For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज रोड स्टेशनमा रेल चल्ने कहिले ?

byDainik Nepalgunj
August 17, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज रोड स्टेशनमा रेल चल्ने कहिले ?
Share on FacebookShare on Twitter

सुरेन्द्र मधेसिया

नेपाल–भारत सीमामा रहेको नेपालगन्ज रोड रेलवे स्टेशनमा रेल सञ्चालनका लागि आवश्यक अधिकांश पूर्वाधार तयार भइसकेका छन् । पटरियां बिछ्याइएको छ । प्लेटफर्म निर्माण सकिएको छ । विद्युत् लाइनको निरीक्षणसमेत भइसकेको छ । १२० किलोमिटर प्रतिघण्टाको गतिमा ६ पटक स्पिड ट्रायल गरिएको छ । तर, यात्रुवाहक रेल भने अझै चलेको छैन ।

करोडौं रुपैयाँ खर्चेर तयार पारिएको यो स्टेशन करिब एक वर्षदेखि यात्रु रेलको प्रतीक्षामा छ । रेल नचलेपछि नयाँ बनेको प्लेटफर्मसमेत संरक्षणको अभावमा बिग्रिन थालेको छ । ठाउँ–ठाउँमा फर्समा प्वाल परेको छ । प्लेटफर्म भासिन थालेको छ । कतिपय भागमा चिरा देखिएका छन् । झार उम्रिएको छ । फोहोर थुप्रिएको छ । उपकरणमा खिया लाग्न थालेको स्थानीयको भनाइ छ ।

रेल सञ्चालन नहुँदा सीमा क्षेत्रका यात्रु र व्यापारी निराश छन्। अर्कोतर्फ, स्टेशनमा कर्मचारी खटाइएका छन् । उनीहरूको तलब तथा अन्य व्यवस्थापनमा रेलवेले निरन्तर खर्च गरिरहेको छ । पूर्वाधार तयार भएर पनि सेवा सञ्चालन नहुँदा राज्यको लगानी निष्प्रभावी बन्ने जोखिम बढेको स्थानीय बताउँछन् ।

नेपालगन्ज रोड स्टेशनको इतिहास भने निकै पुरानो छ । भारत–नेपाल सीमासँग जोडिएको यो रेलमार्गमा १४० वर्षअघि अर्थात् १५ डिसेम्बर १८८६ मा बहराइच–नेपालगन्ज मिटरगेज रेल सेवा सञ्चालनमा आएको थियो । करिब १३७ वर्षसम्म मिटरगेज रेल सञ्चालन भएको इतिहास छ । उक्त स्टेशनले ब्रिटिस शासन, स्वतन्त्र भारत र त्यसपछि आधुनिक विकासको चरणसमेत देखिसकेको छ । अहिले मिटरगेजबाट ब्रोडगेजको चरणमा पुगेको स्टेशनले नयाँ रेल सेवाको प्रतीक्षा गरिरहेको छ ।

रेल सञ्चालनका लागि प्राविधिक परीक्षण भने पटक–पटक भइसकेका छन् । १७ सेप्टेम्बर २०२५ मा प्रमुख विद्युत् इन्जिनियर गोरखपुर संजय सिंघलले विद्युत् लाइनको निरीक्षण गरेका थिए । त्यसको दुई दिनपछि १९ सेप्टेम्बर २०२५ मा रेल संरक्षा आयुक्त प्रणजीव सक्सेनाले स्टेशनको प्लेटफर्म र रेलपटरिको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मण्डल रेल प्रबन्धक गौरव अग्रवाल, मुख्य सिग्नल तथा दूरसञ्चार इन्जिनियर आरके चौधरी र प्रशासनिक अधिकारी निर्माण अभय कुमार गुप्तासहित रेलवेका अधिकारी सहभागी थिए ।

वरिष्ठ सेक्सन इन्जिनियर अयोध्या प्रसाद कौलिकको निगरानीमा १२० किलोमिटर प्रतिघण्टाको गतिमा रेलको स्पिड ट्रायल गरिएको थियो । एकपटक होइन, ६ पटक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षण पूरा भए पनि यात्रुवाहक रेल सञ्चालनको औपचारिक घोषणा भने हुन सकेको छैन ।

