मानवअधिकार आयोगका पूर्वसचिव वेदप्रसाद भट्टराईद्वारा लिखित कविता सँग्रह ‘ग्रहणदान’ सोमबार विमोचन गरिएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ साहित्यकार कृष्ण धरावासीले ‘ग्रहणदान’ विमोचन गर्नुभयो । त्यसक्रममा उहाँले मानवअधिकारका क्षेत्रमा लामो समय योगदान गर्नुभएका भट्टराईले कवितामा पनि न्याय,अधिकार र मानवीय पक्षलाई निकै सजीव ढंगले उठान गर्नु भएको बताउनु भयो ।
ग्रहणदान सँग्रहमा समेटिएका कविताहरुका बारेमा कानूनविद् डा. रेवतीरमण त्रिपाठी, साहित्यकार सुधा शर्मा, डा. टिकाराम पोखरेल,डा चन्द्रमान श्रेष्ठ र लेखक वेद भट्टराईले टिप्पणी गर्नुभयो ।
प्रकाशकपैरवी प्रकाशनका अध्यक्ष चन्द्रप्रसाद शिवाकोटीले लेखक भट्टराईमा लुकेको कवित्व कविता सँग्रहमा प्रष्फुटन भएको बताउनुभयो ।