बाँकेको बैजनाथ गाउँपालिकामा एक युवकको चक्कु प्रहारबाट हत्या आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका वडा नं. ८ का सुवास बुढाको विवाहमा झगडा हुँदा १८ वर्षीय दिनेश रोकाय माथि धारिलो हतियार प्रहार भएको थियो । सख्त घाइते रोकायको भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संलग्न ६ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ पर्नेमा मनिषा राना , राम बहादुर राना, भिजन नेपाली, हिम बहादुर बुढा, अमृता डाँगी र सुजन बुढा रहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार दिनेशलाई विवाह कार्यक्रममा उनीहरुले माघ २५ गते कुटपिट गर्दै गम्भीर घाइते बनाएका थिए । सुरुमा दिनेशलाई उपचारका लागि मेडिकल कलेज
कोहलपुर पठाइए पनि उपचार सम्भव नभएपछि लखनउ लगिएको थियो । दिनेशको लखनउमा उपचारका क्रममा आइतबार बिहान मृत्युु भएको प्रहरीले जानकारी दिएको छ ।