स्थानीय व्यापारी तथा नागरिकले रेल सञ्चालनमा भएको ढिलाइप्रति प्रश्न उठाएका छन् । उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधिमण्डल रुपईडीहा इकाइका अध्यक्ष शैलेश जायसवालले प्लेटफर्म निर्माण भएको एक वर्षभन्दा बढी समय बितिसकेको बताए । सम्बन्धित अधिकारीबाट आवश्यक प्रमाणपत्रसमेत प्राप्त भइसकेको अवस्थामा रेल किन नचलाइएको हो भन्ने आफूहरूले बुझ्न नसकेको उनको भनाइ छ ।

‘प्लेटफर्म बनेको एक वर्षभन्दा बढी भइसकेको छ । सम्बन्धित अधिकारीका प्रमाणपत्र पनि आइसकेका छन् । त्यसपछि पनि रेल नचल्नु बुझ्नै नसकिने कुरा हो,’ जायसवालले भने, ‘यसको सबैभन्दा ठूलो मार गरिब र ग्रामीण यात्रुलाई परेको छ ।’

व्यापारी अंकित गोयलका अनुसार स्टेशनमा अहिले पनि आवश्यक कर्मचारी खटिएका छन् । स्टेशन मास्टर राकेश कुमार सेठ, पम्प चालक एफएन मण्डल, पोइन्ट्सम्यान विकास थापा र दीपक थापा कार्यरत छन् । रातको समयमा चौकीदार र दुई जना आरपीएफका जवानसमेत ड्युटीमा रहने गरेका छन् ।

गोयलले यात्रुवाहक रेल सञ्चालन नभए पनि स्टेशनको कर्मचारी व्यवस्थापनमा रेलवेले खर्च गरिरहेको बताए । ‘यात्रु ट्रेन चलेको छैन । तर स्टेशनमा कर्मचारी तैनाथ छन् । उनीहरूको तलब र अन्य व्यवस्थापनमा रेलवेले खर्च गरिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा रेल सेवा तत्काल सुरु गर्नुपर्छ ।’

नेपालतर्फका नागरिक पनि नेपालगन्ज रोड स्टेशनबाट रेल सञ्चालन हुने आशामा छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले नेपाल र भारतका सीमावर्ती नागरिकका लागि यो स्टेशन पुरानो सम्बन्ध र आवतजावतको माध्यम रहेको बताए ।

उनका अनुसार, नेपालबाट रुपईडीहा हुँदै भारत प्रवेश गर्ने यात्रु दिल्ली, हरिद्वार, गोवा, जयपुर, लखनउ, कानपुर, शिमला र गुजरातलगायत विभिन्न शहर पुग्ने गरेका छन्। रेल सेवा बन्द हुँदा उनीहरू महँगा तथा असहज यातायातका साधन प्रयोग गर्न बाध्य छन् ।

‘नेपालबाट भारतका विभिन्न शहरमा जाने नागरिकका लागि रेल सस्तो र सहज माध्यम हो। नेपालगन्ज रोडबाट यात्रुवाहक रेल सञ्चालन भए धेरै नेपाली यात्रुलाई प्रत्यक्ष राहत पुग्छ,’ ओलीले दैनिक नेपालगन्जसँग भने ।

जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य तबस्सुम अन्सारीले पनि रेल सेवा सञ्चालनलाई नेपाल–भारत सीमाका नागरिकको पुरानो आवश्यकतासँग जोडिन् । उनका अनुसार, बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत जिल्लाका नागरिकको बहराइच, श्रावस्ती, गोन्डा र लखनउसँग सामाजिक तथा पारिवारिक सम्बन्ध छ ।

‘दुवै देशबीच रोटी–बेटीको सम्बन्ध छ । सीमावर्ती जिल्लाका मानिसको आवतजावत नियमित हुन्छ,’ अन्सारीले दैनिक नेपालगन्जसँग भनिन्, ‘बसको भाडा महँगो भएकाले गरिब यात्रुका लागि रेल सबैभन्दा सस्तो र सुविधाजनक विकल्प हो ।’

