नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगन्जमा ‘क्रेटा इभी’ सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सोमवार गरिएको कार्यक्रममा अत्यधिक उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया सहित आयोजना भएको कम्पनीले जानकारी दिएको छ ।
‘ग्राहकलाई उच्च गुणस्तरको सेवा, विश्वासिलो ब्रान्ड, प्रतिस्पर्धी मूल्य, र देशव्यापी सञ्जाल उपलब्ध गराउँदै आएको हुन्डाई नेपालले अहिले सम्मकै लोकप्रिय अटो ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ । कम्पनीको अनुसार, नयाँ ‘क्रेटा इभी’ ले विद्युतीय सवारीबारे रहेका विभिन्न अन्योल हटाउँदै उपभोक्तालाई स्पष्ट निर्णय लिन थप सजिलो बनाउनेछ ।
धेरै उपभोक्ताहरूमा इभी खरिद गर्दा स्पेयर पाट्र्सको सहज उपलब्धता, सेवा शुल्क तथा दीर्घकालीन ब्रान्ड समर्थनबारे जिज्ञासा रहने गरेको पाइन्छ। तर कम्पनीका अनुसार, नेपालमै क्रेटा पेट्रोल (आइसीई) मोडेलको निर्माण कार्य अघि बढिसकेको र इभी तथा आइसीई दुबै मोडेल एउटै प्लेटफर्ममा आधारित भएकाले पछिल्लो सेवा तथा मर्मतसम्बन्धी कुनै समस्या नआउने कम्पनीको भनाइ छ ।
देशभर इभीको पहुँच र सन्देश फैलाउने अभियान अन्तर्गत हुन्डाईका उच्च व्यवस्थापकहरू डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
सोही क्रममा सोमवार नेपालगन्जस्थित हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल प्रा.लि.को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट, सुर्खेत रोडमा आयोजित कार्यक्रममा ‘क्रेटा इभी’ सार्वजनिक गरिएको हो । साथै, कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरू समेत प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा सहभागी ग्राहक वर्गको हुन्डाईप्रतिको विश्वास र उत्साह उल्लेखनीय देखियो । कार्यक्रममा ४ युनिटभन्दा बढी ‘क्रेटा इभी’ बुकिङ पुष्टि हुनुका साथै त्यसमध्ये ४ युनिट सोही स्थानबाट हस्तान्तरण गरिएको थियो, जुन यस क्षेत्रको विश्वास र सकारात्मक धारणा प्रतिबिम्बित गर्दछ। सम्भवतः यस क्षेत्रमा हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले यहाँका उपभोक्ताहरूमा ब्रान्डप्रति विशेष लगाव देखिएको हो ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई सवारी साधनसम्बन्धी विस्तृत जानकारी तथा परामर्श प्रदान गरेका थिए ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. तथा हिम इन्टरकन्टिनेन्टल प्रा.लि.को संयुक्त आयोजनामा भएको कार्यक्रममा कम्पनीले राष्ट्रको स्वच्छ, हरित र स्मार्ट भविष्य निर्माणतर्फ अग्रसर हुँदै सम्पूर्ण ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हिम इन्टरकन्टिनेन्टल प्रा.लिका प्रवन्ध निर्देशक रविन्सन श्रेष्ठले जानकारी दिए ।