नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्रको मल वितरण प्रणालीको अनुगमन गर्ने भएको छ।
किसानले मल नपाएको भन्दै पालिका घेराउ गरेपछि उनीहरुले कतिपय सहकारीमा मल वितरणमा बदमाशी भएको भन्ने अनुगमनको निर्णय गरिएको नगर प्रमुख प्रशान्त बिष्टले जानकारी दिए ।
दर्जनौंको सङ्ख्यामा आएका किसानहरूले मलको सुनिश्चितताका लागि स्थानीय सरकारको ध्यानाकर्षण गरेका थिए ।
किसानसँग नगरप्रमुख प्रशान्त बिष्ट उपप्रमुख कमरुद्दिन राई र प्रमुख शासकीय अधिकृत रामहरी शर्माले मल बितरणको अनियमितता रोक्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
किसानहरूले सहकारीले किसानका लागि लिएको मल आफूखुसी बाँडेको र व्यापारीले त्यसलाई आफ्नो नियन्त्रणमा लिएर मनपरी मूल्यमा बेचेको गुनासो गरेका छन् ।






























