For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

खस्किएको शैक्षिकस्तर र एसईई परीक्षा

byDainik Nepalgunj
April 5, 2024
in मुख्य समाचार, विचार
0 0
0
खस्किएको शैक्षिकस्तर र एसईई परीक्षा
Share on FacebookShare on Twitter

कुनै समय थियो एसएलसी परीक्षा पास गर्नुलाई फलामे ढोका पार गरेको भनिन्थ्यो । समाजमा एसएलसी गर्ने व्यक्ति पढेलेखेकोमा गनिन्थ्यो । सरकारी जागीर खान योग्य मानिन्थ्यो । आफ्ना छोराछोरीलाई एसएलसी पास गराउने अभिभावकहरु सन्तानलाई पढाइलेखाइ गराउनेहरुमा गनिन्थे । राज्यले शैक्षिकस्तरको मापन गर्ने थर्मामीटर एसएलसीलाई नै बनाएको थियो । आज एसएलसीको नाम फेरिएको छ । तर पनि सरकारले विद्यालयको शैक्षिक गुणस्तर नापनको थर्मामीटर अघोषित रुपमै एसइइ लाई नै बनाएको छ । त्यो अलग पाटो हो कि अहिलेको एसइइ कसरी लिइन्छ । यसको स्तर कस्तो छ ?

नेपालको शिक्षामा सुधारका कुराहरु निकै चल्ने गर्छन् । यसैमा नै धेरैको धन्दा चलेको छ । चुलो बलेको छ । नेपालमा एनजीओ, आइएनजीओका दोकानहरु सबैभन्दा बढि चलेका नै स्वास्थ्य र शिक्षा क्षेत्रमा नै हो । आइएलओ महासन्धीको नेपाल पक्षराष्ट्र भएबाट नेपालको शिक्षामा आइएनजिओले नाङ्गो नाच चलाएका छन् भन्नैपर्छ । मन्त्रालयमा नै यिनीहरुका आफ्ना डेस्कहरु रहने र नेपालको शिक्षा नीति देखि हरेक कुरामा आइएनजिओका मनोमानी चलेका छन् । नेपालको शिक्षामा नै हस्तक्षेप गरेर नेपालको शिक्षालाई नेपाल निरपेक्ष बनाउने काम मज्जैले चलेको छ । नेपालमा विद्यालयका पाठ्यपुस्तकहरुमा नेपालको भूगोल इतिहास नेपालका राष्ट्रिय विभूतिहरु, नेपाल बनाउँदा बगेको नेपाली वीर विरङ्गानाहरुको रगत, उनीहरुको गाथा, नेपाललाई विदेशी आक्रान्ताहरुबाट जोगाउन गरेको प्रतिकार युद्धहरु, कुटनीति, नेपालको असंङलग्नताको नीति आदिबाट च्यूत गरेर नेपाल निरपेक्षा पाठहरु बनाउँदै लगियो । नेपालको मौलिकतालाई, नेपालको आफ्नो मौलिक कृषि नीतिलाई, नेपालको सँस्कृतिलाई, यहाँको भाषा सभ्यतालाई गाली गरेर यहाँको परम्परागत प्रविधीलाई अविकसित र कामै नलाग्ने भनेर नेपालप्रति नै घृणाभाव जगाउने शिक्षाको जग बसाउने काम आएएनजीओ मार्फत गरिएबाट नेपालको शिक्षाको स्तरमा ह्रास आएको हो ।

