नेपालगन्ज उपमहागनरपालिकाले बिहीबार सडकमा वेवारिसे छाडिएका २६ वटा पशु चौपायालाई वडा नं. २१ स्थित कान्जी हाउस पुर्याएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका अनुसार, २४ वटा गाई, बाच्छा, बाच्छी, २ वटा घोडा, खच्चरलाई कान्जी हाउस पुर्याइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा छाडा पशुको संख्या नियन्त्रणमा आउन सकेको छैन । उपमहानगरपालिकाले नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याउने र संख्या बढी हुँदा राप्तीसोनारी गाउँपालिकामा समेत संरक्षणका लागि पठाउने गरेको छ । छाडा पशु नियन्त्रणको काम नियमित भैरहे पछि सडकमा छाडा पशु देखिन छाडेका छैनन् ।
दुधका लागि अन्य कार्यका लागि पशु पाल्ने र उनीहरूबाट लाभ लिन नसक्ने अवस्थापछि सडकमा छाडिदिने, खुला सीमाका कारण छाडा पशु भित्रिदा उपमहानगरपालिकालाई छाडा पशु नियन्त्रण चुनौति बन्दै गएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले हालै भएको सार्वजनिक सुनुवाईमा ३ सय बढी छाडा पशुचौपाया राप्तीसोनारी पठाएको र नेपालगन्जमा उक्त समस्या १० प्रतिशत मात्रै रहेको दाबी गरेका थिए ।





























