चालु आ.व.का. ६ महिना बितिसकेको छ । चालु आ.व.को आधा समय बितिसक्दा पनि प्रदेश सरकारको बाँकेमा भएको पूँजीगत खर्च निकै निराशाजनक देखिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीका अनुसार, चालु् आ.व.को ६ महिनामा प्रदेश सरकार तर्फको पूँजीगत खर्च ९ प्रतिशत
मात्रै रहेको छ । चालु आ.व.का लागि प्रदेश सरकारको बाँकेका लागि बार्षिक चालु तर्फ बजेट १ अर्ब २८ करोड २५ लाख ५३ हजार ९ सय रहेकोमा पुस मसान्तमम्म खर्च २८ करोड ९१ लाख १५ हजार ९ सय ५० अर्थात् २३ प्रतिशत र पूँजिगत तर्फ बार्षिक बजेट २ अर्ब २६ करोड ६५ लाख ९२ हजार रहेकोमा खर्च २१ करोड ८ लाख ६३ हजार ७ सय ६९ रूपैयाँ मात्रै भएको छ ।
अघिल्लो आ.व.को प्रमाणिकरण दायित्व भुक्तानीका लागि मन्त्रीपरिषद्बाट निर्णय नहुँदा, चालु योजनाहरूको भुक्तानी नहुनु, योजना तिव्रताका साथ अगाडि नबढ्नुले पूँजीगत खर्च बढ्न नसकेको सम्बद्ध बताउँछन् । ‘तर, योजना कार्यान्वयन गर्ने समय रहेकाले अन्तिमसम्म सन्तोषजनक पूँजीगत खर्च हुने अपेक्षा छ’, उनीहरू भन्छन् ।