नेपालको शिक्षाको गुणस्तरको नाउँमा परीक्षा प्रणालीलाई नै तामासा बनाउँदै सबैलाई पास गर्ने परिपाटी बनाइयो । एसएलसी परीक्षामा सहभागी हुन पहिला टेस्ट पास गर्न अनिवार्य थियो । टेस्ट पास नगर्नेले बोर्ड परीक्षामा सहभागी हुन नपाउने कडा व्यवस्थाका कारण विद्यार्थीहरुमा पढ्नै पर्छ भन्ने बानी थियो । पाठ स्मरण गर्ने गराउने गरिन्थ्यो । शिक्षकहरुमा पनि जिम्मेवारी बोध थियो । यसका मतलब अहिलेका शिक्षकमा जिम्मेवारीबोध छैन भन्न खोजेको त होइन तर आज शिक्षक पार्टी राजनीतिको चरम तुष्टिकरणमा परेको छ । विद्यालय व्यवस्थापन समितिहरुमा पार्टी प्यानल र भागबण्डाबाट नियुक्ति हुन्छ । पहुँचवालाका मान्छेहरु अनेकानेक शिक्षकको रुपमा नियुक्ति हुन थालेका छन् । शिक्षकको मूल्याङ्कन र बढुवाको लागि पनि पार्टी सत्ताको समिकरण मिल्नुपर्छ ।
यसपटकको एसइइको परीक्षा सकिन लागेको छ । तर परीक्षा कुनै परीक्षा जस्तो नै भएन । विद्यालयका प्रिन्सिपलहरु नै अनुगमनमा जाने र आफ्ना विद्यार्थीको लागि चिट बोकेर जाने गाइँगुइँ यसबर्ष पनि सुनियो । मोबाइल वाट्सएपबाट आफ्ना विद्यार्थीलाई सोलुसन पठाएका कुरा सामान्य भए । यस्तो परीक्षाको औचित्य के हो ? त्यसको जवाफ त कसैसँग छैन ।
सार्वजनिक विद्यालय शिक्षामा राज्यको मात्रै एक खर्ब एक्काइस अर्ब लागेको छ । शुल्क असुल्ने सार्वजनिक विद्यालयहरुको रकम, स्थानीय पालिकाहरुको छुट्टै अनुदान, आइएनजिओबाट छरिने कलो आदिको हिसाब गर्ने हो भने नेपालको सार्वजनिक विद्यालय शिक्षामा लगानी भएको रकम झण्डै दुई खर्ब हुन्छ । यो रकम कम हुँदै होइन । विद्यालयहरुको म्यापिङ र शिक्षकहरुको म्याचिङ गर्न पार्टीको अडचन छ । नीजि विद्यालयहरुलाई शुल्क लिएको देख्ने समुदाय, राजनीतिक दलहरु सार्वजनिक विद्यालयमा गरेको राज्यको लगानीको कहिल्यै हिसाब खोज्न चाहन्नन् ।
संविधानतः शिक्षा निशुल्क भनियो । कानून बनाइयो । तर कसरी निशुल्क भयो ? कहाँ कहाँ कुन कुन तहमा निशुल्क भयो ? यस बारेमा तिनै निशुल्कको अलाप गर्नेहरुले भन्न सक्दैनन् । निशुल्कको रटान लगाउनेहरु नै महङ्गा महङ्गा नीजि विद्यालयका मालिक छन् । शुल्क असुल्ने सार्वजनिक विद्यालयका विव्यसमा छन् । पब्लिकेशनका मालिक छन् । यो बिडम्बना नै मान्नुपर्छ कि नेपालमा शिक्षा क्षेत्र भनेको सधैंको लागि राजनीति गर्ने एजेण्डा मात्रै बनेको छ ।

एसइइ पास गरेको विद्यार्थी आज कतैपनि बिक्दैन । उ अक्षर चिन्नेसम्म मात्रै भएको छ साक्षर भने भएको छैन । उसलाई आफ्ना नातागोताको बारेमा समेत जानकारी हुँदैन । अपवाद बाहेक घर भान्सा खेत करेसाबारी कतैको कुनै चिजको ज्ञान छैन । हुँदैन । नेपालमा आफ्नो कुनै भविष्य नदेख्ने युवा बन्दै गरेको विद्यार्थी जसोतसो १२ पास गर्ने र विदेशतिर नै आफ्नो क्यारियर खोज्ने तयारीमा लाग्छ । यसलाई कसरी नेपालको शैक्षिक गुणस्तर भन्ने ? रेमिट्यान्स पिपासु सरकार भने नयाँ नयाँ गन्तव्य खोजेर रोजगार दिएयो, नेपालको शिक्षा विश्वमा बिक्ने गरेको डम्फू बजाउँछ । १७ बर्ष पढेर पनि फेरि भाषा नपढि विदेश प्रवेश नपाउने विद्यार्थी उत्पादन गरेर नाक फुलाउँछ ।

