हज ईस्लामको एक महत्वपूर्ण स्तम्भ हो । तौहीद, नमाज, रोजा, जकात जस्तै हजलाई ईस्लामले आफ्नो अनुयायीहरूमाथि अति आवश्यक र गर्नुपर्ने नै हुन्छ ।
ईस्लामका अनुसार पाँच स्तम्भ मध्ये जकात तथा हज ईस्लाम धर्मावलम्बीहरूमा (माले ईस्तितात) अर्थात जोसँग आफूलाई खान लाउन बाहेक साढे सात तोला सुन व साढे बाउन्न तोला चाँदी अथवा यति बराबरको आर्थिक जोहो रहेछ र जादे राहमा कूदरत (क्षमतावान) तथा सवारीमा कूदरत ( क्षमतावान) राख्छ भने उस्ले जीवनभरीमा एक पटक हज गर्नुपर्दछ। हज एउटा विशेष धार्मिक यात्रा हो जसमा विश्व भरीको कुनैपनि ठाउँबाट सऊदी अरबको बिशेष ठाउँमा अवस्थित मक्का शरीफ तथा मदीना शरीफ पूगी विभिन्न नियम परिधी भित्र रही सम्पन्न गर्नु पर्ने हुन्छ।
हज हिज्री महिनाको अन्तिम १२औ महिना जुल्हिज्जाको पहिलो साता अर्थात ८ तारीखबाट शुरू भई १२तारीखमा सम्पन्न हुन्छ । ईस्लामका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाह हू अलैह व सल्लमले मक्का शरीफको मैदान ए अरफातमा सहाबाहरूलाई एकत्रित गरि बिना कुनै भेदभाव सम्पुर्ण धनी – गरीब, साना – ठूला , गोरा – काला , अग्ला – होचालाई एक ठाउँमा राखी बिशेष खूत्बा (प्रवचन)का साथ सम्पन्न गराउनु भई सम्पुर्ण मुस्लिमहरूलाई हज अनिवार्य गरिएको थियो । अन्तिम पैगम्बर ले आफ्नो ६३ वर्ष को उमेरमा एक पटक हज र ४ पटक उमरा समेत गर्नु भयेको थियो ।
अन्तिम संदेष्टा हजरत मोहम्मद सल्ललाह अलैह व सल्लमको जन्म मक्का मुकर्मामा भएकोले यसले अलगै महत्व राख्छ र काबा शरीफको जग (बुनियाद)हजरत ईब्राहीम खलीलूल्लाह अलैहिस्सलामले राख्नु भएको र यसैमा संलग्न एउटा मूबारक जन्नती पत्थर जसलाई हजरे असवद भनिन्छ यसैसाथ टांसिएकोले यसको अलग्गै महत्व रहेको छ। अन्तिम पैगम्बर सल्ललाहु अलैह व सल्लमले हजको आर्को प्रेक्टिकल गरेर सम्पुर्ण मानव जगतलाई यो सन्देश दिनूभो कि ईस्लाम ईक्विलिटी एक समानताको नाम हो अल्लाहको लागी संसारमा रहेका मानव सबै समान हून यहां कोई सानो – ढूला , धनी – गरीब , गोरा – काला सब एक समान छन भनि हाजीहरूलाई यहांबाट एउटा शिक्षा लिएर फर्किनु र साथै आफ्नो दिनचर्यालाई यहीं बमोजिम मानवरूपी बनाई जिवन बिताउन सन्देश समेत दिनूभयेको थियो।
हुज़ूर ﷺ ने फरमाया:-
“जिस शख़्स ने अल्लाह के लिए इस शान के साथ हज किया की ना कोई फहश (बेहूदा) बात हुई और ना कोई गुनाह तो वो उस दिन की तरह वापिस होगा जैसे उस की माँ ने उसे जना था”
(बुखारी १५२१)
(लब्बैक अल्लाहुम्मा लब्बैक लब्बैक ला शरीक लक लब्बैक ईन्नल हम्दा वन्नियमता लका वल मुल्क ला शरीक लक पढ्दै) हाजीहरूले आफ्नो हजयात्रा को शुभारम्भ गर्नुपर्दछ।
हज ३किसिम को हून्छ १- हज किरान २- हज तम्त्तो ३- हज इफ्राद , ( प्राय एशियाका हाजीहरू खास गरेर नेपाल का हाजीहरूले हज तम्त्तो गर्छन यसमा हाजीहरूले घरबाट निस्किए पश्चात सउदी अरबको एक ठाउँ जसलाई मीकात भनिन्छ त्यहाँबाट बिशेष परिहन जसलाई एहराम भनिन्छ लाउनू पर्ने हून्छ र हज र उम्रा दूइटैको नियत गरी उम्राह सम्पन्न भए पश्चात सो परिहन फूकाल्नू पर्ने हून्छ)
