For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

byDainik Nepalgunj
July 16, 2025
in News, मुख्य समाचार
0 0
0
मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने
Share on FacebookShare on Twitter

सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गर्दै साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट रु एक हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ ।

त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १० दशमलव आठ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ का लागि उखु उत्पादक कृषकलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल रु तीन हजार ५०० कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, आगामी साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्भे टु स्ट्रेन्थन कोअपरेसन कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

रेस्टोरिडा रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका–६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडीबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका–४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि आगामी साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रिजनल वर्कसप अनक्लियर सेक्युरिटी रेस्पोन्स क्यापाविलिटी डेभलपमेन्ट फर बार्डरर्स एण्ड पोर्टस् कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने, नेपाल र जापान सरकारबीच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ देखि थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने निर्णय रहेको सरकारका प्रवक्ता गुरुङले उल्लेख गर्नुभयो । 

उहाँका अनुसार जल तथा ऊर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, ‘क्यासिनो नियमावली, २०८२’ स्वीकृत गर्ने, ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ स्वीकृत गर्ने, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखा परीक्षक नारायण एमसीलाई बढुवा गर्ने सरकारको निर्णय रहेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकको असार ३० गतेको निर्णयसमेत सार्वजनिक गरिएको बताउनुभयो । आगामी साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेन्ड युएन फुड सिस्टम्स् समिट स्टक टेक (युएनएफएसएस प्लस फोर) कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्नेगरी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोक्ने निर्णय गरिएको छ ।

निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन पाँच अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आगामी साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने ‘फस्ट ग्लोबल एसएमइ मिनिस्ट्रीयल मिटिङ’मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा कपिलमान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मा, रूपन्देहीलाई नियुक्ति गर्ने, फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि यही असार २९ गतेदेखि चार महिनाका लागि थप गर्ने सरकारको निर्णय छ ।

नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट–सूस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी–झ्यालबास–डण्डा–चौराहा–पनौती–वसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको तीन दशमलव ९९  हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं १ लौकहीबाट परिवर्तन गरी वडा नं ३ बद्रीपुल कायम गर्ने, कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं ४ कट्टीबाट  परिवर्तन गरी वडा नं ४ गहलाम कायम गर्ने सरकारको निर्णय रहेका सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।

आगामी साउन १० गतेदेखि १२ गतेसम्म चीनको सङ्घाईमा आयोजना हुने ‘वल्र्ड आर्टिफिल इन्टेलिजेन्स कन्फ्रेन्स– २०२५’ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई स्वीकृति प्रदान गर्ने, साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जिएचएफ)–२०२५’ सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेका मन्त्री गुरुङले बताउनुभयो ।
Previous Post

सन्दर्भ : जुलाई १७ अर्थात ‘अन्तराष्ट्रिय न्याय दिवस’

Next Post

ग्लाेबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

Next Post
ग्लाेबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

ग्लाेबल डेरीले बुद्धभूमि 'ब्राण्ड'का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version