For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

लुम्बिनीको अर्थतन्त्र बढ्यो

byDainik Nepalgunj
August 11, 2026
in Business, News
0 0
0
लुम्बिनीको अर्थतन्त्र बढ्यो
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार निरन्तर बढिरहेको देखिए पनि त्यसको प्रत्यक्ष लाभ प्रतिव्यक्ति आर्थिक हैसियतमा भने अपेक्षाकृत कमजोर देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको आर्थिक वर्ष २०८२÷८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रारम्भिक अनुमानले लुम्बिनीको अर्थतन्त्रको आकार बढ्दै गए पनि आर्थिक वृद्धिको गति सुस्त बनेको र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा अघिल्लो वर्षको तुलनामा घटेको देखाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु. ९ खर्ब ३६ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८१÷८२ मा यस्तो उत्पादन रु. ८ खर्ब ८३ अर्ब रहने संशोधित अनुमान
गरिएको छ । अर्थात् एक वर्षमा प्रदेशको अर्थतन्त्रको आकार करिब रु. ५३ अर्बले, अर्थात् झण्डै ६ प्रतिशतले बढ्ने देखिएको छ ।

तर गत आर्थिक बर्ष २०८३ मा यही अवधिमा स्थिर मूल्यमा मापन गरिएको वास्तविक आर्थिक वृद्धिदर भने ४.२७ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान छ ।

लुम्बिनीले राष्ट्रिय अर्थतन्त्रमा आफ्नो स्थान भने मजबुत राखेको छ । आर्थिक वर्ष २०८२÷८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनीको हिस्सा १४.२ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा यस्तो हिस्सा १४.३ प्रतिशत थियो । यस आधारमा लुम्बिनी राष्ट्रिय अर्थतन्त्रमा तेस्रो ठूलो योगदान गर्ने प्रदेशका रूपमा देखिन्छ ।

बागमतीपछि कोशी र लुम्बिनी क्रमशः ठूलो अर्थतन्त्र भएका प्रदेश हुन् । लुम्बिनीको रु. ९ खर्ब ३६ अर्बको अर्थतन्त्र मधेशको रु. ८ खर्ब ६३ अर्बभन्दा ठूलो छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमभन्दा निकै ठूलो छ ।

डलरमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन बढ्यो

लुम्बिनी प्रदेशमा गत तीन बर्षको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन हेर्ने हो बढेर पुनः घटेको पाइन्छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अनुसार, २०८०÷८१ मा १ हजार १ सय २६ अमेरिकी डलर, २०८१÷८२ मा १ हजार २ सय १९ अमेरिकी डलर र २०८२÷८३ मा १ हजार २ सय ८ अमेरिकी डलर रहने अनुमान छ ।

अर्थात् तीन वर्षको अवधिमा समग्रमा प्रतिव्यक्ति जीडीपी करिब ७.३ प्रतिशतले बढे पनि पछिल्लो एक वर्षमा करिब ११ डलरले घट्ने देखिएको छ । अमेरिकी डलरमा प्रदेशमा प्रतिव्यक्ति जिडिपी घटेपनि नेपाली रूपैयाँमा भने बढेको छ । त्यसैले यसलाई प्रदेशको उत्पादन घटेको अर्थमा बुझ्न भने मिल्दैन । नेपाली रूपैयाँमा प्रदेशको जीडीपी बढिरहेका बेला अमेरिकी डलरमा प्रतिव्यक्ति जीडीपी घट्नुमा विनिमय दरको प्रभाव महत्वपूर्ण हुन्छ ।

डलरमा व्यक्त प्रतिव्यक्ति जीडीपीलाई स्थानीय नागरिकको वास्तविक आम्दानीको प्रत्यक्ष मापनका रूपमा बुझ्नु हुँदैन । यो प्रदेशमा उत्पादित आर्थिक मूल्यलाई जनसंख्याले भाग गरी डलरमा रूपान्तरण गरिएको सूचक हो ।

कृषि अझै अर्थतन्त्रको मेरुदण्ड

लुम्बिनीको आर्थिक संरचनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कृषि क्षेत्रमा रहेको निर्भरता हो । आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशको कुल जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान २९.८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । त्यस अघिको आ.व.मा यस्तो योगदान ३०.१ प्रतिशत थियो । अर्थात् लुम्बिनीको अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा केही घटे पनि करिब एकतिहाइ अर्थतन्त्र अझै कृषि, वन तथा
मत्स्यमा निर्भर छ ।

लुम्बिनीको जीडीपी संरचनालाई व्यापक रूपमा हेर्दा प्राथमिक क्षेत्रको योगदान ३०.२ प्रतिशत, द्वितीयक क्षेत्रको १४.८ प्रतिशत र सेवा क्षेत्रको ५४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । यसले लुम्बिनी अब केवल कृषि अर्थतन्त्रमा सीमित नरहेको देखाउँछ । आधाभन्दा बढी आर्थिक गतिविधि सेवा क्षेत्रमा आधारित भइसकेको छ । शिक्षा, व्यापार, यातायात, वित्तीय सेवा, पर्यटन, आवास तथा खाद्य सेवा लगायतका गतिविधिले
सेवा क्षेत्रलाई विस्तार गरिरहेका छन् ।

क्षेत्रगत वृद्धिदरमा भने विद्युत् तथा ग्यास क्षेत्रले लुम्बिनीलाई सकारात्मक संकेत दिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा विद्युत् तथा ग्यास क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । त्यस अघिल्लो वर्ष पनि यही क्षेत्रमा ८.३८ प्रतिशत वृद्धिदर रहेको संशोधित अनुमान छ ।

सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ऋणात्मक ०.१९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । अघिल्लो वर्ष सबैभन्दा कम वृद्धिदर निर्माण क्षेत्रको १.३५ प्रतिशत रहने संशोधित अनुमान थियो । यसले प्रदेशको आर्थिक वृद्धिमा सरकारी सेवा तथा निर्माण गतिविधिको गति कमजोर भएको अनुमान गर्न सकिन्छ ।

आर्थिक वर्ष २०८२÷८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६६ खर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशको २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत), कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेश प्रदेशको ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ५ खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदुरपश्चिम प्रदेशको ४ खर्ब ६४ अर्ब (७.० प्रतिशत) र
कर्णाली प्रदेशको २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ ।

Previous Post

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

Next Post

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने

Next Post
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

बर्षाले जनजीवन प्रभावित

September 26, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा

प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा

September 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version