आश्रम भवन निर्माणमा डेढ लाखबढी प्रदान
लायन्स लिडरहरुले नीलसागर आश्रममा आश्रित जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई आवश्यक सहयोग गरेका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन, एरिया नं. ४ अन्तर्गत लायन्स क्लब अफ नेपालगन्जका लिडरहरुले नीलसागरमै पुगेर सहयोग प्रदान गरेका हुन् ।
लायन्स लिडर तेजबहादुर रावलका अनुसार, नीलसागरमा आश्रित २ सय ५६ जना आमा–बाबु तथा भाइ–बहिनीहरूलाई खाद्यान्न वितरण गरिएको छ ।
लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष यज्ञ बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ, पूर्व गभर्नर शेमराज शाक्य लगायतका लायन्स लिडरहरु सहभागी थिए ।
कार्यक्रमको सहजीकरण नीलसागर संस्थाकी संस्थापक अध्यक्ष सरिता खनालले गरेकी थिइन् ।
त्यसैगरि, सोही कार्यक्रममा युवाउद्यमी कमल कार्कीले नीलसागरको निर्माणाधीन भवनका लागि १ लाख २ हजार रुपिया सहयोग हस्तान्तरण गरेका छन् । साथै, साथै, लायन्स लिडर शेमराज शाक्यले ५१ हजार प्रदान गरे ।






























