For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

के गर्दैछन् बाँकेमा राजनीतिक दल

byDainik Nepalgunj
November 12, 2025
in Blog
0 0
0
के गर्दैछन् बाँकेमा राजनीतिक दल
Share on FacebookShare on Twitter

रुपा गहतराज

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन पछि जननिर्वाचित सरकार ढल्यो । आन्दोलनको बलमा सुशिला कार्की प्रधानमन्त्री बनिन् । उनले निर्वाचित प्रतिनिधिसभा विघटनको सिफारिस गरिन् र राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई सदर गरे । वर्तमान सरकारले नयाँ निर्वाचनको घोषणा गरिसकेको छ । र, निर्वाचन तालिका पनि सार्वजनिक भैसकेको छ । यद्यपि, प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर हुने क्रम जारी रहेको छ भने यसअघि जस्तो निर्वाचन घोषणा पछि स्थानीय स्तरमा हुने राजनीतिक चहलपहल यसपटक देखिएको छैन ।

जेनजी आन्दोलनका क्रममा निशानामा परेका काँगे्रस र एमालेले अझै पनि ठोस रूपमा निर्वाचन स्वीकारेर अघि बढ्ने निर्णय गरिसकेको छैनन् । ठूला राजनीतिक दल भित्र जेनजीको आन्दोलनपछि नेतृत्व परिवर्तनको माग र त्यसका लागि दबाब बढाउँदै प्रक्रिया थालिसकिएको छ । कतिपय राजनीतिक दलमा नेतृत्व परिवर्तनका लागि महाधिवेशन र निर्वाचन सँगसँगै अगाडि बढाउनु पर्ने माग चर्को रूपमा उठिरहेको छ ।

आगामी फागुन २१ गते निर्वाचन घोषणा भएपछि दलहरूमा महाधिवेशनको दबाब बढेको हो । नियमित समयमा निर्वाचन भएको भए दलहरूलाई महाविधेशनको दबाब पर्दैनथ्यो होला ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजनीतिक दलहरू एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने बाध्यतामा थिए । तर २०८४ मंसिरसम्म कार्यकाल रहेको प्रतिनिधिसभा विघटन भएर दुई वर्षअघि नै मध्यावधि निर्वाचन घोषणा भएपछि दलहरूलाई त्यसअघि नै महाधिवेशन गर्ने दबावमा परेको राजनीतिक विश्लेषक बताउँछन् ।

नेपाली काँग्रेसमा ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाइ सकेका छन् । कांग्रेसको विधानअनुसार ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरूले माग गरेको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । अब नेपाली काँग्रेसले तीन महिना भित्र महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको छ ।

नेकपा एमालेमा पनि महाधिवेशनको माग उठेको छ । पार्टी नेतृत्व, नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले आगामी कार्तिक २७ देखि २९ सम्म प्रस्ताव गरेका छन् । एमालेको केन्द्रीय समिति बैठक चलिरहेकाले केन्द्रीय समितिको बैठक सकिएपछि त्यसबारे निर्णय आउने एमाले नेताहरू बताउँछन् ।

नेकपा माओवादी केन्द्रले भने दशैँअघि नै मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

रास्वपाका सभापति रवि लामिछाने हाल सहकारीको रकम अपचलन मुद्दामा कारागारमा छन् । उक्त पार्टीमा पनि विगतदेखि उठेको महाधिवेशनको माग जेनजीको आन्दोलन पछि बलियो रूपमा अघि बढेको छ । यसअघि फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले फागुनमै मध्यावधि निर्वाचन घोषणा भएका कारण त्यसपछि मात्रै महाधिवेशन गर्नेबारे छलफल गरिरहेको छ । यद्यपि, आगामी कार्तिक १४ र १५ गते हुने विस्तारित बैठकले त्यसबारे निर्णय लिने नेता सन्तोष परियारले सञ्चार माध्यमलाई बताएका छन् ।

रास्वपाजस्तै अघिल्लो चुनावबाट मात्रै पहिलो पटक संसद्मा पुगेका अरू दुई दलमा पनि जेन जी प्रदर्शनपछि हलचल देखिएको छ । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ । त्यस्तै रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबाट चौधरी आफैँ बाहिरिएका छन् ।

