For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

गजल गोष्ठीसँगै ‘गुलजार–ए–अदब’मा पुस्तान्तरण

byDainik Nepalgunj
July 13, 2025
in News
0 0
0
गजल गोष्ठीसँगै ‘गुलजार–ए–अदब’मा पुस्तान्तरण
Share on FacebookShare on Twitter

नेपालगन्जको उर्दू साहित्यको उज्यालो फूलबारी ‘गुलजार–ए–अदब’ले आफ्नो ५ सय ८८औँ मासिक गजल गोष्ठी शनिबार महेन्द्र पुस्तकालयको साहित्यिक वातावरणमा आयोजना गरेको छ ।

वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’को अध्यक्षतामा भएको गोष्ठीमा ‘किसी भी आइने में देर तक चेहरा नहीं रहता’ भन्ने शीर्षकलाई केन्द्रमा राखेर विविध भावनाले सजिएका गजलहरू प्रस्तुत गरिएका छन् ।

नेपालगन्जका स्थापित शायरहरूदेखि नवोदित कलमधारीहरूसम्मले प्रेम, सामाजिक चेतना, अध्यात्म, आस्था र मानवताको विम्ब समेटिएका गहकिला शेरहरू सुनाए । शायर अब्दुल लतीफ ‘शौक’कोः

‘तुमही खुद टिक नहीं पाते हो अउर सब से यह भी कहते हो

किसी भी आइने में देर तक चेहरा नहीं रहता’

जस्तो शेरले दर्शकको हृदय छोएको थियो । सैय्यद अशफाक रसूल हाशमी ‘शैय्यद नेपाली’, मुस्तफा अहसन कुरैशी ‘अहसन’, अन्सर नेपाली, सैय्यद आदिल सरवर ‘सरवर नेपाली’, वशीम आलम मजहरी, इशमाइल अन्सारी, मो. आरिफ अन्सारी, मेराज अहमद ‘हिमालय’, सहबाज ‘साहीन’, र जहिरुल हक ‘जिनु’का गजलहरूले सभाहलमा गम्भीरता र भावुकता भरिदिएका थिए ।

कार्यक्रममा डा. उमेर सादिक, राशिद कमाल, बब्बु फारुकी, आसिम सरवरजस्ता साहित्य अनुरागीहरूको उल्लेखनीय सहभागिता रह्यो । सहभागीहरूका अनुसार, ‘गुलजार–ए–अदब’ले निरन्तर उर्दू साहित्य, विशेषतः गजल विधाको प्रवद्र्धनमा पु¥याइरहेको योगदान अत्यन्त प्रेरणादायी छ ।

कार्यक्रम सञ्चालन नुरुल हसन राईले गरेका थिए । आगामी गजल गोष्ठी साउन ३१ गते ‘जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा’ शीर्षकमा हुने जानकारी मुस्तफा हसन कुरैशीले दिए ।

सहभागी श्रष्टा भन्छन्, ‘साहित्यको यस्तो साङ्गीतिक बहावमा डुबुल्की मार्ने अवसर फेरि आउँदैछ —शब्दहरू फेरि बोल्नेछन्, मन फेरि बोल्नेछ ।’

‘गुलजार–ए–अदब’मा नेतृत्व हस्तान्तरण

बाँकेमा रहेर उर्दू साहित्यको सेरोफेरोमा पाँच दशकदेखि सुगन्ध छरिरहेको संस्था ‘गुलजार–ए–अदब’ले शनिवार आफ्नो नेतृत्वको नयाँ अध्याय सुरु गरेको छ । पाँच दशकदेखिको यो संस्थामा नेतृत्व पुस्तान्तरण गरिएको छ ।

स्वास्थ्य कारणले अध्यक्ष पदबाट राजीनामा दिएका संस्थापक शायर अब्दुल लतीफ ‘शौक’ले नवयुगका लागि संस्था सुम्पँदै नयाँ कार्यसमितिको घोषणा गरेका हुन् । नयाँ नेतृत्व आफैमा नयाँ पुस्ता पनि हो ।

शनिवार साहित्यिक कार्यक्रमको अवसर पारेर वरिष्ठ शायर ‘शौक’ले आफ्नो दीर्घ योगदानलाई भावुक विदाइमा रूपान्तरण गर्दै आफ्ना कार्यकालका सचिव मुस्तफा अहसन कुरैशी ‘अहसन’लाई नेतृत्व सुम्पिएका हुन् । वरिष्ठ शायर अहसनको अध्यक्षतामा नुरुल हसन राई ‘नुरी’ उपाध्यक्ष र मोहम्मद आरिफ अन्सारी ‘अमन’लाई महासचिवको जिम्मेवारी प्रदान गरिएको हो ।

नवनियुक्त अध्यक्ष कुरैशीले साहित्यका विविध धारहरूलाई समेट्दै ‘गुलजार–ए–अदब’को भविष्य अझ सशक्त बनाउन संकल्प व्यक्त गरे । उनले संस्थालाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।

साहित्यका कोमल शब्दहरू बीच गरिमामय शैलीमा भएको नेतृत्व हस्तान्तरण कार्यक्रमले गजलमय वातावरण मात्र होइन, उत्तरदायित्वको नयाँ उज्यालो पनि बोकेको अनुभूति गराएको थियो ।

‘गुलजार–ए–अदब’ विगत ५० वर्षदेखि नेपाली साहित्यिक परिवेशमा उर्दू गजल, कविता तथा बहुभाषिक साहित्यको सम्वाहक संस्था हो, जसले न केवल शब्दको साधना गरिरहेको छ, बरु संस्कृतिको संगालो पनि समेट्दै आएको छ ।

Previous Post

नेपालगन्जमा धुमधाम मनाइयो भानु जयन्ती

Next Post

मौद्रिक नीति २०८२/८३: आर्थिक स्थायित्व र वृद्धिको दिशामा एक कदम

Next Post
मौद्रिक नीति २०८२/८३: आर्थिक स्थायित्व र वृद्धिको दिशामा एक कदम

मौद्रिक नीति २०८२/८३: आर्थिक स्थायित्व र वृद्धिको दिशामा एक कदम

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version