- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
- ललितपुर महानगरपालिका वडा नम्बर-२८ हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक जना बिरामीको मृत्यु भएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित डा. मुलुक ढकालले विधान विपरीत आफूलाई कार्बाही गरिएको भन्दै पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् ।
- तालिममा सहभागी गराउने जनाएर होटेलमा पुर्याएर सामूहिक बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्याएका थिए ।
- जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने बताएका छन् । नेपाललाई युरोपियन यूनियनले ‘एयर सेफ्टी लिस्ट’मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको प्रस्तावित राजदूत रुपाखेतीले बताए ।
- संघीय सरकारले विद्युतीय सवारी चालक अनमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द गरेको छ । यातायात व्यवस्था विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाएर अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो ।
- काठमाडौं महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले यो सहकारीका तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
- दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।