For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

यसकारण आवश्यक छ, ‘कुलिङ पिरियड’

byDainik Nepalgunj
May 25, 2025
in विचार
0 0
0
यसकारण आवश्यक छ, ‘कुलिङ पिरियड’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट गत शुक्रबार पारित भएको छ । कानुन विहीनता जस्तो रहेको निजामती प्रशासनको क्षेत्रमा यो एउटा महत्वपूर्ण उपलब्धि पनि हो । नेपालको संविधान २०७२ जारी भइ मुलुक संघीयतामा प्रवेश गरेको १० वर्ष सम्म पनि प्रशासनिक रूपमा त्यसलाई कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन, बन्न सकिरहेको थिएन । दुई ठुला दलको गठबन्धन सरकार र संसदमा पनि बहुमत रहेको हुनाले नेकपा (एमाले) र नेपाली कांग्रेसले चाहेमा संसदबाट पनि यो विधेयक सहजै पारित हुन हुनेछ । प्रशानिक संघीयतालाई कार्यान्वयन गर्न यो ऐन साँच्चै नै कोशेढुंगा सावित हुनेछ ।

यो विधेयकमा केहि नयाँ व्यवस्था पनि गरिएको छ । जसका कारण अहिले यो विधेयक चर्चामा रहेको छ । त्यस मध्यको एक हो “कुलिङ पिरियड” । निजामती सेवामा पहिलोपटक “कुलिङ पिरियड” को व्यवस्था गरिएको हो । “कुलिङ पिरियड” भन्नाले निजामती सेवाबाट अवकाश प्राप्त भएपछी अन्य कुनै संवैधानिक, राजनीतिक लगायतका नियुक्तिहरू लिनु अघि “तोकिएको निश्चित अवधि” हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवामा दुई वर्षको कुलिङ पिरियड राखेर संघीय निजामती सेवा विधेयक पारित गरेको छ । जसबाट अहिले निजामती सेवाका उच्च अधिकारीहरू रुष्ट बनेका छन् । उनीहरू कुलिङ पिरियड राख्न नहुने पक्षमा उभिएका छन् । कुलिङ पिरियड हटाउन उनीहरू प्रधानमन्त्री सहित उच्च राजनीतिक नेतृत्वहरू सँग लविंग र बार्गेनिङ समेत गरिरहेका छन् ।

हास्यास्पद त के छ भने नेपाल सरकारका मुख्य सचिव र सचिवहरू नै यसको विपक्षमा छन् र “कुलिङ पिरियड” हटाउन प्रधानमन्त्री, सभामुख देखि दलका नेताहरूलाई सम्म भेटेर हारगुहार गरिरहेका छन् । यतिमात्र नभएर “कुलिङ पिरियड” नहटाईए सामुहिक राजिनामा दिने सम्मको घुर्की लगाइरहेका छन् । “कहीं नभएको जात्रा हाँडीगाउँमा” भने जस्तो सरकारका सचिवहरूबाटै यो तहको हर्कत देखिएको छ । यसले निजामती सेवाको छवीलाइ कदापि राम्रो गर्दैन, न त यसले गरिमा नै बढाउँछ ।

“कुलिङ पिरियड” ठिक कि बेठिक भन्दा पनि “कुलिङ पिरियड”को आवश्यकता किन प¥यो ? यो जरुरी थियो कि थिएन ? यसले के कस्ता विकृति र संस्कृतिहरूलाई जन्म दियो ? भन्ने जस्ता महत्वपूर्ण सवालहरूको जवाफ नखोजी र यसको निर्मम समिक्षा नगरी यत्तिकै हचुवाको भरमा यसलाई ठिक र बेठिक भन्न सकिँदैन । त्यसैले सबै भन्दा पहिले “कुलिङ पिरियड”को आवश्यकता किन प¥यो ? यसको समिक्षा गरौँ ।

तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीले २०७४ साउन १ गते मुख्य सचिवको पदावधि करिब एक वर्ष बाँकी रहँदै एसियाली विकास बैंक (एडीबी) को जागिर खान मुख्यसचिवको पद त्यागिदिए । नेपाल सरकारको मुख्य सचिव भनेको एउटा कर्मचारी मात्र नभई कर्मचारी प्रशासनको सर्वोच्च कमान्डर र मन्त्रिपरिषद्को सचिव पनि हो । त्यस्तो गरिमा, मर्यादा, प्रतिष्ठा संग जोडिएको व्यक्तिले ति सारा पद, प्रतिष्ठा र गरिमालाइ लत्याउँदै डलरको लोभमा उपनिर्देशको सामान्य जागिर खान उनि फिलिपिन्स हानिए । यसले निजामती क्षेत्रलाई मात्र बद्नाम गराएन राष्ट्रकै बेइज्जत गरायो । एउटा सार्वभौम देशको मन्त्रिपरिषद्को सचिव जस्तो संवेदनशील र महत्वपूर्ण जिम्मेवारीमा रहेको व्यक्ति अर्को कुनै देशको एउटा संस्थाको सामान्य उपनिर्देशकको जागिर खान जानु अत्यन्त लज्जाको विषय थियो । यसले निजामती सेवाको छवी धमिल्याउने काम मात्र गरेन थुप्रै विकृति पनि निम्त्यायो ।

