नेपाल भारत मैत्री संघ बाँकेले भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा बाँकेस्थित सरस्वती माध्यमिक विद्यालय, भंगोटना (हिरमिनिया) का एसईईस्तरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संघका केन्द्रीय सदस्यसमेत रहेका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ताका अनुसार, सरस्वती माविका प्रत्येक विद्यार्थीलाई ३ थान ठुलो साइजको कपी र २ थान जेल पेन प्रदान गरिएको हो ।
‘कार्यक्रममार्फत विद्यार्थीहरूलाई शैक्षिक सहयोग पु¥याउने उद्देश्य राखिएको थियो,’ अध्यक्ष गुप्ताले भने, ‘दुई देशबीचको जनस्तरको सम्बन्धलाई जिवन्त राख्न यसरी कार्यक्रम गरि स्वतन्त्रता दिवस मनाइएको हो ।’
कार्यक्रममा विद्यालय सन्चालक समितिका अध्यक्ष धनीराम यादव, प्रधानाध्यापक ज्वाला प्रसाद रेग्मी, नेपाल–भारत मैत्री संघ जिल्ला शाखाका सचिव श्याम बहादुर केसी, कोषाध्यक्ष तुशार साह र सदस्यहरू सुरेन्द्र गुप्ता, अजय केसी, रामलखन बैश्य, शिक्षा समिति संयोजक बृजेश बहादुर सिंह, सदस्य तोजिन्द्र बहादुर बिक लगायत सहभागी थिए ।