व्यवहारिक शिक्षा दिने काम देखिन्न । तेह्र बर्ष विद्यालय शिक्षा हासिल गरेको बच्चाले गतिलो चिठ्ठी लेख्न सक्दैन । राम्रोसँग नेपाली पढ्न जान्दैन । समाजिक सम्बन्धको बारेमा जान्दैन । सम्बोधन कसलाई के भनेर गर्ने त्यो जान्दैन । नेपालको बारेमा जान्दैन । आफ्ना आमाबालाई काम सघाउने बारे जान्दैन । एउटा सरकारी कार्यालय वा वडामा गएर आफ्नो परिचय राम्रोसँग दिन र निवेदन बुझाउन जान्दैन । खेतखलियान र गाइवस्तुको बारेमा त कुरै नगरौं त्यो झन जान्ने कुरै भएन । अनि शिक्षाको गुणस्तरको कुरा हुन्छ यहाँ ।
अँग्रेजीका दुईचारवटा अक्षर चिनेपछि र रटेर परीक्षामा अर्थबीना कै अँग्रेजीमा उत्तर लेखेपछि नेपालको शैक्षिक गुणस्तरको थर्मामीटरको पारा बलियो भैहाल्छ । यसलाई नीजि मात्रै होइन सार्वजनिक विद्यालयले पनि बडो गर्वका साथ पस्किने गरेको देख्दा अचम्म लाग्छ । यो मानसिकता त्याग्नुपर्छ । सरकारी जागीर मात्रै खान सक्नु सफलता हो भन्ने मानसिकता पनि त्याग्नुपर्छ । विद्यार्थीले नेपालभित्रै बसेर पनि बिभिन्न सीपहरुको माध्यमबाट जिविकोपार्जन गर्न सक्ने हैसियत बनेमा मात्रै शिक्षाको गुणस्तर बढेको हुन्छ भन्ने मान्यता राख्नुपर्छ । हिजो अक्षर नचिनेपनि हलो, कुटो, कोदालो बन्चरो, हँसिया बनाउने सीप सिकेका थिए । खेती गर्ने पशु स्याहर गर्ने, दुध उत्पादन गर्ने, दुधका परिकार बनाउने, बीउबिजनको भण्डारण र सुरक्षण गर्ने कला सीप सिकेका थिए । त्यो आजको पढेलेखेको भन्ने र गुणस्तरीय शिक्षा हासिल गरेको भन्ने जनशक्तिसँग शायदै होला । यस्तो गुणस्तर र साक्षरताको अर्थ अब खोज्नैपर्छ ।

नेपालमा रोजगारी छैन भन्ने मानसिकता आजको शिक्षाा प्रणालीले नै निम्त्याएको हो । नेपालमा मोटर मेकानिक खोई ? कपडा सिलाउनेहरु खोई ? इन्टरियर डेकोरेशन गर्ने कारीगढहरु खोई ? फर्निचर बनाउनेहरु खोई ? खानी खदान पहिचान गर्ने र यसको उपयोग गर्नेहरु खोई ? उद्योगहरुमा मशीन अपरेटरहरु खोई ? राम्रो कपाल काट्ने नाइहरु खोई ? जुत्ता चप्पल कारखानाका कारिगढ खोई ? कृषि औजार बनाउनेहरु खोई ? राम्रा गरगहना बनाउनेहरु खोई ? राम्रो मेशनहरु खोई ? अरु त अरु कबाड बटुल्नेहरु खोई ? सानोतिनो पटरी ब्यापार र घुमन्ते ब्यापार गर्नेहरु खोई ? खेतमा कामगर्ने कृषि मजदुर खोई ? यी सब काम गर्न सीमापारिबाट दैनिक लाखौं मानिस नेपाल पस्छ अनि अर्बौ कमाएर लैजान्छ तर नेपालमा बेरोजगारी छ भन्ने भाष्य बनाइएको छ । यो भाष्य बनाएर अक्षर चिन्ने, जसोतसो गरेर १२ पास गर्ने र लाखौं लाख खर्चेर विदेशतिर आफ्नो भविष्य बनाउन भन्दै जाने नेपालको शिक्षा कस्तो गुणस्तरीय शिक्षा हो ? यो प्रश्न त हरेक सरकारलाई गर्नै पर्छ । सत्ताको मझेरीमा बसेर गफको तिजौरी भर्ने शिक्षामा सरोकार राख्नेहरुलाई आफ्नै देशमा बस्न नसक्ने विद्यार्थी उत्पादनको नेपालको गुणस्तरीय शिक्षाको अर्थ सोध्नैपर्छ । निशुल्कको अलाप गरेर शिक्षाको गुणस्तरमा आँधी ल्याउने सपना बाँड्न पनि छोड्नु पर्छ । आर्थिक बिपन्नलाई निशुल्क र सक्नेसँग शुल्क लिएर नेपालको शिक्षालाई दिगो र गुणस्तरीय बनाउनुपर्छ । श्रोतबीनाका निशुल्कका गफले शिक्षाको स्तरोन्नति सम्भव छैन ।

Previous Post

अनि…बाध्य भइन् जयन्ती वेपत्ता श्रीमानको कुशको शव बनाएर अन्तिम संस्कार गर्न

Next Post

वन क्षेत्र कब्जा गर्न खोज्दा नरैनापुरमा तनाव

Next Post
वन क्षेत्र कब्जा गर्न खोज्दा नरैनापुरमा तनाव

वन क्षेत्र कब्जा गर्न खोज्दा नरैनापुरमा तनाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

खाद्य ऐन : बाँकेका दुई व्यवसायीलाई सजाय

July 28, 2026
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

July 28, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

July 28, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version