नाट्टा बाँके च्याप्टरमा नयाँ नेतृत्वको पद बहाली
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित ११ सदस्यीय नयाँ कार्यसमितिले सोमवार पद तथा गोपनियाताको शपथसँगै पद बहाली गरेको छ ।
बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नव निर्वाचित अध्यक्ष डिल्लीराज रेग्मीलाई पदभार हस्तान्तरण गरे । त्यसअघि निर्वाचन अधिकृत अधिवक्ता विश्वजीत तिवारीले रेग्मी नेतृत्व सहितको नव निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका हुन् ।
सर्वसम्मत कार्यसमितिमा झविलाल शर्मा उपाध्यक्ष, भागीराम वली महासचिव, रेशमबहादुर खत्री सचिव, कुमार चाल्स श्रेष्ठ कोषाध्यक्ष र लवराज प्रधान सह–कोषाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, अल्पना गुप्ता, कुलबहादुर के.सी., शम्भु कुमार बुढाथोकी, हरिप्रसाद शर्मा र कुशल दर्लामी कार्यकारी सदस्यमा चयन भएका छन् ।
कार्यक्रममका प्रमुख अतिथि, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कंडेलले पर्यटन व्यवसायीलाई बाँके निकुञ्जमा पर्यटक ल्याउन आग्रह गरे । ‘निकै राम्रो सम्भावना छ, आउनुस् बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटकीय प्रचुर अवसर छन्,’ व्यवसायीहरुलाई निकुञ्ज सफारी गाडी ल्याउन सुझाव दिंदै भने ।
बाँके पर्यटन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले नाट्टाको निवर्तमान समितिले गरेको कामको उच्च प्रशंसा गर्दै नयाँ कार्यसमितिले सबैसँगको सहकार्यमा पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन काम गर्नुपर्नेमा जोड दिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष रेग्मीले व्यवसायीका सवालमा योजनाबद्ध काम गर्ने प्रतिबद्धता गरे । महासचिव भागीराम ओलीले सहजीकरण गरेको पदभार कार्यक्रममा स्वागत उपाध्यक्ष झविलाल शर्माले गरे भने निवर्तमान अध्यक्ष सिग्देलले नाट्टाका आगामी प्राथमिकताबारे नयाँ कार्यसमितिलाई सुझाव दिए ।