राजनीतिक दलको केन्द्रमा महाधिवेशन र निर्वाचनको हलचल भैरहँदा भने बाँकमा रहेका राजनीतिक दलहरू भने केन्द्रीय निर्णय पर्खेर बसेका छन् । महाधिवेशन र निर्वाचनको तयारीका लागि स्पष्ट निर्देशन नहुँदा जिल्ला स्थित राजनीतिक दलहरूहरू आन्तरिक तयारीमा रहेको बताएपनि उनीहरू निर्वाचनका लागि न त जनतामाझ पुगेको पाइन्छ न अधिवेशनका लागि जिल्लामा गरिनु पर्ने तयारीमा छन् ।

पार्टी निर्माणमा छौं ः नेकपा एमाले बाँके

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जिल्ला कमिटि अहिले पार्टी संगठन निर्माणमा सक्रिय रहेको बताउँछन् । ‘आन्दोलनका क्रममा ध्वस्त बनाइएको पार्टी कार्यालय पूवर्वत निर्माण र संगठन बलियो बनाउने तर्फ केन्द्रीत छौं’, उनले भने ।

नेकपा एमाले बाँकेका अध्यक्ष गुरुङ्गले केन्द्रीय कमिटिको बैठक चलिरहेकाले त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्देशन आएपछि सोही अनुसार अगाडि बढ्न हामीहरू तयार रहेको बताएका छन् । ‘महाधिवेशन हुन्छ नै’, अध्यक्ष गुरुङ्गले भने, ‘संगठन बनाइरहेका छौं, निर्वाचन तयारीको निर्देशन आए जिल्ला कमिटि त्यसका लागि पनि तयार छ ।’

‘मतदाता नामावलीमा केन्द्रित छौं’

नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले मतदाता नामावली खुला गरिएकाले त्यसका लागि योग्यहरूलाई मतदाता नामावलीमा दर्तासम्म पुर्याउन वडा कमिटिसम्मलाई निर्देशन दिएको बताउँछन् । ‘केन्द्रबाट त्यसखालको निर्देशन छ, हामी मतदाता नामावली दर्ता गराउन नागरिक पुगुन् भनेर वडातहसम्म सहजीकरण गर्न निर्देशन दिएका छौं’, उनले भने ।

सभापति गौडेलले वडातह सम्म संगठन सक्रिय पारेको जानकारी दिंदै पार्टी केन्द्रबाट निर्देशन आएपछि सोही अनुसार अघि बढ्ने बताए । ‘निर्वाचन, अधिवेशनका विषयमा पार्टी केन्द्रमा छलफल बहस भैरहेको छ, हाल तिहार रहेकाले त्यसपछि पार्टी अझै सक्रिय हुनेछ’, उनले भने ।

अधिवशेन र चुनावको तयारी सँगसँगै
राप्रपाका केन्द्रीय सहमहामन्त्री ऋषिराज देवकोटाले अधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाउने बताएका छन् । ‘नियमित अधिवेशन नै मंसिरमा हुने हो, तर मिति फिक्स भएको छैन’, उनले भने, ‘निर्वाचनका सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ ।’ केन्द्रको सर्कुलर स्थानीय स्तरसम्म आउने र पार्टी निर्वाचनमा होमिने उनले बताए । राप्रपाका सहमहामन्त्री देवकोटाले ठूला राजनीतिक दल निर्वाचनमा जान नचाहेको दाबी गर्दै त्यसले निर्धारित समयमा निर्वाचन हुनेमा आशंका समेत व्यक्त गरेका छन् । ‘जेनजीको आन्दोलनपछि परिस्थित फेरिएको छ, ठूला दलको जनआधार खस्किंदा यो वा त्यो बहानामा चुनाव हुन नदिनेमा उनीहरू लागिरहेको देखिन्छ’, नेता देवकोटाले दाबी गरे ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि पार्टीको महाधिवेशन र निर्वाचनलाई सँगसँगै अगाडि बढाउने बताएको छ । माओवादी केन्द्र जिल्ला समिति संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले पार्टी महाधिवेशन र निर्वाचनका लागि जिल्लामा तयार रहेको बताउँछन् । तिहार र छठ पर्व लगत्तै पार्टी थप सक्रिय हुने उनले बताए । ‘केन्द्रमा महाधिवेशन प्रतिनिधि छनोटका लागि विधि बनिरहेको छ, उक्त विधी प्राप्त भएपछि जिल्लामा प्रतिनिधि छनोटको काम अगाडि बढ्छ’, उनले भने ।

२०८२ असोज ३१ गते

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च

Next Post

४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

Next Post
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version