ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका २०२५÷२०२६ का लागि नवनिर्वाचित टिमका पदाधिकारी तथा विभिन्न लायन्स क्लबका अध्यक्षलाई सम्मान गरेको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी बाल ब्रह्मचारिणी दुर्गा दिदीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।
त्यस अवसरमा डिस्ट्रिक्ट सचिव नरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष भीम सुवेदी, नेपालगन्ज क्षेत्रका नवनिर्वाचित अध्यक्षहरु यज्ञबहादुर बस्नेत, के.बी. बोहरा, अनिता पौडेल, विजया धिताल र सिमिता राणालगायतलाई स्वागत तथा सम्मान गरिएको थियो ।