०१ – हज किरानःयसमा एहराम बाधिसके पश्चात उम्राह गरेर पनि एहरामको परिधी सकिन्न हज सम्पन्न भएपछि मात्र एहराम निकाल्नु पर्ने हुन्छ २ – हज तमत्तोः यसमा उम्राको मात्र नियत गर्नुपर्दछ र उम्रा सकिन साथ एहरामको पाबन्दी खत्म हुन्छ र पूनः हजको बेला र प्रत्येक पटक उम्रा गर्दा एहराम लाउनु पर्ने हुन्छ
३ – हज ईफ्रादः यसमा हजको मात्र नियत हुन्छ यस्मा उम्राको नियत हुँँदैन प्राय सउदी अरब वरिपरिका हाजीहरूले हज ईफ्राद नै गर्छन उनीहरू ८ जुल्लहिज्जामा एहराम बाधीं १२ जुल्हिज्जा हज सम्पन्न गरी मात्र फुकाउँछन , प्राय नेपालका हाजीहरू हज तम्त्तो नै गर्छन, बिशेष गरी हजको ५ दिन मात्र हून्छ जो ८ जुल्हिज्जबाट शुरूभई १२ तारीखमा सम्पन्न हून्छ।
८ जुल्हिज्जाको सम्पूर्ण हाजीहरूलाई मिना जानूपर्ने हून्छ जहाँ ८ तारीखमा (जोहर असर मगरिब र ईशा ९ तारीखको नमाज फज्र ) गरी पाचं नमाज पढ्नू सुन्नत हो।
हजको सबभन्दा महत्वपूर्ण दिन भनेको नै ९ तारीख हो यसै दिन हज हूने हूनाले यसलाई यौम ए अरफा तथा रूक्ने आजम पनि भनिन्छ। सोही दिन सूर्यास्त भएको यकीन गरी ( मगरिब शूरू भएको) मगरिब को नमाज मैदान ए अरफामा नपढी मुजदल्फाको लागी आफ्नो यात्रालाई निरन्तर अगाडी बढाउन्दै मूजदल्फा पुगी मगरिब र ईशाको नमाज सगैं पढ्नू पर्ने हून्छ। ( हूनत कूनैपनि नमाज आफ्नो टाईममा नपढेको खण्डमा त्यो नमाज स्वत कजा हून्छ तर यहां मगरिबको नमाज कजा नभई अदा हून्छ ) ईशा पढेर पूरै रात मुज्दल्फामा बिताई बिहान १० तारीखको नमाज फज्र पढि शैतानलाई कन्कर मार्न् निस्किने र कुर्बानी गर्नुपर्दछ कुर्बानी पश्चात पुरुषले आफ्नो कपाल खुईराउने तथा महिलालाई कसर गर्नुपर्दछ र सो पश्चात अहरामको परिधी समाप्त हून्छ। हज पश्चात केही दिन हाजीहरू मक्का मुकर्मा मा बसि मदिना शरीफ पूग्नू पर्ने हुन्छ त्यहाँ कमसेकम चालीस टाईमको नमाज पढी बिभिन्न पवित्र स्थलको भ्रमण गरी हाजीहरू स्वदेश फर्किन्छन।
हज गर्ने व्यक्तिको हज गरे पश्चात सम्पूर्ण गुनाह ( पाप) मेटिने गर्द्छ तथापि हज पश्चात उसको जिवनीमा पनि धेरै कुराहरू निर्भर गर्द्छ। हुनत शरियतले बन्देज गरेको हरेक काम आकील ( दिमाग दूरूस्त भएको व्यक्ति) बालीग जो सुकै चाहे महिला होस या पुरुषले कदापी गर्नुहुँदैन, हरेकले सुन्नतको पाबन्द भई पालना गर्नुपर्दछ। स्मरण रहोस की ईस्लाम ले मानवतालाई अग्रपक्तीमा राखी आफ्नो पडोसी जुनसुकै धर्मको भएत पनि पहिला उस्को पेट भरी आफू खाने भनि उत्कृष्ट मानवीय उदाहरण दिएको छ त्यस्तै आफू जन्मेको देशलाई माया प्रेम गरी ईमानको हिस्सा मान्ने , झूटो नबोल्ने , कसैलाई दूख नदिने ,आफू कमाएकोमा अढाई प्रतिशत गरीबहरूलाई जकात दिने , रोजा बसेर आफूले भोक प्यास महसुस गर्ने , हरेक कूरामा संयम्ता अपनाउने ,आमा बुवालाई सर्वपरि राखी माया गर्ने जस्ता अनैकौ कुराहरू हरेकले पाल्ना गर्नुपर्दछ।





























