बाँके जिल्ला ब्याडमिन्टन संघ नेपालगन्जको नेतृत्वमा डा. कुमार सान शाह निर्वारोध निर्वाचन भएका छन् ।
सोमबार भएको संघको आठौं बार्षिक साधारणसभा तथा अधिवेशनले डा. शाहको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचन अधिकृत मेयर सिंह खत्रीका अनुसार, उपाध्यक्षमा सिद्धान्तजंग राणा, भक्त गोदार, कमल थापा र अजय कनोडिया चयन भए ।
त्यस्तै विवेक श्रेष्ठ सचिव चयन भएका छन् । इश्वर श्रेष्ठ, प्राण सान शाह, हिमालय शाह, त्रिदिप श्रेष्ठ, राकेश केसी, प्रसिद्ध ढकाल, सोनु अली सिद्दिकी सदस्य चुनिएका छन् । मनोज चपाई, जनार्दन मल्ल, सशी स्वाँर, खगेन्द्र रोकाय, जीवन केसी, सुर्य श्रेष्ठ, विश्वनाथ योगी, सशी प्रकाश बटाला, अनिल लाखे र श्याम सुन्दर अधिकारी पनि सदस्यमा निर्वाचित भए ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेको साधारणसभाको अध्यक्षता संघका अध्यक्ष सञ्जय थापाले गरेका थिए ।






