रेल सेवा सञ्चालनका लागि राजनीतिक तहबाट पनि पहल भएको छ । बहराइचका सांसद आनन्द कुमार गोन्डले २८ जुलाईमा रेलमन्त्री अश्विनी वैष्णवलाई पत्र पठाएर नेपालगन्ज रोडबाट यात्रुवाहक रेल सेवा चाँडै सुरु गर्न माग गरेका थिए। रेलमन्त्री वैष्णवको तर्फबाट जवाफ दिँदै आवश्यक जाँचपछि उचित कारबाही गर्ने आश्वासन दिइएको थियो। तर त्यसपछि पनि सेवा सञ्चालनमा आउन सकेको छैन ।

पछिल्लो पटक ५ अगस्ट २०२६ मा मुख्य इन्जिनियर तुषार पाण्डेय निर्माण तथा प्राविधिक टोलीसहित नेपालगन्ज रोड स्टेशन पुगेका थिए। स्थानीयका अनुसार टोलीले स्टेशनको निरीक्षण गरेको थियो । तर, रेल सञ्चालन हुने मिति भने तोकिएन । अधिकारीहरूले रेल चलाउने निर्णय आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने बताएका थिए ।

स्थानीयका अनुसार, अहिले मुख्य प्रश्न पूर्वाधार तयार भए पनि सेवा किन सुरु भएन भन्ने हो । विद्युत् लाइनको परीक्षण भइसकेको छ। रेलपटरिको परीक्षण भइसकेको छ। १२० किलोमिटर प्रतिघण्टाको गतिमा ६ पटक स्पिड ट्रायल भएको छ। स्टेशनमा स्टेशन मास्टरदेखि पोइन्ट्सम्यान, पम्प चालक, चौकीदार र आरपीएफका जवानसम्म खटिएका छन् । त्यसपछि पनि यात्रुवाहक रेल सञ्चालनको निश्चित मिति सार्वजनिक भएको छैन ।

रेल सेवा सञ्चालनमा थप ढिलाइ भए नयाँ बनेको पूर्वाधार नै जोखिममा पर्ने स्थानीयको चिन्ता छ । प्लेटफर्ममा देखिन थालेका चिरा, भासिएको भाग, उम्रिएको झार र उपकरणमा लागेको खियाले त्यसको संकेत गरिसकेको उनीहरूको भनाइ छ ।

स्थानीयवासीको भनाइमा नेपालगन्ज रोड स्टेशन केवल एउटा रेल स्टेशन होइन । यो नेपाल–भारत सीमाका लाखौं नागरिकको आवतजावत र व्यापारसँग जोडिएको महत्वपूर्ण पूर्वाधार हो । प्राविधिक तथा भौतिक तयारी पूरा भएको हो भने यात्रुवाहक रेल सञ्चालनमा ढिलाइ गर्नुको कारण पनि सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।

‘सबै तयारी पूरा भएको हो भने अब आश्वासन मात्र दिएर हुँदैन । रेल चल्ने निश्चित मिति चाहिन्छ,’ स्थानीयको भनाइ छ, ‘समयमै सेवा सुरु नगरिए करोडौं रुपैयाँ खर्चेर बनाइएको स्टेशन बिस्तारै जीर्ण हुँदै जानेछ । यसले सरकारी लगानी खेर जाने अवस्था निम्त्याउन सक्छ ।’

पुरानो नेपालगन्ज रोड स्टेशनमा मिटरगेज रेलको इतिहास बाँकी छ । नयाँ प्लेटफर्म ब्रोडगेज रेलका लागि तयार छ । पटरियां पनि तयार छन् । परीक्षण पनि सकिएको छ । अब सीमा क्षेत्रका नागरिकको प्रतीक्षा एउटै छ– नयाँ स्टेशनमा यात्रुवाहक रेल कहिले चल्छ ?

Previous Post

आज नाग पञ्चमी मनाइँदै

Next Post

संघ निर्वाचनका लागि बन्यो निर्वाचन संहिता

Next Post
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

संघ निर्वाचनका लागि बन्यो निर्वाचन संहिता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version