नेपाली काँग्रेस बाँकेका सचिव सुधान्शु कोइराला १५ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । यो समाचार तयार पारुन्जेल निर्वाचन समितिले औपचारिक घोषणाभने गरिसकेको छैन ।
‘निर्वाचित भएको निश्चित हो,’ काँग्रेस बाँकेका उप–सभापति गोपाल अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘के कति मतले भन्ने कुरा औपचारिक घोषणा हुन बाँकीनै छ ।’
महाधिवेसनमा खस आर्यतर्फ अर्का उम्मेदवार सुरेन्द्र बहादुर हमाल र मजदूरतर्फ सीता काफ्ले पनि मत गणनामा अहिलेसम्म अग्रसरता लिइरहेका छन् ।






























