लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\०८३ का लागि लुम्बिनीका १२ वटा जिल्लामा खानेपानी पहुँच, बस्ती विकास र सहरी पूर्वाधारलाई समेट्ने बहुआयामिक योजनाका लागि बजेट विनियोजन गरेको छ । मध्यपहाडी लोकमार्गसँग आर्थिक पहुँच बढाउन सोही मार्गको वरिपरिको बस्ती विकासलाई प्राथमिकता दिन नीति प्रदेश सरकारले लिएको छ । जसले यातायातसँगै आर्थिक गतिशीलता प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । प्रदेश सरकारले सहरी विकास तथा खानेपानी मन्त्रालय मार्फत प्रदेशका १२ वटै जिल्लामा बस्ती विकास, खानेपानी र सहरी पूर्वाधारका २ हजार ७ सय ३८ वटा विभिन्न योजनाहरूका लागि बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले सहरी तर्फ आगामी आ.व.मा ४० किलोमिटर ढल निर्माण, ग्रामीण सडक ८ किलोमिटर, सडक पिच १६ किलोमिटर, पिसिसि सडक ८ हजार मिटर, फुटपाथ २ हजार मिटर, सरकारी भवन मर्मत १० वटा, जनता आवासको घर निर्माण सय वटा गर्ने लक्ष्य लिएको बताएको छ ।
बाँकेमा बस्ती विकासका लागि दर्जनौं योजना प्रदेश सरकारले बनाएको छ । जसका लागि बजेट पनि मन्त्रालयले बजेट विनियोजन गरेको छ । सहरी विकास तथा भवन कार्यालय बाँके मार्फत बाँके र बर्दियाका लागि बस्ती विकास सहित भवन पूर्वाधार निर्माणका २ सय २ वटा योजनाका लागि ५ लाखदेखि ७० लाख रूपैयाँसम्म विनियोजन गरेको छ ।
बाँकेका आठ वटै पालिकामा बस्ती विकासको योजनाका लागि बजेट विनियोजन गरेको मन्त्रालयले बैजनाथ गाउँपालिका वडा नं. ६ इश्वरी मावि एचगाउँदेखि गुरुवा गाउँ बस्ती विकास योजनाका लागि २५ लाख, बैजनाथकै गडहरी २ नं. चोकदेखि २८ घर हुँदै सामुदायिक वन सम्मको बस्ती विकासका लागि ५० लाख, जानकी गाउँपालिका गिजरागाउँदेखि लाइनपुर हुँदै अमृतपुर हात्तीपुलसम्म बस्ती विकासका लागि ५० लाख विनियोजन गरेको छ ।
त्यस्तै, खजुरा वडा नं. २ धौलागिरी पुलदेखि हुलाकी राजमार्गसम्म बस्ती विकासका लागि ५० लाख, बैजनाथ १ मिनीगाभर हुँदै अष्ट्रिच फर्मसम्म बस्ती विकास ५० लाख, राप्तीसोनारी झगडिया बस्ती विकासका लागि २५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाँके नयाँ बस्ती विकास योजनाका लागि १० लाख, नेपालगन्ज वडा नं. १३ महापूर्वा गाउँ बस्ती विकासका लागि १० लाख, डुडुवा गाउँपालिका वडा नं. ३ उचुवा कब्रस्तानदेखि नयाँ मस्जिदसम्म बस्ती विकासका लागि २५ लाख, नेपालगन्ज वडा नं. १० र १४ आदर्शनगर गणेश मन्दिरदेखि परसपुरको बाटोमा बस्ती विकासका लागि ४० लाख, नेपालगन्जमा आपत्कालीन आश्रयस्थल निर्माणका लागि ४५ लाख, नेपालगन्ज वडा नं. ४ मा जेष्ठ नागरिक भवन निर्माण लागि १० लाख, मुस्लिम मुसाफिर खानाको भवन निर्माण नेपालगन्ज वडा नं. ३ मा र साहु समाजको भवन निर्माणका लागि १०÷१० लाख रूपैयाँ विनियोजन भएको छ ।