२०८० जेठ ३२ गते तत्कालिन मुख्यसचिव शंकरदास बैरागीले आफ्नो मुख्य सचिवको कार्यकाल बाँकी रहँदै मन्त्री सरहको सुविधा पाउने गरि राष्ट्रिय सुरक्षा सल्लाकारको नियुक्त लिन मुख्यसचिव पदबाट राजिनामा दिए र सोहि दिन राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति पनि लिए । उनी एक दिन पनि पर्खिएनन् । एक हातबाट राजीनामा दिए र अर्को हातबाट नियुक्ति लिए । यतिमात्र होइन २०८० असार २ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जान लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउन उनै बहालवाला मुख्यसचिव शंकरदास बैरागिलाई राजिनामा गर्न लागाईएको थियो । असोजमा अनिवार्य अवकाश हुन लागेका बैरागीले अर्को ठाउँमा आफ्नो नियुक्तिको शर्त राखे । सोहि बमोजिम बैरागीले मन्त्री सरहको राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति पाए भने अनिवार्य अवकाशमा जानु दुइदिन अघि बैकुण्ठ अर्यालले मुख्य सचिवको नियुक्ति पाए । अर्याल २०८१ असार १० गतेसम्म नेपाल सरकारको मुख्य सचिवमा रहे । यदि नियमित प्रक्रियाबाट हुन्थ्यो भने उनि २०८० असार २ गते नै अवकास भैसकेका हुन्थे । चोरबाटोको प्रक्रियाबाट उनले थप एक वर्ष पाए त्यो पनि मुख्य सचिवको जिम्मेवारी सहित ।

२०७४ असोज १५ गते तत्कालिन मुख्यसचिव लोकदर्शन रेग्मीले पनि आफ्नो कार्यकाल बाँकी रहँदै बेलायतको राजदुत पाउने भएपछी राजिनामा दिए र सोहि दिन मन्त्रिपरिषद्कोको बैठकले उनलाई बेलायतको राजदुत सिफारिस ग¥यो । त्यसैगरी सामान्य प्रशासन मन्त्रालयको सचिवमा कार्यरत रहेकैै बेला कर्मचारी समायोजनको महत्वपूर्ण कामलाई छाडेर २०७५ चैत्र ११ गते दिनेश थपलियाले सचिव पदबाट राजीनामा दिए र सोहि दिन संवैधानिक परिषदले उनलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस ग¥यो । यी त केहि पछिल्ला घटनाक्रमहरू भए् । यस्ता थुप्रै उदाहरणहरू छन् । जसले नेपालको निजामती प्रशासनलाई कमजोर र अस्थिर बनाउने काम गरेको छ ।

यसरी एउटा हातबाट राजिनामा वा अवकाश र अर्को हातबाट नियुक्ति लिने विकृत रोग यसरी मौलाएको छ कि यसले नेपालको निजामती सेवालाइ नै दुर्गन्धित र संक्रमित बनाइरहेको छ । यसको बेलैमा उपचार गर्नु आवश्यक मात्र हैन ढिलाइ समेत भैसकेको थियो । पद–प्रतिष्ठा, मान–मर्यादा र इमानलाई माटोमा मिलाउँदै आत्मकेन्द्रित स्वार्थ र लोभका कारण सिंगो निजामती प्रशासनलाइ नै बद्नाम गर्नेगरी यस प्रकारका फोहोरी खेलहरू धेरै नै भइरहेका छन् । यी त केहि प्रतिनिधि पात्र र घटना मात्र हुन् । यस्ता सयौं उदाहरणहरू छन् । नेपाली जनता सबैले देखे भोगेकै कुरा हो ।

यसले राजनीति र प्रशासन बीचको आदर्श, मूल्य, मान्यता, सिमा, अनुशासन र मर्यादालाई मिच्ने र धमिल्याउने मात्र नभएर यी मूल्य, मान्यता र आदर्शको तेजोबध गर्ने काम भएको छ । पद र शक्तिमा रहँदै आफ्नो निहित स्वार्थ र उद्देश्य पूर्तिको लागि राजनीतिक नेतृत्व सँग अनावश्यक साँठगाँठ गर्ने, बार्गेनिङ गर्ने र मोलतोल गर्ने एकदमै गलत संस्कार र परिपाटिले गहिरो जरो गाडिसकेको छ । यसले समग्र मुलुकको सुशासनमा समेत गम्भिर असर पारेको छ । राज्यका हरेक निकायमा दलियकरणको आरोप लाग्नुको पछाडि यसले पनि ठुलो भूमिका खेलेको छ । जनतामा निराशा बढेको छ । जनताको निराशालाई भाषणले होइन कामले, व्यबहारले र कार्यान्वयनले चिर्ने हो । जनताले खोजेको परिणाम हो । भाषणले जनतालाई न्याय प्राप्त हुँदैन, न त भोको पेट नै भरिन्छ । जनताले खोजेको परिर्वतन हो ।

तसर्थ, यी तमाम विकृतिहरू रोक्न “कुलिङ पिरियड” आवश्यक छ । निर्णायक तहमा रहेर पद, प्रतिष्ठा र अधिकारको दुरूपयोग गर्दै राष्ट्रिय हित भन्दा पनि व्यक्तिगत हितलाई केन्द्रमा राखेर तात्तातै नियुक्ति लिन खोज्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ । भोलिको नियुक्तिको बाटो हेरेर आजै दुनो सोभ्mयाउनेहरू तर्सिनु र छट्पटीनु स्वाभाविकै हो । आज मन्त्रालयमा काम गर्दागर्दै भोलिको नियुक्तिको चिन्ता गर्ने र त्यसैका लागि अनावश्यक, अस्वाभाविक र फोहोरी खेलखेल्ने बाटो अब सदाको लागी बन्द गर्नु नै उत्तम हुन्छ ।

Previous Post

सकियो मेयर कप ब्याडमिन्टन

Next Post

जडिबुटीको अध्यक्षमा शर्मा पुनः निर्वाचित

Next Post
जडिबुटीको अध्यक्षमा शर्मा पुनः निर्वाचित

जडिबुटीको अध्यक्षमा शर्मा पुनः निर्वाचित

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version