेन जार्कोभिच (युगोस्लाभिया), लियोनेल सान्चेज (चिली) र भाभा (ब्राजिल)– सबैको ४ गोल
१९६६– इयुसेबियो, पोर्चुगल (९)
१९७०– ग्रेड मुलर, पश्चिम जर्मनी (१०)
१९७४– गर्जगोर्ज लाटो, पोल्यान्ड (७ गोल)
१९७८– मारियो केम्पेस, अर्जेन्टिना (६ गोल)
१९८२– पाउलो रोसी, इटाली (६ गोल)
१९८६– ग्यारी लिनेकर, इङ्ल्यान्ड (६ गोल)
१९९०– साल्भाडोर सिलाची, इटाली (६ गोल)
१९९४– ओलेग सालेन्को (रुस) र ह्रिस्टो स्टोइच्कोभ (रुस) दुवैको ६ गोल
१९९८– डाभोर सुकर, क्रोएसिया (६ गोल)
२००२– रोनाल्डो, ब्राजिल (८ गोल)
२००६– मिरोस्लाभ क्लोज, जर्मनी (५ गोल)
२०१०– थोमस मुलर (जर्मनी), वेस्ले स्नाइडर (नेदरल्यान्ड्स), डेविड भिया (स्पेन) सबैको ५ गोल
२०१४– हामेस रोड्रिग्वेज, कोलम्बिया (६ गोल)
२०१८– ह्यारी केन, इङ्ल्यान्ड (६ गोल)
२०२२– किलियन एमबाप्पे, फ्रान्स (८ गोल)

Previous Post

प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’

Next Post

सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

Next Post
विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

June 14, 2026
विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

June 14, 2026
तथ्यांकमा विश्वकपः को कति सफल ?

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

June 14, 2026
प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’

प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’

June 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version