एपिवन टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘एक्टिंग स्टार’को फाइनल भोलि बुधबार हुँदैछ ।
उक्त प्रतियोगितामा नेपालगन्जकी चेली नविना रानाभाट उत्कृष्ट पाँचमा रहेकी छिन् । उपाधीको नजिक पुगेकी नविनाले भोलि हुने फाइनलमा विजयी गराउनका लागि भोटिङ्गको अपिल गरेकी छिन् ।
आफ्नो अभिनयको बेग्लै र गहिरो छाप छोड्न सफल भएकी नविना ४ सय बढी प्रतिष्पर्धीलाई उछिन्दै निरन्तर अघि बढेकी हुन् ।
सशक्त र जीवन्त अभिनयले सबैको मन जितिरहेकी नविनाले निरन्तर उत्कृष्ट प्रस्तुति दिँदै आएकी छिन् । कलाकारितालाई नै अब आफ्नो मूल मन्त्र ठानेर अघि बढ्ने बताएकी नविनाले आफूलाई भोट गरिदिएर सपना साकार बनाउने अभियानमा साथ दिन आग्रह गरिन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनालाई पश्चिम नेपालकी छोरी सम्झेर रियालिटी शो ‘एक्टिंग स्टार’ को उपाधि दिलाउने गरी सबै लाग्नुपर्ने आवश्यकता औंल्याइएको छ । नविनाको लागि बाँकेमा भोटको अपिल पनि हुँदै आएको छ ।
‘बुधबार दिउँसो १२ बजेसम्म भोटिङ्ग गर्न पाउने व्यवस्था छ’, नविनाका बुबा भीम बहादुर रानाभाटले भने । नविनाको मेहनत गरिरहेको र उनको मेहनतलाई उपाधीसम्म पुर्याउन सबैको सहयोग रहने रानाभाटले विश्वास गरेका छन् ।
