For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धरहराबाट उपत्यका नियाल्ने रहर

byDainik Nepalgunj
November 28, 2024
in News, मुख्य समाचार
0 0
0
धरहराबाट उपत्यका नियाल्ने रहर
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उहाँ सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उहाँ आश्चर्यचकित बन्नुभयो ।

पहिलोपटक काठमाडौँ आउनुभएका उहाँलाई धरहराको माथि चढेर वरपर हेर्दा सपना देखेजस्तै लाग्यो । उहाँ भन्नुहुन्छ, “आहो, काठमाडाँै सहर त जम्मै देखिने रहेछ । यहाँका घर त कति गुजुमुज्ज हो, तिलको गेडा राख्ने ठाउँ पनि रहेनछ । नजिकैको टुँडिखेल देखाउँदै अलिकति यहाँनेर घर बनाउन बाँकी रहेछ ।” गाउँ फर्केपछि अरूलाई धरहराको बखान गर्ने उहाँले बताउनुभयो । धरहरा चढ्न बुबासँगै आउनुभएकी उहाँकी छोरी दीपकली सुनारको पनि धरहरा चढ्ने धोको पूरा भएको छ ।  

विसं २०७२ को भूकम्पले धरहरा भत्काएसँगै दीपकलीलाई धरहरा चढ्ने इच्छा पनि त्यही भूकम्पले भत्काएको थियो । उहाँ भन्नुहुन्छ, “भूकम्पले धराहरा भत्काइहाल्यो भन्ने सुनेपछि अब त धराहरा चढ्ने इच्छा पनि पूरा भएन भन्ने लागेको थियो । यस्तो राम्रो नयाँ धरहरा बनिसकेछ । धन्न इच्छा चाहिँ पूरा भयो ।” उहाँले पनि धरहराको बारेमा सुन्नु र पढ्नुभएको रहेछ । धराहरा टेलिभिजनका समाचारबाट भिडियो देख्नुभएको रहेछ । कतै किताबमा मात्रै चित्र देख्नुभएको रहेछ । प्रत्यक्ष रुपमा धरहरा अवलोकन गरेर चढ्नै पाउँदा आज उहाँ धेरै हर्षित देखिनुहुन्थ्यो । उहाँ बुबाको घरहरा चढ्ने रहर पूरा भएकामा झनै खुसी हुनुहुन्छ ।  

भर्खरै पुनर्निर्माण गरिएको धरहराको आकर्षणले हजारौँ मानिसलाई तानिरहेको छ । काठमाडौँको मध्यभागमा ठडिएको यो ऐतिहासिक धरोहर नजिकैको भीडले अझै धरहराको महत्वलाई झल्काउँछ । आधुनिकताको सङ्गम धरहरा अहिले पर्यटनको प्रमुख गन्तव्य बनेको पनि छ । धरहरा केवल एउटा भौतिक संरचना होइन, यो धेरै नेपालीको सपना हो । 

सोलुखुम्बुबाट पहिलोपटक धरहरा चढ्न आउनुभएकी सीतामाया तामाङलाई पनि भूकम्पपछि डठिएको धरहराले मनमोहक तुल्याएको छ । “म पनि पहिलोपटक नै सोलुबाट धरहरा चढ्न काठमाडौँ आएको हुँ । भूकम्पले अब धरहरा चढ्न पाइँदैन कि भन्ने लागेको थियो, यस्तो राम्रो बनेछ,” उहाँ भन्नुहुन्छ ।

दोलखा जिल्ला घर भई हाल भक्तपुर लोकन्थलीमा बस्दै आउनुभएकी पार्वती केसी पनि धरहरा चढ्नकै लागि बिहान खाना खाएपछि सुन्धारा आउनुभएको थियो । “झन्डै तीन घण्टा लाइन बसेर बल्लबल्ल धरहरा चढ्नलाई टिकट पाएको छु । पैसै तिरेर पनि कति गाह्रो हो टिकट पाउन ?”, उहाँ भन्नुहुन्छ, “धरहरा भूकम्पले भत्काउनुअघि चाहिँ चढेको थिएँ । नयाँ बनेको धरहरा पनि कहिले चढ्न पाइएला भन्ने खुल्दुली थियो, आज पूरा भयो ।”

गोरखा घर भई स्वयम्भू बस्ने तीर्थबहादुर थापा पैसा तिरेरै भए पनि चढ्न पाउँदा खुसी हुनुहुन्छ । धरहरा चढ्नका लागि टिकट लिनेहरुको लाइनमा भेटिनुभएका उहाँ  लामो लाइन देखेर चाहिँ आज पालो पो नपाउने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । आज पालो नपाइए अर्को दिन चाँडै आएर लाइन बसेरै धरहरा चडिछाड्ने उहाँले बताउनुभयो । 

धरहराबाट उपत्यका नियाल्ने चाहनाले आउनेहरु उहाँहरु मात्रै होइन, नयाँ बनेको धरहरा हेर्न उत्सुक हुनेहरुको सङ्ख्या बाक्लै थियो । कतिले अझै पनि धरहरा चढ्न निःशुल्क भइदिए हुन्थ्यो भन्ने चाहनुभएको पाइयो । धरहराको व्यवस्थापनका लागि पनि सधैँभर सबैलाई निःशुल्क धरहरा खुलाउन सम्भव नदेखिए पनि ज्येष्ठ नागरिक, अशक्त तथा निम्नवर्गका व्यक्तिहरुलाई भने निःशुल्क वा सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव पनि भीडबाटै आएको थियो । 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले धरहराको व्यवस्थापनका लागि पनि निःशुल्क खुला गर्न सम्भव नहुने भएपछि आइतबारदेखि धरहराको शुल्क लिन सुरु गरिएको बताउनुभयो । “धरहराको व्यवस्थापन गर्नका लागि पनि केही शुल्क त लिनैपर्छ, विश्वका अन्य देशहरुमा पनि यस्ता ठाउँहरुको शुल्क लिने गरिन्छ,” उहाँले भन्नुभयो, “शुल्क लिए पनि धरहरा चढ्न आउनेको सङ्ख्या घटेको छैन ।”

विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख प्रकाश अर्यालले गत सोमबार मात्रै करिब एक हजारको हाराहारीमा सर्वसाधारण धरहरा चढ्न आएको बताउनुभएको छ । “शुल्क लिन थालेपछि टिकट काट्नुप¥यो, पहिलाको जस्तो सरासर पठाउन पाइएको त छैन तर सर्वसाधारणको सङ्ख्यामा कमी आएको छैन,” उहाँले भन्नुभयो, “हामीले नै व्यवस्थापन गर्न सक्यौँ भने अझै बढाउन सकिन्छ ।”

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । १९९० सालको भूकम्पले ११ तले धरहरा भत्काएको थियो । १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएको इतिहास छ । २०७२ सालको भूकम्पले धराहरा पूर्ण रुपमा भत्काएको थियो भने अहिले झन्डै नौ वर्षपछि सञ्चालनमा आएको छ । 

धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशतसम्म छुट

सहरी विकास मन्त्रालयले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट दिइएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ । धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिँदै शुल्क पनि नै स्वीकृत गरेको छ । मन्त्रालयले गरेको प्रस्तावअनुसार प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । 

यसैगरी, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चारपाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुईपाङ्ग्रेलाई रु १० तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याङ्कन गर्न प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।
Previous Post

एम्बुलेन्समा लागुपदार्थ कारोबार

Next Post

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

Next Post
आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version